व्यङ्ग्य निबन्ध : नरभूपाल जन्माउने कसरत

~धीरेन्द्र प्रेमर्षि~

संसारमा धेरैथरीका प्रतियोगिताहरू हुन्छन् । संसारको के कुरा, संसारभरकिा अधोगामी प्रतियोगिताहरू त अचेल हाम्रै देशमा पनि छ्यालब्याल हुन थालेका छन् । सुन्दरी प्रतियोगिता भनेर शिशु सुन्दरीदेखि सासू सुन्दरीसम्मका प्रतियोगिता गराउन हामी खप्पिस भइसकेकै छौँ । यी प्रतियोगिताहरूको बजारभाउ पैसावालहरूले तय गर्ने हुनाले तिनको छनोटमा प्रतियोगिताका लागि प्रायः सुन्दरहरू कमै पर्ने गरेका छन् । यद्यपि, सुन्दरहरूका लागि पनि केही बजारमुखी प्रतियोगिता हुँदै नभएका चाहिँ होइनन् । मिस्टर नेपाल भनेर केही वर्षअघिसम्म नेपालमै पनि प्रतियोगिता हुने गरेको सुनिन्थ्यो । तर, अचेल वर्षौं लगाएर बनाएको मसलभन्दा एउटा देशी कट्टाका भरमा चलाइने पसल बढी फलिफाप भएकाले होला, सुन्दरहरूको संसारमा मन्दी छाएजस्तो छ । प्रतियोगितै भए पनि अब त अस्त्र-शस्त्रहरूले सजिएर वनढाडे वाक गर्ने फेसन सो हुने होला । अनि बल्ल नवीन सुन्दरहरूको बजारमा पुनः बुलन्दी आउला । उसो त कहिले मन्दी कहिले बुलन्दी बजारको नियमै भएकाले यसका पछाडि हामी अर्थशास्त्र नजान्ने अनर्थशास्त्रीहरूले किन टाउको दुखाइरहनुपर्‍यो ? तर, चालढाल मात्रका भरमा पनि भन्न सकिन्छ, यी प्रतियोगितामा विजयश्रीका लागि कहीँ बल खर्चिनुपर्छ भने कहीँ बुद्धि ! कहीँ कला खर्च गर्नुपर्छ भने कहीँ कौशल । कहीँ-कहीँ यी यावत् दृश्य कुराहरूको आवरणमा अर्थोकै खर्च हुने गरेको पनि हामीले सुन्न पाउने गरेका छौँ । तर, यी सबैलाई माथ ख्वाउने गरी अधिकांशजसो प्रतियोगितामा द्रव्य खर्च गरेर पनि द्रव्य शाह बन्न पाइन्छ रे !

तर, आज म राजनीतिक अखडाको संक्षिप्त कमेन्ट्री गर्दैछु, जहाँ बेला-बेला विश्वास र अविश्वासको प्रतियोगिता हुने गर्छ । यस प्रतियोगितामा एउटा गजबको वैशिष्ट्य पाइन्छ । यसको काइदा­-कानुन आफ्नै किसिमको हुन्छ । यसमा बल, विद्या, बुद्धि, कला, कौशल, धन तथा गुप्तधन आदि कुनै तत्त्वले सामान्यतया प्रभुत्व जमाउन सक्दैन । विश्वासको खेलमा विश्वासको लगानी गर्नुपर्ने हुन्छ । त्यसैगरी अविश्वाससँग मितेरी लगाउन पनि घोर अविश्वास अर्थात् वितृष्णा नै खर्चिनुपर्ने हुन्छ । तर, यी सबै सामान्य मनुवाहरूको संसारमा हुन्छ । हामी नेपालीहरूको सन्दर्भमा पनि यही नियम लागू हुनुपर्छ भन्ने छैन  ? दायाँ-बायाँ, अगाडि-पछाडि र तल-माथिका केही मानिसको अवलोकन गरसिकेपछि मैले त के ठहर गरेको छु भने हामी नेपाली अति विशिष्टमा पर्छौं । त्यसैले सामान्य मानवमा हुने गुण हामीमा हत्पति पाइँदैन । यस कारणले गर्दा यहाँ विश्वास बिकाउ छ, अविश्वास बिकाउ छ । पैसा खर्चिनुहोस्, विश्वास जित्नुहोस्, नगद लुटाउनुहोस्, अविश्वास आर्जिनुहोस् । यस विश्वास र अविश्वासको खेलमा आजको प्रतिद्वन्द्वी भोलिको पार्टनर बनिदिन्छ भने हिजो पानी बाराबार रहेकासँग आज चुलोचौका साझा भइदिन्छ । यस खेलको सौन्दर्य नै यही हो, भन्छन् हाम्रा विश्लेषकहरू । अनि, दर्शकचाहिँ सधैँ स्वयं भकुन्डो भएर नाङ्लाको भान्टाझैँ गुडुल्किरहन्छन् ।

