~डा. महेशराज पन्त~
७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले आºनो राज्यविस्तार सैन्यशक्तिले मात्र नगरी भेदनीतिअनुसार ती ती ठाउँका प्रतिष्ठित, प्रभावशाली र धनीमानी मानिसलाई आफ्नो पक्षमा मिलाएर पनि गर्ने गरेका थिए भत्रे कुरा तात्कालिक कागजातबाट थाहा हुन्छ । आफ्नो राजाको पक्षमा नलागी शत्रु राजाको पक्षमा मानिस हतपती नआउने भएकाले मैले तिम्रो राजाको देश जिते पनि तिम्रो धनसंपत्तिमा केही फरक पर्दैन, तिमीले आफ्नो संपत्ति आनन्दसँग भोगचलन गर्न पाउँछौ भनी पृथ्वीनारायण शाह तिनीहरूलाई फकाउने गर्थे । मुडिखुका अचार्ज (नयराज पन्त आदि, ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’, जगदम्बा–प्रकाशन, २०२५, ९४१–९४३ पृ.), दोलखाका प्रधान (उही, ९४३–९४६ पृ.), भवरकोटका जोशी रेग्मी (उही, ९४७–९५३, ९७८–९८१ पृ.), काठमाडौँका भँडेल (उही, ९९०–९९८ पृ.), ललितपुरका द्यौभाजू (उही, १०१९–१०२३ पृ.), पल्लो किरातका राई (उही, १०७९–१०८० पृ.), काठमाडौँका मुसलमान (उही, १०५७–१०६० पृ.) र खार्पाका पोखरेल (उही, ११५८–११६१ पृ.)लाई पृथ्वीनारायण शाहले लेखेका चिठी यसका केही दृष्टान्त हुन् ।
काठमाडौँका द्यौभाजूहरू भने कुत्रि किन हो, पृथ्वीनारायण शाहको पक्षमा मिल्न गएको देखिँंदैन । यसैले, वि.सं. १८२५ मा काठमाडौँ जितेपछि उनले काठमाडौँका राजगुरुहरूको सर्वस्व हरेका थिए । सर्वस्व भएको त भइहाल्यो, त्यसभन्दा बाहेकको संपत्ति कतै अड्किरहेको छ भने वि.सं. १८५१ मा त्यो फुक्का गरिएको थियो भत्रे कुरा सर्वस्व हरिएका ती राजगुरुहरूलाई पृथ्वीनारायण शाहका नाति रणबहादुर शाह (वि.सं. १८३२–१८६३, राज्यकाल वि.सं. १८३४–१८५५)ले गरिदिएको लालमोहरबाट थाहा हुन्छ—
‘आगे ललितानन्द उपाध्याय शिवेन्द्र उपाध्याके काठमाडौमाहा हाम्रो प्रवेस हुंदा नेपाले राजाको गुरुबापत तिमीहरूको सर्वस्व हरियो हर्नु र मार्नु यकै बराबर हुन्छ तसर्थ हाम्रा हजुर लाग्याकाबांहीक अरु कसैले लुकाई छपाई दबाई बल मीची खायाको घरखेत बाधा बिर्ता गुठी रहलपहल जो छ फोईबकस्यौं आफ्ना खातिरजामासित खोजी उघाई खाइ हाम्रा शुभचिन्तना गरी आशिर्वाद दिने काम गर’ (मोहनप्रसाद खनाल,‘चा“गुनारायणका ऐतिहासिक सामग्री’, नेपाल र एशियाली अनुसन्धानकेन्द्र, काठमाडौ“, २०४०, ४५१ पृ.)ठ्यासफूका, हरिताल लगाएका २ पृष्ठमा लगालग लेखिएको एउटा नेवारी लेखोटकोे फ्याक्सिमिलि, त्यसको देवनागरीमा उतार र नेपालीमा उल्था ‘नेवाः म्हसीका’ फेस्बुक पेजमा पोस्ट गरिएकोे रहेछ । त्यहाँ राखिएको पाठ कहीँ कहीँ अलि अशुद्ध र उल्था पनि कहीँ कहीँ अलि अपुग भएकोले सकेसम्म शुद्ध पाठ र उल्था दिने कोशिश तल गरिन्छ ।
