गजल : निरन्तर खोसिएको छ

~सुजन बुढाथोकी ‘कान्छा’~

मात्र एकपटक खोसिएको छैन निरन्तर खोसिएको छ
सन्सार खोसिएको उस्को बाच्ने अबसर खोसिएको छ

उत्ता अदालतले निबेदन दिन पनि दस्तुर माग्यो
श्रीमान म मज्दुर हु र मेरो ज्यालादर खोसिएको छ

मिल मालिककै कारण के सम्म खोसेको छैन आज
परिवार खोसिएको छ मेरो सुन्दर घर खोसिएको छ

साथि मलाइ तिम्रो घाँटी र तातो शरीर चाहिएको छैन
जाडोमा तिमिबाटै मेरो मख्लर र स्विटर खोसिएको छ

आज पनि एक गिलास पानीमै उस्ले मुद्दा टार्यो
त्यो यस्तो पिडित हो जस्को महासागर खोसिएको छ

बलत्कारि र हत्याराहरु खुलेयाम हिडिरहे देस्मा आज
हजाराैं नबराज र निर्मलाहरुको रहर खोसिएको छ

एकपटक खोसिएको छैन निरन्तर खोसिएको छ
सन्सार खोसिएको उस्को बाच्ने अबसर खोसिएको छ

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.