कविता : तुलना

~बि कुलुङ रंगबुले राई~

एउटा शासन प्रणाली
समुद्रमा
ठूलो माछाहरूले
सानो माछाहरूलाई खान्छन्,
अरे बाबा खावोस् न त हौ
त्यो समुद्रिक एडमिनिट्रेशनको
गडवडी हो
त्यो जलचर प्राणीहरूको दुर्वलता हो
यसमा मेरो भन्नु केही छैन
यहाँ त मान्छेको बासथलो
धरतीमा नै कतिपय
यस्तै हैयात शासन प्रणालीहरू छन्
जो चलिरहेको छ त
अविरल अविरल
युगौँ अघि देखि
सुक्ख खन्यूको जरा बिचबाट
निस्केर हिँडेको लस्कर जस्तै
दिनहुँ
माटोको छेँड, कुना, भित्रीभागबाट
निस्केर हिँडेको श्रमिक सैनिकहरू जस्तै
दिनहुँ
देखेको छैनौ र
दशकौँ भइसक्यो त
यी कमाने धर्तीका जिन्दगीहरू
ए टू जेट नै
हेर त
कमिलाको नै जस्तो छ त
यिनीहरूको जिन्दगी
रित्तो थुन्से डोकोहरू बोकेर निस्केको
अनि मेलोतिर लागेको लु हेर
श्रमिक कमिलाहरू जस्तै
निम्न स्तरको यिनिहरूको जिन्दगी
काँधमा लादेर शोषणका भारहरू
खै त यिनिहरूमा
तैँ छाड र मैं छाँडु यस्तो कोही पनि
हुँदैन त
निम्न दर्जाका यिनीहरूको असहाय
हातहरू न्यून्यतम सहुलियतहरूले
जिन्दगी नछोपियोस तर
हत्केला नै ढाकिए पनि
भइ गयो त झुटो खुशीहरूले
बुझ्ने छैनौ तिमीहरूले
यो श्रामिक कमिलाहरूको
बन्दिसी तुर्किएको अधुरो रहरहरूलाई
र,यिनिहरू एकै लस्करमा हिड्ने
एकै खेमका असहाय सदस्यहरू हुन्
त्यसैले,
यिनिहरूमा
तँ अघि र म अघि त्यो सब
भन्ने कुराहरू केही पनि हुँदैन
हालि देउन झुठो आस्वासन
यी श्रमिक कमिलाहरूको झै
रित्तो डोकोहरूभित्र झुसी
भइ गो त
बरू
यी श्रमिक कमिलाहरूको दासत्वहरूमा
तिमी राणा माउहरू १
सकेसम्म फाइदा उठाउ
हरियो पातहरू चुड़ाईचुड़ाई
तिमी राणा माउहरूलाई
हृष्टपुष्ठ बनाऊनु नै
ऐशो,आरामका जिन्दगी दिलाउनु नै
यी निम्न स्तरिय श्रमिक कमाने
कामिला झै जिन्दगीहरूको
मूल धर्म
लस्करमा लाग्दै
आ-आफ्नो मेलो मेलोमा
आफ्नो ज्यानले भ्याएसम्म
परिश्रम गर्दै
लड्दै पड्दै
हरि बिजोग बन्दै
तिमी राणा माउहरूलाई
खुशहाल जीवन प्रदान गर्नलाई
हरदम, हरवक्त
यी श्रमिक कुल्ली कमिला जिन्दगीहरू
यी चिया बारीभित्रका
कायदा, कानुनहरू
जे गरे पनि यस्तै छ अनि
सदा भर यस्तै रहने छ
चिन्नु नजान्ने
मिलनु पनि नजान्ने
यी श्रमिक कमिलाहरूको झै
कुल्ली कमाने जिन्दगीहरू
कुल्लीको कुल्ली नै रहनेछ
श्रमिकको श्रमिक नै रहनेछ सदा
यसमा दुई मत छैन कुनै
बरू
कमिलाका शासन प्रणाली झैं
श्रमिकहरूको सिहार सुसारबाट
ती राणा माउहरूले
उटुस पुटुस बन्दै
फेरि पनि
नौलो पिँढीका
श्रमिक कमिलाहरूको वथान नै
जन्माइ देला
तर
सस्तो सैनिक कमाने श्रमिक कमिलाहरू
जो चाँहि कसरी हुर्किन्छ
कसरी बढ्छ
अनि के खाएर बाँच्दैछ
यी सब कुराहरूमा
कुनै सरोकार छैनन्
ती राणा माउहरूलाई
ती मालिक वर्गहरूलाई
उसलाई त
वश चाहिएको हो केवल
दश नङग्रा खियाएर भए पनि
हरियो पातहरू चुडाई(चुडाइ
उसको पालनपोषण गर्दै
आरामदायक जिन्दगी
उ राणा माउहरूको
मालिक वर्गहरूको
जसरी पनि
बित्न पाएँ भई गो

……………………………
शब्द अर्थः यहाँ राणा माउहरूको अर्थ मालिक वर्गलाई भनिएको हो
फरबरी,१,२०१८

-दार्जिलिङ्ग भारत

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.