‘नङ्टे नहाएब तऽ गारब की ?’ अर्थात् नांगै नुहाउने क्यै निचोनु पर्दैन । मैथिली भाषाको यो लोकपि्रय उखान यतिखेर हाम्रो विश्वासका खेलाडीहरूको जिन्दगीकै प्रमुख अंग बन्न पुगेको छ । राजनीतिको वाग्मतीमा तपाईंहरूले के देखिरहनुभएको छ, मलाई थाहा भएन तर म भने प्रायः हाम्रा धेरैजसो खेलाडीहरूले यसमा नांगै बुर्कुसी माररिाखेको देख्छु । यो दृश्य हेर्दाहेर्दै टोलाएर म तराईको विस्तृत फाँटमा पुग्छु । साउन-भदौको खोल्सा-खाल्सी र खाल्डा-खुल्डी सम्झन्छु । र, यसैसँग मेरा आँखाअगाडि तथाकथित निम्नवर्गीय परविारका आठ-दस वर्षिय केटाकेटीहरू नाच्न थाल्छन् । पञ्जाब वा अरब-मलेसिया जाने लायक नभइसकेका र विद्यालय जाने आवश्यकता नठानेका वा हुति नभएका ती केटाकेटीहरू आफूले लाएको एउटा मैलो कट्टु वा धरयिा त्यही डिलमा फालेर नांगै नुहाउँदै उफ्रिँदै मग्न देखिन्छन् । उनीहरूलाई आफ्नो मात्र होइन, आफ्ना सन्तति र आफ्नो समाजको भोलिबारे पनि कुनै चासो हुँदैन । यस किसिमको नग्न स्नानले कुनै पनि सभ्य मानिसका लागि लाजमर्दो स्िथति सिर्जना गर्ने भए तापनि तिनीहरूलाई भने दुनियाँको कुनै वास्ता हुँदैन । धक मान्छन् त मात्र अलिअलि बाबु-आमाको । तर, बाबु-आमाले कहाँ गएको थिइस् भनी सोद्धा पनि दिनुपर्ने जवाफबारे उनीहरूलाई रत्तिभर चिन्ता हुँदैन । किनभने, नांगै नुहाउनेले केही निचोर्नुपर्दैन, केही सुकाउनुपर्दैन । जाबो जीउको पानी त हावाले नै सुकाइदिन्छ । र, सम्भावित प्रश्न पनि त्यही जीउमा टाँसिएको पानीसँगै बाफ बनेर उडिसकेको हुन्छ ।

तराईका भदौरे डबरा वा खाल्डा-खुल्डीभन्दा पनि बढी गरमिा र प्रतिष्ठा हाल यहाँ राजनीतिको वाग्मतीमा जमेको छ । त्यसमा बगेर आएका भ्रष्टाचार, नातावाद, कृपावाद, फरयिावाद, विदेशी हस्तक्षेप, कुर्सी हत्याउ तथा कुर्सी बचाउजस्ता अभियानले यसलाई थप महिमामण्डित पारेको छ । र, यो देशको सारथि हुँ भन्नेहरू, आफूलाई सामान्य नागरकिभन्दा उपल्लो दर्जाको भन्दै जनताको भाग्यविधाता कहलाउन खोज्नेहरू, राष्ट्रको नाक भनाउँदाहरू सुँगुरले थुतुनो डुबाएझैँ आफ्नो गर्वोन्नत नाक गाडेर त्यस वाग्मतीबाट जनकल्याण खोज्ने सुकर्ममा लागिपरेका छन् । थुतुनो मात्र डुबाउनु अपर्याप्त होला कि भन्ठानेर कतिपय विशेष जाँगरलिा नेताहरू सशरीर वाग्मतीमा पसेर तर्पण गर्दै जनताका नाममा चारो खोज्न तल्लीन छन् । वाग्मतीको यस्तो सुगन्धित र पवित्र जलले एकअर्काको हार्दिक अभिषेक गर्दै बुद्ध र सीतालाई श्रद्धाञ्जलि दिइरहेका छन् । त्यही जलको उर्वरतामा असीम विश्वास प्रकट गर्दै सहिद-खेतीलाई मलजल प्रदान गररिहेका छन् ।

