~सुजन बुढाथोकी ‘कान्छा’~
सितलहर बड्दो छ न एउटा गतिलो घर छ
गार्हो छ गरिबको जिन्दगी बहुद कस्टकर छ
चुसेर मेरो ओठ र भोट मागेर लागे पछि उस्ले,
कैले पनि बुझेन कि त्यहा तेरो के हालखबर छ
दिलदेस र अफिसमा बैमानलाइ नियुक्ति गरियो
खै यहाँ इमान पढाइ र प्रेमको कहाँ कदर छ ?
बिस्वास गरेर मैले के तिमिलाइ छातिमा राखेथे
आज सम्म पनि मेरो मुटुमा लात्तिको असर छ
उत्ता धनवानहरु रण्डिथानमा तातिरहेछन,अब उ
मर्छ जो सङ्ग मफ्लर छ स्विटर छ न तातो हिटर छ
सितलहर बड्दो छ न एउटा गतिलो घर छ
गार्हो छ गरिबको जिन्दगी बहुद कस्टकर छ
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )