~इन्द्रकुमार ‘विकल्प’~
साम, दाम, दण्ड, भेद नेताजी काम कमाल
भ्रष्टाचारी दुराचारी नेताजीका नाम कमाल
जनतामा राम नामी खोकिलामा छुरा लुकाई
सुरा सुन्दरीका सँगै नेताजीका साम कमाल
आफूलाई सर्द पर्दा जनतानै भगवान रे
जनताकै काम पर्दा नेताजीका खाम कमाल
विकाशका लामालामा कार्यका चुनावमा
भाषणमा जस्तै छैन नेताजीका गाम कमाल ।
– कुश्मा, पर्वत
(स्रोत : रचनाकारको ब्लगबाट सभार)