सबभन्दा पहिले, त्यस लेखोटको पाठ उतारूँ—
पहिलो पृष्ठमा
१ पङ्क्तिमा— श्रीनेपाली दँ ८८८ भाद्रशुदी १४ थ्वकु≈नु वकाधल देनाचो–
२ पङ्क्तिमा— न थास पृथ्वीनारायण साह प्रवेश जुयाव होंगल ब्र≈मपु–
३ पङ्क्तिमा— रीस चोन राजपुरोहितया ≈म्यायमचा धृतीलक्ष्मी मि–
४ पङ्क्तिमा— खान मछुल जुया बिया मछोल≈मयात मखंछेँया
५ पङ्क्तिमा— ≈म्यायमचा बिज्यास माजुयात थेँ सिधल छायाक इ–
६ पङ्क्तिमा— हि यासेँ त≈म छ≈म जक वानाओ (?) सकलेँ राजभयन
७ पङ्क्तिमा— बिस्येवन जुल मिखानं मछुकयात भति गाछि छे
दोस्रो पृष्ठमा
१ पङ्क्तिमा— बुँ बियाओ ल्यनगु फुकं सर्कारँन दुकाल जुल पुनः
२ पङ्क्तिमा— ९० दँया पौषवदीपञ्चमी कुु≈नु धृतीलक्ष्मी स्वर्गी
३ पङ्क्तिमा— जुयाओ थवछेँ खलक हे वयाओ दश दिनया का–
४ पङ्क्तिमा— जकृया फुकं यानाओ ल्यनगु धनसम्पत्ति उपभो–
५ पङ्क्तिमा— ग याक जुल थ्वया तिथि पौषकृष्णपञ्चमी जुल
६ पङ्क्तिमा— शुभम्
अब यस लेखोटको शब्दशः उल्था गरूँ–
‘श्रीनेपाली संवत् ८८८ भाद्रशुदि १४ यस दिन … सुतिरहेको ठाउँमा पृथ्वीनारायण शाहको प्रवेश भएर इन्द्रचोक ब्र≈मपुरीमा बस्ने राजपुरोहितकी छोरी धृतिलक्ष्मी आँखा नदेख्ने हुँदा (विवाह गरी) दिएर नपठाइएकीलाई मखन खलककी छोरी विजयेश्वरी माईलाई जस्तै सिन्दूर चढाई बेलविवाह गरेर राखिएकी एक जनालाई मात्र छोडेर सबै जना राजाको डरले भागेर गएको भयो । आँखा नदेख्नेलाई अलिकति पुग्ने गरी घरखेत दिएर बाँकी रहेको सबै सरकारले भिœयाएकोभयो । फेरि ९० सालको पौषवदिपञ्चमीको दिन धृतिलक्ष्मी स्वर्गे हुँदा आºनै घरका खलक नै आएर १० दिनको काजक्रिया सबै गरेर बाँकी रहेको धनसम्पत्ति उपभोग गरेको भयो । यसको तिथि पौषकृष्णपञ्चमी भयो । शुभम् ।’
यस लेखोटमा लेखिएको कुरा अब आºनो भाषामा उतारूँ—ने.सं. ८८८ तदनुसार वि.संं १८२५ भाद्रशुक्लचतुर्दशी अर्थात् इन्द्रजात्राको दिन काठमाडौँ जितेकै दिन राति पृथ्वीनारायण शाह इन्द्रचोक चोखाछेँगल्ली ब्र≈मपुरीमा द्यौभाजूहरूकहाँ प्रवेश गर्दा डराएर त्यहाँका सबै जना भागे । बेलविवाह भएकी, आँखा नदेख्ने भएकीले विवाह भने नभएकी धृतिलक्ष्मीलाई चाहिँ त्यहीँ छोडी उनीहरू गएका थिए । धृतिलक्ष्मीलाई जिउनी छोडी त्यस घरको श्रीसम्पत्ति सरकारले लियो । यसको झण्डै डेढ वर्षपछि ने.सं. ८९० तदनुसार वि.सं. १८२६ (अमान्तमानले) पौषकृष्णपञ्चमीको दिन धृतिलक्ष्मी बितिन् । घर छोडेर गएका ती द्यौभाजूहरू त्यसपछि घरमा आई मृतक धृतिलक्ष्मीको १० दिनको काजक्रिया गरे । अनि बाँकी रहेको धनसंपत्तिको भोग गरे ।
