कविता : परेँ म त दङ्ग

~डम्बर बिकेल~

घाम लागेकाे बेला पानी परेको बेला
अाकाशैमा देखिन्छ रङ्गीचङ्गी मेला
तीन रङ चार रङ जम्मा सात रङ
इन्द्रेनीलाई देखेर परेँ म त दङ्ग

हिउँ पग्लिन्छ जब पानी बन्दछ तब
पहाडबाट छाँगाे बनी झर्दछ अब
झरझर गरी झर्ने झरनाकाे ढङ्ग
झरनालाई देखेर परेँ म त दङ्ग

धरतीभरि हावा अाकाशभरि हावा
हावाबिना न त बाँच्छ हात्ती न त छावा
सररर उडी जाने अाकाशमा चङ्गा
चङ्गालाई देखेर परेँ म त दङ्ग

मूल रसाकाे पानी मेघ बर्सेकाे पानी
बाेटबिरुवा अनि प्राणीको जिन्दगानी
सललल बगी जाने धरतीमा गङ्गा
गङ्गालाई देखेर परेँ म त दङ्ग

माटाे छ धरतीमा ढुङ्गा छ धरतीमा
ढुङ्गामाटाे कम छैनन् बाँधिन पिरतीमा
ढुङ्गाकाे भर माटो माटाेकाे भर ढुङ्गा
ढुङ्गालाई देखेर परेँ म त दङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.