~डा. विदुर चालिसे~
मेरा अाँगनमा त्यसै झरेका
बेला बेलाका गड्याैलाहरू
फरक अाकार र स्वभावमा छन्
म उनीहरूलाई नियालिरहेछु
तिनीहरूकाे जीवन पध्दती बारे !
जीव विकासका चरणमा छट्पटाइरहेका
कलिला एवं मुलायम शरीरका स्पर्शहरूसँग
एकजाेडी वैज्ञानिकहरू चिम्टाले चलाउँदै
शल्यक्रियामा व्यस्त छन् प्रयाेगशालामा !
प्रयाेग अभ्यासमा छट्पटाइरहेका ती,
सूत्रहरू खाेजिरहेका वैज्ञानिकहरूका
मन मुटुहरू गड्याैलाका रक्त काेशिछेउ
प्रश्न साेधिरहेथे जीवन विकासकाे अर्थ
र हाैस्याइरहेथे अाधार शिविरलाई ।
अचेलका रेलजस्ता छट्पटाइरहेका
तिनका नाभीहरू तर्क शून्यतामा थे
रगतका पिच्काहरूमा लट्पटिएर !
थल मार्गका रेल र गड्याैलाहरू
उस्तै छन्, त्यस्तै त्यस्तै बन्छन्
एकजाेडी वैज्ञानिकका वकपत्रजस्तै
माटाेमाथि छट्पटाइरहेका यात्राहरू
गड्याैलाजस्तै चिरफारमा रहन्थेँ म
सानाे अाँगनकाे मधुराे उज्यालाे बीच !
खाेजिरहेका उत्तर र भेटिरहेका प्रमाणहरू
गतिराेधमा हराइरहेथे प्राचीन कालदेखि
एकजाेडी वैज्ञानिकका तथ्यहरू सँग
विकासका भ्रष्टतातिर परिभाषित छन्
सुहागरातका वैज्ञानिक स्वेतपत्रहरू !
गड्याैला विकासमा हल्लिरहेका
यताका सनम वैज्ञानिकहरू
रेल निकासमा तल्लिन रहेका
उताका स्वनाम वैज्ञानिकहरू
उस्तै उस्तै लाग्थे तर चिन्तनमा फरक
त्यस्तै त्यस्तै लाग्थे तर सत्यमा फरक
अल्मलिरहेका मेराजस्तै मानिसहरूका मन
वैज्ञानिक परीक्षणमा उँघिरहेथे अर्ध निंद्राले !
रेलजस्तै छट्पटिएर
गड्याैला उफ्रिदिन्थ्याे
मालबाहक कन्टेनरकाे रूपमा
मेराे प्रयाेगशालाकाे टेवलभरि !
वैज्ञानिक खाेज हैरान हुन्थे मसँगै
मायावी जादूका लिला !
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)