यस लेखोटको अन्त्य ‘यसको तिथि पौषकृष्णपञ्चमी भयो’ भनी गरिएकोले धृतिलक्ष्मीको तिथिश्राद्धको लागि यो सम्झौटो तयार गरिएको देखिन्छ ।‘मखन खलककी छोरी विजयेश्वरी माईलाई जस्तै सिन्दूर चढाएर बेलविवाह गरेर राखिएकी’ भनी यहाँ लेखिएकोले यो विषय अलि स्पष्ट पार्नुपरेको छ । काठमाडौँका द्यौभाजूहरू इन्द्रचोक र मखन गरी २ खलकमा बाँडिएका छन् । ‘(…) ने.सं. २४५ मा मखं छें खलकका मखन टोलका शिवभट्ट ब्राम्हणकी एउटी छोरी विजयेश्वरी देवी बनेर शोभाभगवती मन्दिरको दक्षिणतिर रहेको डाँडामा सिद्ध भएर बसेकी थिइन्’ (विष्णु भक्तानन्द राजोपाध्याय (सुवेदी), ‘कान्तिपुरका देव ब्राम्हणहरु’, ‘रोलम्ब’ १८ ठेली १ अङ्क, ई.सं. १९९८, १६ पृ.) भत्रे किंवदन्ती छ । यस लेखोटकी धृतिलक्ष्मी इन्द्रचोक खलककी भएकीले बेलविवाहचाहिँ भएकी, बिहे भने नभएकी उनीलाई मखन खलककी द्यौभाजूकी त्यस्तै अवस्थाकी छोरी, पछि देवी भएकी विजयेश्वरीसँग जोडिएको छ ।
पृथ्वीनारायण शाहको काठमाडौँप्रवेश राति भएको र त्यही राति उनी चोखाछेँगल्लीको ब्र≈मपुरीमा पुगी उनले उत्पात गरेको अर्थ यस लेखोटबाट आउँछ । त्यहाँका द्यौभाजूहरू घर छोडेर भागेपछि तिनीहरूको श्रीसम्पत्ति सरकार लागेको र त्यहीँ घरमा एकलै छोडिएकी धृतिलक्ष्मीलाई जीवननिर्वाहको लागि आवश्यक संपत्तिचाहिँ सरकारले छोडिदिएको कुरा यस लेखोटबाट थाहा हुन्छ ।
माथि उद्धरण गरिएको, वि.सं. १८५१ को लालमोहरबाट थाहा भएको कुरासँग अर्थात् पृथ्वीनारायण शाहको काठमाडौँप्रवेश हुँदा त्यहाँका राजगुरुको सर्वस्व भएको कुरासँग इन्द्रचोक ब्र≈मपुरीमा पृथ्वीनारायण शाह पस्दा त्यहाँका द्यौभाजूहरू भागाभाग गरेको घटना जोड्न सकिन्छ जस्तो लाग्छ । तर राजाका गुरुको सर्वस्व हरेर बाँकी रहेको संपत्ति वि.सं. १८५१ मा मात्र फुक्का भएको भत्रे त्यस लालमोहरबाट थाहा भएकोले र धृतिलक्ष्मीको भागेर गएको परिवार वि.सं. १८२६ मा उनी बितेपछि घरमा आई धृतिलक्ष्मीले भोगचलन गरिरहेको संपत्ति त्यस परिवारले लिएको कुरा लेखिएकोले काठमाडौँकै भए पनि यी २ घटना भित्राभित्रै हुन् कि जस्तो पनि लाग्छ । त्यसमाथि अर्को कुरा के छ भने, सर्वस्व हरिएका द्यौभाजूलाई त्यस लालमोहरमा ‘नेपाले राजाको गुरु’ र यस लेखोटमा चाहिँ ‘राजपुरोहित’ भनिएकोले पछिल्लो कालमा जस्तै, त्यस ताका पनि राजदरबारमा ‘गुरु’ र ‘राजपुरोहित’ अलग्गै हुन्थे भने यी २ घटना अलग हुने नै भए ।
पृथ्वीनारायण शाहले काठमाडौँविजयको प्रसंगमा ‘भाषावंशावली’मा लेखिएको कुरा पनि यस संदर्भमा उद्धरण गर्नु राम्रै होला—
‘यस्ता तरहसँग गोर्खामहाराजका लश्कर विक्रमसंवत् १८२५ शाके १९९० नेपाली संवत् ८८८ साल भाद्रशुक्ल १४ पूर्वाफाल्गुनीनक्षत्र गण्डयोग आदित्यबार १७ घडी जाँदा वडा प्रतापी गोर्खामहाराज श्रीपृथ्वीनारायण शाह कान्तिपुरमा प्रवेश गर्दा भया । श्री ५ महाराज नोल्छे ढोकाबाट प्रवेश गर्नुभयो र कुलानन्द जैसीलाई मैले प्रवेश गर्दाको साइत कत्तिको स्थिर प¥यो भनी हुकूम भयो र ७ पुस्तासम्म भन्या कायमी राज्य छ, तहाँदेखि भन्या बुझीकन भनौला भनी बिन्ति ग¥या ।
