अनूदित कथा : पहिलो लाभ

~अलेक्जान्ड्रा कोलोन्ताई~

अक्टुवर १९१७ तुफानी थियो, आकाश मिरमिरे उज्यालो र सफा वादलले ढाकेको थियो । स्मोल्नीको उद्यानमा रुखहरुको टुप्पाहरु तेज हावाको झोक्काहरुमा झुमिरहेको थियो । आफ््नो अंतहीन गल्लीहरुको रमझम, निकै उज्यालो र अपर्याप्त ढंगले सज्जित हलहरुको साथ स्मोल्नीको भवनमा काम यति जोडतोडले भइरहेको थियो लाग्थ्यो संसारमा पहिले कहिल्यै भएको थिएन ।

दुई दिन पहिले मात्र सत्ता सोभियतहरुलाई हस्तान्तरण भएको थियो । शित प्रासाद मजदूरहरु र सैनिकहरुको कब्जामा थियो । केरेन्स्की सरकारको अव कुनै अस्तित्व थिएन । तर हामी सबै के महसुस गरिरहेका थियौं भने यो त मात्र त्यो कठिन सिंढीको पहिलो खुड््कीलो हो । त्यो खुड््कीलो भएर मेहनतकस जनताहरुको मुक्ति हुनेछ र एउटा नयाँ र अभुतपूर्व मजदुरहरुको जनतन्त्रको स्थापना हुनेछ ।
बोल्शेभिक पार्टीको केन्द्रीय समितिले भवनमा सटिएको एउटा कोठामा आश्रय लिएको थियो । कोठाको माझमा एउटा सादा मेच थियो, झ््यालहरु र भुईमा खवरपत्रहरु राखिएको थियो र केही कुर्सिहरु थिए । मलाई याद भएन म के कामले यहाँ आएको थिएं । तर यो त संझनामा नै थियो भ्लादिमिर इल्यीचले मलाई यो विषयमा प्रश्न सोध्ने कुनै मौका नै दिनु भएन । उहाँले मलाई देख्ने वित्तिकै तय गर्नुभो र मैले त्यो भन्दा निकै उपयोगी काम गर्नुपर्छ जुन मैले काम गर्ने इच्छा बनाएको थिएँ ।

“तुरुन्त जानुहोस र सामाजिक सु््क्षा मन्त्रालयको कार्यभार संम्हाल्नुस” भ्लादिमिर इल्यीच एकदम शान्त झण्डै झण्डै प्रसन्नचित्त हुनुहुन्थ्यो । उहाँले अरु विषयमा ठट्टा गर्नु भयो र त्यसपछि सिधै अरु मानिसहरुसित कुराकानी गर्न थाल्नु भयो ।

मैले सम्झन सक्या छैन त्यहाँ म किन गएं तर मलाई अक्टुवरको यो आद्र्र दिन निकै राम्ररी संम्झना छ, जव म काजान्स्काया मार्गमा सामाजिक सुरक्षा मन्त्रालयको ढोकासम्म पुगेको थिएँँ । एउटा अग्लो कदको, सेताम्ये दाह्री भएको चौकीदारले जसले सुनौलो पट्टि भएको वर्दि पैरिएका थिए, ढोका खोले र मलाई शिर देखि पैतालासम्म हेरे ।

“यहाँको संचालक को हो ?” मैले उसलाई सोँधें ।

“निवेदन दिनेहरुको लागि भेट््ने समय सकियो” सुनौलो पट्टि भएको वर्दिको त्यो रवाफिलो चौकिदारले भन्यो । “म यहाँ अनुदानको लागि कुनै निवेदन गर्न आएकी हैन, के यहाँ ठूलो हाकिम मध्ये कोही हुनुहुन्छ ?” “मैले तपाईलाई बुझ््ने गरी भनिसकेको छु, निवेदनकर्ताहरुको लागि भेट््ने समय १ वजे देखि ३ बजेसम्म हो र अहिले त चार बजिसकेको छ ।”

