बहरबद्ध गजल : जता हेर्छु मैले बबन्डर

~रिजाल किरण~

बहर : मुतकारिब मुसम्मन सालिम

जता हेर्छु मैले बबन्डर बबन्डर
कतै शान्ति छैन पिएकोछु हन्डर ।

बनेको छ प्यासा यहाँ आफ्नो आफै
खोजी दाउ हान्ने लुकेकोछ खन्जर ।

मिलि भाग खाने रहेको जमात
कतै मूल छैनन् रह्यो आज बन्जर ।

छ नाता समुन्द्र पुर्याउनै छ ब्यस्त
बिगतका र यिनमा भयो दूर अन्तर ।

पोत्यो गन्दगीले शहरमा तुवाँलो
देखाउनु छ संसार पखालेर सुन्दर ।

-किरण रिजाल’अन्जान’
ठेगाना :-विराटनगर -१

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.