व्यङ्गय : छिप्पेको प्रेमकथा

~कृष्ण शर्मा सुमु~

अब हेर्नू न, प्रेम कथा त हजुरले ईतिहास देखि वा भगवानको पालामा पनि अवस्य सुनु भयो, कथामा पक्का पनि।
फेरि आजकलको झरी च्याउ जस्तो प्रेम कथा पनि नाला,मैदान,खोलातिर,पुल पुलिया,गार्डन् ,आदिमा देख्नु भयो वा कुनै फिल्ममा अवस्य हेर्नू भएको नि छ।

मैले कसैको प्रेम सित आरिस पनि गरेको होईन।
कसैको प्रेम सित मलाई मतलब नि छैन। प्रेम गर कि माया गर मलाई परिभाषित पनि गर्नु छैन।
चाहे अमर अझर गर कि फ्यातुलो।

अहिले प्रेम पनि झरी च्याउ जस्तो भएको छ जतासुकै उम्रिने।आहा….. नभनु फेरि पाखे भन्छन आजकलका ले।
तर आज मलाई मनमा लागेको छिप्पेको प्रेम कथा भनु मन लागेर आएको छु,सायद कतिलाई यो कथा होईन जस्तो लाग्नु सक्छ।
तर केही छैन आखिर बात गर्दामा नि के पो जान्छ र ? सत्य अनि असत्य छुटाउने हामी भित्र पाँच किलोको टाउको शरिरको साथ फ्रिमा पाएका नि छौ।अब यो बुद्धि आज काम नलगाए कहिले लगाउने ।अब बुद्धिको सिङ्ग आउदैन जुरो आउदैन।
जे होस यो सामाजिक संजाल (नेट) पनि मानिसको बुद्धिको खपज नि मानु पर्छ।कति तरकी भई सक्यो संसार।कतिले यहि बाट कमाएर घर संसार चलाउछन,कति भने उडाउनुमा निपुण छन।
हजुरले कथाको प्रतीक्षा गर्नु हुँदै होला रु फेरि नाफा नोक्सान के के भन्छ यो मान्छे भनेर सोच्नु पनि हुँदै होला र ?
ए अँह साच्चै म त सामाजिक संजाल भित्रको कुरा पो गर्दै थिए त।
हजुरले खबर कागज वा कसैको मुखबाट सुन्नु भएको होला ,कमाउनु गएको बुढारबुढी फलना सित टाप वा लिएर आयो अरे भनेको ?
अब हजुर हेर्नू त कति आशा कति भरोसा राखेर घर द्वार छोडेर गएको मान्छेले यसरी घर न घाटको बनाउदा यसलाई के भनु हुन्छ त र ?
घरमा बुढार बुढी हुँदाहुँदै फेसबुके मायालु राखि आई एम सिंगल भनेलाई हजुर के मतिमा राख्नु हुन्छ।

घरमा कोठा भरि छोरा र छोरी हुने मान्छेहरु अलिकति कोल्टे हुनू पायो कि फोनमा गुण…. गुण गर्ने देख्दा पो म छक्कै पर्छु।
सबै एकै प्रकारको छन भनेको होईन,कति त परिवार ,घर(संसारको लागि बलिदान दिने पति पत्नी पनि छन उनीहरुको माया पो चोखो माया त।

बुढा र बुढीमा झुठको पर्दा भित्र गरेको प्रेम कति दिन सफल होला र ?
छिप्पेको प्रेम कथा छल हुनसक्छ तर सफल हुनसक्दैन लेखेर राख्नु होस ।

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.