‘श्रीकुमारीको रथ कोहिटीसम्म पुग्याको थियो । पूर्णिमाका दिन कुमारीको जात्रा यथाक्रमले सम्पूर्ण गराया ।
‘तहाँपछि कान्तिपुर शहरमा बास गरी काजी प्रजाहरू आºना हिकमतले चलाउननिमित्त काजीहरूलाई सजाय दिया । कतिलाई मारी, कतिलाई सर्वस्व ग¥या ।
‘एक नेवारकी स्वास्नी अति राम्री थिइन् । गोर्खामहाराजबाट प्रवेश ग¥याउप्रान्त डराई पहिले स्त्रीलाई काटी पछिबाट आफूले पनि ज्यान त्याग ग¥यो ।’
(‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’, ८७९–८८० पृ.)‘भाषावंशावली’को यस लेखाइबाट काठमाडौ“ जितेपछि पृथ्वीनारायण शाहले लगत्तै होइन, बिस्तारै पछि आºना विरोधीहरूको दमन गर्दै गएको कुरा आउने हुनाले ब्र⋲मपुरीका द्यौभाजूहरूको पनि यसै गरी दमन भएको हो कि जस्तो लाग्छ । यस कारण यो लेखोट छोटकरीमा लेखिएकोले त्यही रात नै त्यो घटना भएको जस्तो देखिन गएको हुनु धेरै संभव छ ।
द्यौभाजूहरूको थर नहुनु नै उनीहरूको प्राचीनताको द्योतक भए पनि देश काल स्थिति सुहाउने गरी पछिपछिका द्यौभाजूहरूले थर लेख्ने गरेको देखिएको छ । यसैले मखन खलककाहरूले आºनो थर ‘सुवेदी’ र इन्द्रचोक खलककाहरूले चाहिँ आºनो थर ‘रिमाल’ लेख्ने गरेका छन् । त्यो कुरा मूल धारका, ती ती थर भएकाहरूले पनि स्वीकार गरेको कुरा ‘रिमाल वंशावली’ (छविरमण उपाध्याय रिमालद्वारा संकलित, रिमालवंशावलीप्रकाशनसमिति, ललितपुर, २०५९, १६–१९ पृ.)बाट र ‘सुवेदी वंशावली’ (राजेन्द्र सुवेदी आदिद्वारा संपादित, सुवेदीकल्याणप्रतिष्ठान, काठमाडौँ, २०६३, ४७२–४८१ पृ.)बाट थाहा हुन्छ ।
‘रिमाल वंशावली’ (१९ पृ.)मा इन्द्रचोक ब्र≈मपुरीका ब्रा≈मणहरूको विषयमा लेख्दै जाँदा यस्तो कुरा आउँछ—
‘श्री ५ महाराजधिराज रणबहादुर शाहको उदय भएपछि मौसूफकी कान्छी महारानी कान्तिमतीलाई विफर (शीतला)को रोगले ग्रस्त गरी वि.सं. १८५६ साल कार्तिक महिनामा निधन हुँदा वियोगवस प्रजा धपाउने क्रममा इन्द्रचोक ब्र≈मपुरका ब्रा≈मणहरू मात्रका परिवारहरू सबै धपाई सर्वश्व हरण गर्दा सर्वानन्द राजोपाध्याया (रिमाल उपाध्याय)की बहिनी धृतिलक्ष्मीले आफू अन्धी भएकीले अविवाहित भनी श्री ५ महाराजधिराज रणबहादुर शाहका हजुरमा विन्ति चढाई आºनु भागमा पाउने सम्पत्ती बचाई ल्याई इन्द्रचोक ब्र≈मपुरको घर र इंचगुंको खेतहरू सबै आºनो दाजूभाइहरूलाई दिइन् । वि.सं. १८८१ साल मंसीर महिना कृष्णपक्ष पञ्चमी तिथिको दिनमा धृतिलक्ष्मीको निधन भयो ।’
