कविता : गर्मी १

~अबिर खालिङ

आगोको साइरन बजाएर

हाम्रो शहरमा पसेको छ
लु को बुट बजार्दै
गरेको छ आनन्दको चिरहरण
रिक्सवालाको खोपिलामा च्यापिएर
घुमिहिडेको छ शहरमा
ज्यामीको निधारमा
भरियाको थाप्लोमा
टलक्क टल्केको छ उस्को हाँसो
सडकको छातीमा सल्केको छ उसको सास
वातानुकुलित कोठाबाट फुत्त वाहिर निस्केर
किन अँठ्याको निर्बल श्रमिकको निर्बल निस्सहाय प्राण
किन चुसेको खेतमा सपना रोप्ने किसानको
शरीरको पानी ।
सडकको पेटीमा गिट्टी कुट्ने मजदुरको
किन चाख्न खोजेको खुन

वान्टेड आतंककारी भएर
पसेको छ उ हाम्रो ठाउँमा
अपहरण गरेको छ
हाम्रो जाँगर ÷ जोश र सान्ति

-खबर म्यागजिन मे १४, २०१७
Darjiling

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.