यस्तो विशिष्ट जनयज्ञ र होमहरूले गर्दा नेपालको राजनीतिमा अब पशुपति पनि हाबी हुन पुगेका छन् । सधैँ-सधैँ पशुपतिको ध्यान गरेर झर्ला र खाउँला भन्ने तपमा तल्लीन तपस्वीहरू देश ‘चमत्कारम् शरणम् गच्छामि’ भइसकेको भाकामा राग भकारी गाउन थालेका छन् । यो राग भकारी भनेको राग दरबारीकै कान्छो भाइ हो । पहिले-पहिले दरबार हुँदा राग दरबारी हिट अनि फिट थियो । अहिले दरबार शीतकालीन सर्प बनिराखेकाले दरबारयिापनले ग्रस्त हाम्रा पुराना गायकहरूले यस नयाँ रागको आविष्कार गरेका छन् । दक्षिणतर्फ फर्केर आफ् नो भकारे भुँडी सुमसुम्याउँदै कराउँदा यो राग ‘परफेक्ट’ सुरमा गाइएको मानिन्छ । यसले गर्दा आफ्नो गला र कलाको निजत्वबाट व्यक्ति स्वयं बहिष्कृत र तिरस्कृत हुनुपरेको छ । विज्ञता साँचेर पनि स्वयं आफ्नो क्षमताप्रति अनभिज्ञता प्रकट गर्नुपरेको छ । हुइयाँ र टप्परटुइयाँहरूको बोलबालाले गर्दा आफ्नो आविष्कार र संस्कारप्रति आफैँ आशंकित हुनुपरेको छ । यहाँ जे भइराखेको छ, सबै फोहोरमा लुकिरहेका सूक्ष्म जीवाणुहरूद्वारा नै भइरहेको छ । यद्यपि, ती जीवाणुका प्रश्रयदाताहरू स्वयं आतंकमै बाँच्न बाध्य छन्, कतिखेर यो आफैँमाथि जाइलाग्ने हो भन्ने त्रासले । तथापि, परजीवीपनको आत्मरतिमा तत्कालका लागि मात्र भए पनि परििलप्तताको स्वादै बेग्लै छ ।

गोरखामा कुनै समय तिघ्रामा घिउ घसीघसी दौड प्रतियोगिता जितेर राज्य चलाउने गरन्िथ्यो रे  ! आजको दिनमा हाम्रो इतिहासकै पुनःलेखन हुन थालेको अवस्थामा हामी नेपाली कति हौँ-होइनौँ भन्ने कुरा अध्ययन र विश्लेषणको विषय बने तापनि गोरखाली त हुँदै हौँ भन्ने कुरा यहाँबाट भारत गएकाले त्यहाँ गोरखाल्यान्ड आन्दोलन छेड्नुले पनि प्रमाणित गररिाखेकै छ । त्यसैले त्यही गोरखाली संस्कारको अवशेषका रूपमा अहिले हाम्रो देशमा नेताहरू जीउमा फोहोर घसीघसी अरूको जीउमा फोहोर छ्याप्ने प्रतियोगिता जितेर कुर्सीमा बस्ने कसरत गर्ने गर्छन् । यसबाट विशेष किसिमको परम्परा भएको राजनीतिको चर्चा गर्दा नेपालको वर्तमान राजनीतिले पनि भावी इतिहासमा विशेष गरमिामय स्थान पाउने नै छ भन्ने कुरामा म विश्वस्त छु ।

हामीकहाँ बाध्यतावश वेश्यावृत्ति अँगालेकाहरूलाई कानुनले कान निमोठ्ने गरे तापनि राजनीतिमा भने वेश्यावृत्ति नै धर्म भएको छ । यस धर्ममा समग्र राजनीतिका साथै मेरो जरो गाडिएको तराईको राजनीति पनि खुबै रमाएको छ । २००७ सालदेखि नै प्रखर रूपले उदाउन थालेको यो धर्म विगत डेढ दशकको प्रजातान्त्रिक अभ्यासले झन् जाज्वल्यमान भएको छ । लोकतान्त्रिक आन्दोलन र मधेस आन्दोलनपछि त यस धर्मको फुर्ति छोइसक्नु छैन । त्यसैले पृथ्वीनारायणको सालिक भत्काएर त्यसमाथि आफू चढ्ने कसरतमा सबैजसो तल्लीन देखिन्छन् । यसै तल्लीनताको फलस्वरूप देशलाई संघमा लाने भन्छन् तर तराईलाई भने एकात्मक पार्न नपाए टुक्र्याइदिन्छु भनेर कुर्लन्छन् । तराईका भाग्यविधाता जस्तै अन्यान्यको पारा पनि भ्याएसम्म त्यस्तै छ । यस्तोमा ज्यूँदै स्वर्ग-नर्क भोगिसके तापनि मगजको हार्डडिस्कमा ब्याड सेक्टर मात्र साँचेर बसेका हाम्रा नेताहरूको चर्तिकला देखेर म त अब यही भन्छु, प्रलोभनको परेली झिम्काउनुहोस्, नैतिकतालाई कता-कता पुर्‍याइदिनुहोस् र विश्वास जित्नुहोस्, अविश्वास जित्नुहोस् । अनि, आफूलाई नयाँ नेपाल निर्माणको नरभूपाल बनाउनुहोस् ।

– धीरेन्द्र प्रेमर्षि
‘पल्लव’ मैथिली साहित्यिक र ‘समाज’ मैथिली सामाजिकको सम्पादन
काठमाडौँ, नेपाल

(स्रोत  : नेपाल साप्ताहिक ३२८)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.