~माधव सयपत्री~
निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो । गाउँमा ६ कक्षा पास गरेपछि लिमालाई बाबाले सहर लैजानुभयो । आमा पनि सँगै जानुभयो । बाबाले सहरको सुविधासम्पन्न स्कुलमा निलिमालाई कक्षा ७ मा भर्ना गरिदिनुभयो ।
नयाँ स्कुलमा पिङ थियो । स्विमिङ्ग पुल थियो । चिप्लेटी खेल्ने ठाउँ थियो । सुन्दर बगैँचा थियो । खेल्नका लागि प्रशस्त साम्रगी थिए । सिँगारपटार पारिएको कक्षा थियो । सरमिसले इन्टरनेटबाट खोजीखोजी, प्रोजेक्टरबाट देखाईदेखाई सिकाउनुहुन्थ्यो । नेपालीबाहेक सबै विषय अङ्ग्रेजीमा पढाइ हुन्थ्यो । अभफ् ‘इङ्लिस स्पिकिङ्ग जोन’ मा अङ्ग्रेजी मात्रै बोल्न पाइन्थ्यो ।
निलिमाका मिजासिला साथीहरू थिए । माया गर्ने सरमिसहरू हुनुहुन्थ्यो । तर खै के थिएन, के थिएन ! निलिमाको मन स्कुलमा रमाउन सकेको थिएन । गाउँमा साथीसँग खुलेर बोल्थिन् । स्कुलमै अनुशासित विद्यार्थी भनेर उनलाई स्कुलले पुरस्कार समेत दिएको थियो । भर्ना भएको ६ महिनासम्म पनि निलिमा सहरको स्कुलमा रत्तिइन सकिनन् । उनी कसैसँग पनि खुलेर बोल्न सकिनन् ।
निलिमाको स्कुलमा स्कुल स्थापना दिवस मनाउने तयारी भइरहेको थियो । साथीहरू नृत्य, गायन, कविता वाचन, वाद्यवादनमा अभ्यास गरिरहेका थिए । आफ्नाे कला र सिप देखाउन सबै साथी हौसिएका थिए ।
निलिमाले कुनै पनि कार्यक्रममा भाग लिइनन् । तृप्तिले सोधिन्, ‘निलिमा, तिमीले किन भाग नलिएको ? आफ्नाे क्षमता देखाउने मौका आइरहँदैन । तिमीले केही न केहीमा भाग लिनैपर्छ ।’ निलिमाले भनिन्, ‘मलाई केही आउँदैन । लाज लाग्छ । तिमीहरूले देखाएको हेर्छु नि !’ हेमाले थपिन्, ‘तिमी भफ्न् गाउँबाट आएकी । गाउँकै ठेट भाकामा गीत गाइदेउफ् न । कति रमाइलो मान्छन् ! पुरस्कार पनि पाउन सक्छ्यौ ।’
साथीहरूको जिद्दी निलिमालाई मन परेको थिएन । उनले भनिन्, ‘मलाई केहीमा पनि पुरस्कार लिनुछैन । तिमीहरू राम्रो गर्नु, पुरस्कार लिनु । म बाहिर बसेर ताली पड्काउँछु नि !’ (विद्यालयमा नेपालीमा कुरा गर्न नपाइने भएकोले उनीहरूले बिस्तारै कुराकानी गरेका गिए ।)
विद्यालयको वार्षिक उत्सवको दिन सबैलाई दुईघण्टा छिटो स्कुल बोलाइएको थियो । निलिमालाई स्कुल जान मन लागेन । बाबाआमालाई पनि निम्तो थियो । आमाले सोध्नुभयो, ‘निलिमा, आज तिम्रो स्कुलको वार्षिक उत्सव होइन ? तिमी किन नगएकी ? हामीलाई त नौ बजे नै बोलाइएको छ ।’ निलिमाले भनिन्, ‘आमा मलाई टाउको दुखिराछ । म स्कुल जान्न, कक्षा शिक्षकलाई भनिदिनु है !’ बाबाले भन्नुभयो, ‘बाटोमा मेडिकल छ, त्यहाँ जाँचेर औषधि खाने अनि स्कुल जाने । तिमी नगए हामी पनि जाँदैनौँ नि !’
टाउको दुखाइ त स्कुल नजाने बहाना मात्रै थियो । निलिमालाई स्कुल नगई सुख्खै भएन । बाबाआमासँगै निलिमा स्कुल गइन् । स्कुल पुग्दा सबै साथी आइसकेका थिए । रजनीले सोधिन्, ‘निलिमा, तिमी किन ढिलो आएकी ? केहीन केहीमा त भाग लिनुपर्छ भनेको, तिमीले टेर्दै टेरिनौ । तिमीले भाग नलिँदा हामीलाई खल्लो लागेको छ । दुई लाइन गीत मात्रै गाए पनि हुन्छ । कविता भने पनि हुन्छ । हामी तिम्रो नाम लेखाइदिन्छौँ है !’ निलिमाले भनिन्, ‘पर्दैन पर्दैन । मलाई केहीमा पनि भाग लिन मन छैन ।’
राजु सरसँग बाबाआमाको भेट गेटैमा भयो । उहाँ निलिमाको कक्षा शिक्षक पनि हुनुहुन्थ्यो । राजु सरले बाबाआमासँग गुनासो गरिहाल्नुभयो, ‘केही काममा पनि निलिमाको जाँगर छैन । राम्रोसित कुरा पनि गर्दिनन् । स्कुलको आजको कार्यक्रममा पनि भाग लिएकी छैनन् क्यारे !’ राजु सरको कुराले निलिमालाई बेस्सरी घोच्यो । बाबाले भन्नुभयो, ‘मैले त भाग लिन भनेको थिएँ ।’
बाबाले निलिमालाई त्यही बोलाउनुभयो । अलि भर्फ्केर भन्नुभयो, ‘अवसर आउँदा पनि तिमी केही गर्दिनौ भने यति राम्रो स्कुलमा भर्ना गरेको के काम लाग्यो ? सरले भनेको खुरुक्क मान ।’
निलिमाको मनमा अर्कै अर्कै कुरा खेल्न थाल्यो– ‘राम्रो स्कुल ! कसरी राम्रो ? राम्रो भए म किन रमाउन सकिनँ ! योभन्दा त गाउँकै स्कुल राम्रो । त्यहाँ म रमाउँथे । मेरो मन रमाउँथ्यो । मन नरमाउने स्कुल के राम्रो !’
