~कृष्ण शर्मा सुमु~
हुन त चिप्लो भन्ने बितिकै हजुरलाई खोलामा लेउ लागेको वा लडेको याद आयो होला। नभा बेसरी सब्जीमा तेल हालेर सब्जी नि बिग्रेको चिप्लो तेलको खाना आहा ..sss आजकल कुरा नगर्नु सब्सिडी नपसे पनि घर घरमा ग्यास नभएको मान्छे पो छ कि छैन भनु त रु ग्यास पनि बिमारीमध्यको एक निको नहुने रोग रहेछ,बिना सब्सिडी वाला। कुनै ग्यारेन्टी नभएको बिमारी । कतिबेला कसैलाई पनि हुनसक्ने। आजकल म पनि होसियार भएको छु यो चिप्लो ठाउँमा हिँडन।
चिप्लेर लडनु त ! अहो उठाउने कोहि हुँदैन तर तपाईंलाई हेरेर हाँस्ने मिडिया भनु कि लाईभ भनु हतार हतार फोटो लिनुमा हतारिन्छन, लाग्छ फोटो न लिए ठूलो गल्ती गरे झैं। होसियारीको जमानामा हामी होसियार हिँडनु पर्छ, नभा कसैले लेङ्गी थापेर लडाईदिने हो थाहा हुँदैन । अब हेर्नू न घर गाउँमा झगडा अलि अलि होस त्यसमा तेल ,प्लास्टिक थपेर आगो लगाउनेहरु हुन्छन् । अपुई अझै तपाईको घरको आन्तारिक कुरामा अरु आएर अझै झगडा लगाई जानेहरु पनि कम चिप्लेहरु हुन त रु चिप्ले पनि समाजको एउटा ठूलो धरोहर नि हो ,नभा भगवानलाई पनि संसार चलाउनु निकै हम्मेहम्मे हुने थियो होला १ यो अफिस भने जगतमा त झन बोसको प्रियै हुन हो कि के हो चिप्लेहरु देखेर म छक्क पर्छु,यहाँसम्म कि चिप्ले भन्ने प्राणीलाई नि अरुले के खायो के लायो, सब थाहा हुन्छ। को अफिस ढिलो आयो रु को छिटो गयो रु पयरा मिटरको काम चैं उसले नै गर्छ। सानो कुरा पनि ठूलो बनाएर मलजल गरिराखेर सुनाउनुमा माहिर भएर होला उ ठूलो बडाको अति प्रिय हुनजान्छ। उसको काम नि त्यति नि हो । अरुको कुरा लगेर ठोस्नु। अबुई ! चिप्ले किरा जस्तै चिप्लिनुमा खप्पिस हुन्छ उ।हात बाट माछा उम्के झैं कुरालाई यति छिटो चिप्लाउँछ कि हजुर त टुवाँ परेर हेर्नू मात्र सक्नुहुन्छ।
50% कुरा सत्य भए 50% गोजीबाट मिलाएर घिउमा केरा मिसाए झैं मिसाई दिनुमा माहिर खेलाडी। चिप्लो कुरा पनि यति साह्रो कि फिक्का चियालाई पनि आँखा अघि गुलियो पारिदिन्छ कुराले नि। कुराका माहिर हो, उसको क्षमतालाई पनि म त कला नै भन्छु, हरेकको बसको बात होईन। जे होस जीवन आ( आफ्नु हो । जसरी जिउनु छ, जिउने अधिकार छ। कसैको बाख्रा टाउकोबाट खाए पनि शरीरबाट खाए पनि भन्नु केही छैन, बस।
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)