म आफ््नो कुरामा अडिइ रहेँ र उ आप््mनो कुरामा । कुनै उपाय थिएन । भेट गर्ने समय सकिई सकेको थियो । उसलाई कसैलाई पनि भित्र आउन नदिनु भनिएको थियो । यो निषेधको वावजुद मैले सिंढीबाट चढेर माथि जाने कोशिस गरे, तर त्यो बुढो चौकीदार मेरो अघिल्तिर पर्खाल बनेर उभियो र एक पाइला पनि अघि बढ््न दिएन । यसप्रकार मलाई रित्तो हात फर्किनु प¥यो । मलाई एउटा वैठकमा छिटै पुग्नु थियो र ती दिनहरुमा वैठकहरु सवैभन्दा महत्वपूर्ण, सबैभन्दा ठूलो काम थिए । त्यहाँ सहरी गरिवहरु र सैनिकहरुको वीच होस या नहोस को सवाल तय गरिएको थियो, यो निश्चित गरिंदै थियो कि के सैनिक वर्दिहरुमा मजदूर र किसान सोभियत सत्तालाई टिकाई राख्नमा समर्थ हुन्छन की या वुर्जुवा वर्ग हावी हुन जान्छ ? अघिल्लो दिन सखारै जुन फ््ल्याटमा म केरेन्स्कीको जेलघरवाट रिहा भएपछि बस्तै आएको थिएँ, त्यसको ढोकाको घन्टी बज्यो । घन्टी आग्रहपूर्वक बजिरह््यो । मैले ढोका खोलेँ । अगाडि एउटा ठेट किसान खडा थियो, उसले भेडाको छालाको कोट र रुखको बोक्राको जुत्ता लगाएको थियो, र दारी पालेको थियो ।

के जनताको कमिसार (मन्त्री) कोलोन्ताई यहीं बस्नु हुुन्छ ? मैले उनीलाई भेट््नु परेको छ । म उनलाई उनको सबैभन्दा ठूलो बोल्शेभिक लेनिनको एउटा चिठ्ठी दिन चाहन्छु । मैले चिठ्ठीमाथि नजर दौडाएँ र थाहा पाएं त्यो वास्तवमा लेनिनले लेख्नु भएको थियो ।

उसको घोडाको मूल्यको भुक्तान सामाजिक सुरक्षा कोषबाट गरिदिनुस ।

बुढाले हत्तारो नगरीकन आफ््नो पुरै रामकहानी मलाई सुनायो जारको समयमा फरवरी क्रान्तिको ठीक अघि उसको घोडालाई युद्धको कामको लागि जवरजस्ती लगेको थियो । उसलाई आफ््नो घोडाको उत्तम रकम दिने वचन गरेका थिए तर समय वित्तै गयो र भुक्तानीको कुनै अत्तोपत्तो थिएन । त्यसपछि उ पेत्रोग्राद आयो, र भु््क्तानको लागि दुई महिना देखि अस्थायी सरकारको चक्कर काटीरहेको थियो तर फेरी पनि त्यही छलकपटको तीन पात भने जस्तै । त्यो बुढो मानिसलाई यहांबाट त्यहां, यो अफिसबाट त्यो अफिस दौडाई दिएका थिए । त्यसपछि उसले अचानक सुन्यो कि बोल्शेभिकहरुको रुपमा प्रख्यात भएका यस्ता मानिसहरु पनि छन् जो मजदूर र किसानहरुलाई त्यो सबै फिर्ता दिई रहेका छन् । जसलाई जार जमिन्दारहरुले उनीहरुबाट वलजफती लगेका थिए, युद्धको वेलामा मानिसहरुबाट खोसेका थिए यसको लागि वास उसलाई सवभन्दा ठूला बोल्शेभिक लेनिनको एउटा चिठ्ठीको आवश्यता थियो । फेरी के थियो, यो बुढा किसान स्मोल्नीमा भ्लादिमीर इल्यिचकोमा पुगे र उहाँलाई उज्यालो हुनु अघि नै जगाएर चिठ्ठी लेख्न लगाउन सफल भएका थिए । र यही त त्यो चिठ्ठी थियो जुन उसले मलाई देखाएको थियो, तर दिन भने पटक्कै मान्दैन थियो ।

“पैसा हात परेपछि मात्रै यो चिठ्ठी तपाईलाई दिन्छु । तवसम्म यसलाई म आफै राख्छु ।” अव अगाडि समश्या थियो, त्यो किसान र उसको घोडाको विषयमा के गरुं ? मन्त्रालय ऐले पनि अस्थायी सरकारको नोकरशाहहरुको हातमा थियो । त्यो अनौठो समय थियो सत्ता सोभियतहरुको हातमा थियो, जनकमिसार परिषद एउटा बोल्शेभीक निकाय थियो, तर सरकरी संस्थाहरु अस्यायी सरकारको राजनीतिक लाइनमा यसरी चलेको थियो जस्तो कि रेल गाडीको डव्वा पटरीवाट खसेर गुडिरहे जस्तो ।

हामीले मन्त्रालयमा कसरी कब्जा गर्ने के प्रयोग गरेर ? त्यसो गर्दा त उनीहरु भागि जान्छन् र म कर्मचारी विहीन रहनेछु ।

हामीले एउटा अर्कै निर्णय ग¥यांै हामीले मेकानिक इवान एगोरोगको अध्यक्षतामा प्राविधिक कर्मचारीहरुको टे«ड यूनियन प्रतिनिधिहरुको एउटा वैठक वोलायौं । यो एउटा खास प्रकारको टे«ड यूनियन थियो । यो मन्त्रालयमा विशुद्ध खजाञ्चिहरु, संचारकर्मीहरु, नर्सहरु, भट्टीमा कोइला हाल्नेहरु, प्रतिलिपीकहरु मेकानिक्सहरु, मुद्रकहरु,स्वास्थ्य सहायकहरुद्वारा गठन गरिएको थियो ।