यो लेखाइ माथिकै लेखोटको तथ्यविपर्ययको एउटा रूप हो भत्रे कुरा त्यस लेखोटसँग यो लेखाइ दाँजी हेर्दा छर्लङ्ग हुन्छ । खुलाएर भन्दा, त्यस टिपोटमा कारक पृथ्वीनारायण शाह भएकोमा यस लेखाइमा भने उनका नाति रणबहादुर शाह कारक छन्, वि.सं. १८२५ मा पृथ्वीनारायण शाहको काठमाडौँप्रवेश हुँदा इन्द्रचोक ब्र≈मपुरीका द्यौभाजूहरू भागेर गए भनी टिपोटमा लेखिएकोमा यहाँ भने रणबहादुर शाहकी रानी कान्तवती (वि.सं. १८३३–१८५६)को मृत्यु बिफरले भएपछि ब्र≈मपुरीका ती ब्रा≈मणहरूको सर्वस्व हरी तिनीहरूलाई धपाइयो भनी लेखिएको छ, धृतिलक्ष्मीको मृत्यु वि.सं. १८२६ पौषकृष्णपञ्चमीमा भएको भनी टिपोटमा लेखिएकोमा यहाँ भने वि.सं. १८८१ मार्गकृष्णपञ्चमीमा भयो भनी लेखिएको छ ।
यताबाट के बुझिन्छ भने, धृतिलक्ष्मीको नाउँ पछिसम्म पनि ब्र≈मपुरीका द्यौभाजूले संझिरहेका थिए, मूल कुराचाहिँ उनीहरूले बिर्सिसकेका थिए । त्यसमाथि, गीर्वाणयुद्ध (वि.सं. १८५४–१८७३, राज्यकाल वि.सं. १८५५–१८७३)लाई बिफर आउँदा प्रजाहरूलाई धपाएकोमा उनकी आमा कान्तवतीको मृत्यु बिफरले भएपछि प्रजाहरूलाई धपाइयो भनी ‘रिमाल वंशावली’मा लेखिएको छ । अर्को कुरा के छ भने, कान्तवतीको मृत्यु बिफरले भएको होइन, क्षयरोगले भएको हो भत्रे कुरा तात्कालिक लेखबाट थाहा हुन्छ (धनवज्र वज्राचार्यद्वारा संपादित ‘पण्डित सुन्दरानन्दविरचित त्रिरत्न–सौन्दर्य–गाथा’, नेपाल–सांस्कृतिक–परिषद्, काठमाडौ“, २०१९, १५६ पृ.मा उद्धृत पत्र) । यस्ता गल्ती ‘रिमाल वंशावली’मा मात्र होइन, ठूला ऐतिहासिक कहलाएका चित्तरञ्जन नेपाली (वि.सं. १९८८ मा जन्म)ले पनि गरेका छन् (‘श्री ५ रणबहादुर शाह’ ३ संस्करण, रत्नपुस्तकभण्डार, काठमाडौ“, २०५७, ३५, ३७ पृ.) । अझ, कान्तवतीको रोगशान्तिको लागि पूजाआजा गर्दा ब्र≈मपुरीका द्यौभाजूको पनि त्यसमा सहभागिता थियो कि ? कान्तवती बितेपछि रणबहादुर शाहले वि≈वल भई देवता र पुजारीहरूको अपमान गर्दा ब्र≈मपुरीका द्यौभाजूको पनि उनले अपमान गरेका थिए कि ? पृथ्वीनारायण शाहको काठमाडौ“प्रवेशको घटना र कान्तवतीको मृत्युपछिको घटनाको मिसमास हु“दा ‘रिमाल वंशावली’मा यस्तो लेखिएको हो कि भनी चित्त बुझाउनुपरेको छ ।
ब्र≈मपुरीका सहस्रशिवानन्दको र उनका सन्तानको ‘रिमाल वंशावली’मा चर्चा गर्दा गर्दै पनि ब्र≈मपुरीको, ने.सं. ७५२ तदनुसार वि.सं. १६८९ को शिलापत्रमा सहस्रशिवानन्दबाट शुरू भएको वंशक्रमको विषयमा त्यस शिलापत्रअनुसारको कुरा (डिल्लीरमण रेग्मी, ‘मेड्इईभल् नेपाल्’ ४ भाग, काठमाडौँ, ई.सं. १९६६, ६१–६४ पृ.) ‘रिमाल वंशावली’मा पार्न नसक्नुले पनि इतिहाससंबन्धी उपकरणको आधारमा होइन कि अनुश्रुतिको भरमा यस्ता वंशावली लेखिन्छन् भनी अन्त्यमा भत्रुपर्छ ।