कविता : उही तिम्रो साथी

~प्रा डा नन्द बहादुर सिंह~

अघि बढौं आउ साथी नमानेर हार
कर्णालीको पानी जस्तै बनौ सदाबहार ।

किन हामी सधै भरी मागी मागी हिँड्ने
कर्णालीमै सुन फल्छ संसारले किन्ने ।

कर्णालीमा दिव्यज्ञान फैलाएर छाेडौं
निराशा र स्वार्थीपनको इतिहासलाई तोडौं ।

सधै भरी हुन्न साथी कुपमन्डुक बन्न
अन्धकारमा जन्मिएर अन्धकारमै मर्न ।

एउटै बनाउ नीति-नियम एउटै अधिकार
हुन्न साथी स्वार्थी बनी लड्न बारम्बार ।

हिमालको गर्भभित्र सभ्यताको बाली
सुक्न दिनु हुन्न साथी उर्वशीको लाली ।

(स्रोत : रारापाटी डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.