निलिमा बोलिनन् । घोसेमुन्टो लगाएर बसिरहिन् । साथीहरू आए । निलिमालाई तान्न लागे । उनी साथीसँगै भिडतिर गइन् । साथीले अत्यन्तै कर गरेपछि निलिमाले कक्षाको तपफर््बाट ‘दुई शब्द’ राख्ने भइन् ।
कार्यक्रमस्थल भव्यसित सिँगारिएको थियो । नाच्ने–गाउने स्टेजको सजावटले मनै तान्थ्यो । त्यो भव्यता र सजावटले निलिमालाई तान्न सकेको थिएन । किन तान्न सकेन, निलिमाले कसैलाई भनेकी थिइनन् ।
कार्यक्रम सुरु भयो । कार्यक्रम सञ्चालक राजु सर हुनुहुँदो रहेछ । शिक्षा मन्त्री प्रमुख अतिथि रहेछन् । स्कुल अध्यक्ष कार्यक्रमका अध्यक्ष थिए । प्रिन्सिपल सरले स्वागत मन्तव्य राख्दै भन्नुभयो, ‘त्यागी अभिभावक र मेहनती विद्यार्थीको कारणले हाम्रो स्कुलले यो प्रगति गरेको हो । अङ्ग्रजी भाषा माध्यमको पढाइले राम्रा भनिएका स्कुललाई पनि उछिन्दै छौ । भर्ना दर ह्वात्तै बढेको छ । यसरी नै यहाँहरूले सहयोग र समर्थन गर्नुभयो भने हाम्रो स्कुल सहरमै एक नम्बरको हुनेछ ।………।’ पटटअ…. ताली बज्यो । अँहँ, निलिमाले ताली बजाइनन् । उनलाई प्रिन्सिपल सरका कुरा मन परेन ।
साथीहरूले नृत्य देखाए । कतिले कविता वाचन गरे । राजु सरले निलिमालाई बोलाइहाल्नुभयो । ताली बज्यो । निलिमा मञ्चमा गइन् । उनले सबैलाई सम्बोधन गरिन् । अनि भनिन्, ‘हाम्रो स्कुल राम्रो छ । पढाइ पनि राम्रो छ । सरमिस असल हुनुहुन्छ । साथीहरू असल छन् । तर…तर मलाई एउटा कुरा मन पर्दैन । यहाँ मैले मेरो भाषा बोल्न पाउँदिन । ‘इङ्लिस स्पिकिङ्ग जोन’ भित्र अरू भाषामा कुरा गर्यो भने विद्यार्थीले जरिवाना तिर्नुपर्छ । अब त्यसो हैन, अङ्ग्रजी विषयको कक्षामा मात्र अङ्ग्रेजी बोलौँ । अर्काको भाषा नखोसौँ । स्कुलले मेरो भाषा खोस्दा मलाई मेरी आमा खोसेजस्तै लाग्छ । आफ्नाे भाषामा कुरा गर्दा मनको कुरा भन्न सकिन्छ । अर्काको भाषामा सकिँदैन । सक्नुहुन्छ भने, मलाई मेरो मातृभाषा नेपालीमा बोल्न दिनुस् । तामाङलाई तामाङसँग तामाङ भाषामा कुरा गर्न दिनुस् । नेवारलाई नेवारीमा । तराईका साथीले मैथिली, भोजपुरी, अवधी, थारु वा आफ्नाे भाषामा कुरा गरुन् । अनि हामी सबैलाई हाम्रो स्कुल राम्रो लाग्छ । स्कुलको माया लाग्छ । हाम्रो स्कुल पूफ्लबारीजस्तै हुन्छ ।’
उनी मञ्चबाट बिदा भइन् । एक मिनेटसम्म ताली बजिरह्यो । निलिमाका कुरा सुनेर सबैजना अचम्ममा परे । मन्त्रीज्यूले जिब्रो भिफ्के । अध्यक्ष दङ्गै परे । निलिमा बेखुसी हुनुको कारण बाबाआमाले बुभ्फ्नुभयो । उनी स्कुलमा नरत्तिएको कारण साथीहरूले थाह पाए । निलिमालाई साथीहरूले बधाई दिए । दिप्तिले भनिन्, ‘निलिमा, तिमीले हामी सबैको मनको कुरा राख्यौ, धन्यवाद है !’ निलिमाको अनुहार उज्ज्यालो भएर आयो ।
(स्रोत : शब्दसोपान डट कम)