अनूदित कविता : म र मेरो अस्तित्व

~अभय~
अनुवाद : प्रा.डा.मुकेशकुमार चालिसे

म तपाईँको आँकडाको बस्तु होईन, न त तपाईँको भोट बैँक
म तपाईँको परियोजना होइन, न त विदेशी अजायवघरको बस्तु
न त म बाली भित्र्याउन पर्खिएको बिकुवा आत्मा हुँ,
न त तपाईँका सिध्दान्तहरू परिक्षणगर्ने प्रयोगशाला हुँ,
म त न तपाईँको तोपका मसला हुँ अथवा अदृश्य कामदार
अथवा केन्द्रीय भारतीय बासस्थानको तपाईँका मनोरञ्जनका साधन हुँ

म तपाईँको परियोजनास्थल, तपाईँको भिड, तपाईँको इतिहास होइन,
तपाईँको सहयोगी, तपाईँको कमी, तपाईँका प्राप्का सुन्दरता पनि होईन,
म तपाईँका हरेक नामलाई आविश्कार, बहिस्कार, र प्रतिरोध गर्छु —
तपाईँका निर्क्योलहरू, दस्तावेजहरू, परिभाषाहरू,
तपाईँका नमुनाहरू, नेताहरू र संरक्षकहरू,
किनकी ती सबैले म र मेरो अस्तित्व, मेरो दृष्टिकोण, मेरो स्थान नकार्छन्,

तपाईँका भनाईहरू, नक्साहरू, चित्रहरू, सुचकाङ्कहरू,
ती सबैले भ्रम सृजना गर्छन् र तपाईँलाई मिथ्याङ्कमा उभ्याउँछन्
त्यहीँबाट तपाईँ मलाई होच्याएर हेर्नुहुन्छ ।
हो, त्यसैले म मेरो चित्र आँफै कोर्छु, मेरो आफ्नै ब्याकरण आविश्कार गर्छु
म मेरो आफ्नो युध्दकालागि आँफै आफ्ना हतियार बनाउँछु,
मेरालागि, मेरा मान्छेकालागि, मेरो संसारकालागि, मेरा आदिबासीकालागि ।

(१३ जनुवरी २०१६)

(भारतीय आदिबासी नेता डा. अभय फ्लेभियन खाखा, १५ मार्च २०२० मा बित्नु भयो । हार्दिक श्रद्धाञ्जली । )

(स्रोत : नेपाल रिडर्स डट कम)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.