हामीहरुले यो समस्याको बारेमा कामचलाउ तरिकाले छलफल ग¥यौं एउटा परिषद् चुन्यौं र भोलिपल्ट विहान मन्त्रालय कब्जा गर्न गयौं । हामी भित्र गयौं । सुनौलो पट्टि भएको त्यो चौकीदारले हामीप्रति कुनै सहानुभूति राखेन न त त्यो हाम्रो वैठकमा नै आयो । मनपरी भन्दै उसले हामीलाई भित्र जान दियो । सव हामी भ¥याङ्गबाट माथि चढ््न लाग्यौं त हामीले देख्यौं खजान्चिहरु, टाइपिष्टहरु, एकाउन्टेन्टहरु र विभागीय प्रमुखहरुको हुल तल झर्दै थियो । उनीहरु हात खुट्टा वजार्दै भागीरहेका थिए । तिनीहरुले हामीलई अलिकति नजर उडाएर पनि हेरेनन् । हामीभित्र पस्यौं ती कर्मचारीहरु वाहिर निस्किए । नोकरहरुले तोडफोड शुरु गर्न थालेका थिए भित्र फाटफुट्ट मात्र कर्मचारी बाँकी थिए । उनीहरुले हामी वोल्शेभिकहरुसित काम गर्न तयार रहेको बताए । हामी मन्त्रालयको कार्यालयमा प्रवेश ग¥यौं । एकजना कर्मचारी पनि थिएन । टाइपराइटर त्यसै छोडिदिएका थिए र जताततै कागत छरपस्ट भएको थियो। वहिखाता वेपत्ता पारेका थिए । ताल्चा लगाइएको थियो र एउटै पनि साँचो थिएन । न त ढुकुटीको साँचो थियो । यो को सित थियो त ? पैसा विना हामी कसरी काम गर्न सक्छौं ? सामाजिक सुरक्षा जस्तो महत्वपूर्ण संस्थाको काम स्थगित राख्न सकिदैन थियो । यसमा अनाथलय, अशक्त सैनिक, कृत्रिम सुधारगृह, नारी संस्थान र नेत्रहीनहरुको लागि गृह समावेश थियो । कामको कति विशाल क्षेत्र थियो भने यहाँ सवैतिरबाट मागहरु र शिकायतहरु आइरहन्छन. र साँचोहरु वेपत्ता छन्् । र सवभन्दा आग्रहपूर्ण चिठ्ठी त लेनिनको चिठी लिएर आउने किसानको थियो, उ विहान हुने वित्तिक्कै ढोकामा आइपुग्थ्यो । मेरो घोडाको मोलको भुक्तानीको बारेमा के हुँदैछ ? ओहो कति राम्रो घोडा थियो त्यो । यदि त्यति बलियो र मेहनति नभएको भए म पैसा असुल गर्ने यति ठूलो झंझट लिने थिइन ।

दुई दिनपछि नै ढुकुटीको साँचो आयो । सामाजिक सुरक्षाको जनकमिसारद्वारा सामाजिक सुरक्षाकोषबाट पहिलो भुक्तानी त्यो घोडाको लागि गरियो जसलाई जारशाही सरकारले एउटा किसानबाट जवरजस्ती र जालसाजीले खोसेको थियो र जसको लागि ती अनुरोध कर्ता किसानलाई लेनिनको चिठ्ठी मुताविक पुरै भुक्तानी प्राप्त गरिएको थियो ।

समाप्त

अलेक्जेन्ड्रा कोलोन्ताई (१८७२–१९५५) उन्नाइसौं शताब्दीको अन्तिम दशकमा क्रान्तिकारी आन्दोलनमा सामेल हुनुभयो । सन् १९१७ मा अक्टुवर क्रान्तिको लडाईमा सक्रियतापूर्वक भाग लिनु भयो । उहाँ लेनिनको घनिष्ट मित्र हुनुहुन्थ्यो । अक्टुवर क्रान्ति पछि सामाजिक सुरक्षा मन्त्रालयको जनकमिसार (मन्त्री), कमिन्टर्नको अन्तर्राष्ट्रिय महिला सचिवालयको सचिव र पछि गएर नर्वे, मेक्सीको, र स्वीडेनको राजदुत हुनु भएको थियो । सन् १९१७ को क्रान्तिसित सम्वन्धित उहाँको सस्मरण सोभियत संघमा कैयौं पटक प्रकाशाति भएका थिए । हालको वर्षहरुमा उहांको जीवनमा आधारित फिल्मको पटकथाहरु तथा नाटकहरु तयार गरिएको छ।

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.