कविता : न्याय स्तम्भ

~अनुपम थामी ‘अनुपम’~

छातिको अनन्त गहिराईमा
आमाको माया डुबाएर
यात्रामा हिंड्दै गरेकी
एक अथक छोरीलाई
केही नरपशुहरूले
जिउँदै चिथोरेर
कोपरेर
लुक्षेर फालेपछि
विशाल-वृहत
मानवसागरको बीचबाट
उम्रीएकी न्यायको सीमास्तम्भ
अपराध र न्याय बीचको
दुधको दुध
पानीको पानी छुट्टयाउने
लौहवक्ता उभिएपछी
नरपशुहरू चढेकाछन
फाँसीको तख्तामा

बसेको छ नजिर
फेरि बौरिएकीछन चिहानबाट
काल बनेर निर्भया

20/03/2020 पराईभूमी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.