कविता : यदि म बतास भए भने

~सुजन बुढाथोकी ‘कान्छा’~

यी घनाजङ्गगलहरुहुदै
सबैभन्दा पहिला म
बालुवाटार र सिङ्गोदरवारभित्र पसेर
धुरी उठाउनेछु
र नग्याउनेछु नेताहरुलाइ

यदि बतास भए भने
पर्दाफास गरेर ल्याउनेछु
पत्रकार झै समचारहरु
र देखाउनेछु
यो देसलाइ
अनि मान्छेहरुको कानभित्र पसेर
सुनाउनेछु
र उढाउनेछु पुलिस जस्तै गरेर
कारागारमा पुर्याउनेछु
भ्रस्टचार अनि
अखङ्गख्य अपराधका गुनेगारहरुलाइ

यदि म बतास भए भने
तर,
म रुखका पात र हागाहरुद्वारा निर्देशित हुनेछु
जहाँ,सजिव शरीर भएको स्थिर रुखहरुका
निर्जिब हागाहरुबाट
मलाइ निर्देशन आइरहनेछन
र तिनै हागाहरुले मलाइ पठाइरहनेछन
उन्मुक्तिका आदेसहरु
र म जानेछु उनिहरुलाइ छाडेर
सहरबाट बेगवान आधि तुफानको
बिमानमा बसेर
गाउँतर्फको सफरमा
ढोकाहरु ढकढकाउदै
र गाउका हरेक सुकुम्बाशिबस्ती र
गरिब झुपडिहरुमा छिरेर
जानेछु डाका झै
अनि नङ्गग्याएर लानेछु
एउटा सिङ्गो गाउलाइ ।

यदि म बतास भए भने
मेरो रहरभन्दा पर
सबैभन्दा पहिला
म करले भत्काउनेछु
गरिबका घरहरु ।

यदि म बतास भए भने
मलाई पर्मेश्वरले
पृथ्बिमा पर्यटनमन्त्री बनाउनेछन
र पूरा पृथ्बी घुम्नेछु
टुरिस्ट भिसाहरुमा
जहाँ मलाइ यो बिस्व ब्रह्माण्डसम्म
घुम्नलाइ कुनै पैसा लाग्ने छैन
यदि म बतास भए भने
जरुर बायुयानमा राखेर
हजारौ हजार रकम लिएर
ल्याउने छु
बिदेसमा अलपत्र परेका
नेपाली कामदार
र गरिब मजदुरहरुलाइ

यदि म हावा भए भने
बच्चाहरुले मलाइ
सजाएर बेलुनमा राख्नेछन
र फुलाएर आकासमा उढाउनेछन
र प्रचण्ड घामको रापले तात्तिएर
जलिरहेका
कसैका शान्त सपनाहरु झै गरेर
म फुट्नेछु अनि सकिनेछु
र बिलाउनेछु बायुमण्डलहरुमै ।

एकछिन घडिमा समय र
सुइको चल रोकिनेछ
र शिर्शिर रितुहरुमा झै
जङ्गगलहरु नाङ्गिएर पत्झर हुनेछन
गगनमा उढिरहेका चराहरु बेहोस्सिएर
तल जमिनमा खस्नेछन
जुनकिरीले प्रकाश खोजे झै
सबैजना मलाइ नै खोजिरहेका हुनेछन ।

यदि म बतास भए भने
मलाइ यादहरुमा नखोज्नु
मलाइ कुनै सान्त समुन्द्र नदिकिनार
अनि घनाजङ्गल पहाड
र त्यो निलो आकासमा खोज्नु
म कुनै अन्जान फकिरहरु झै
त्यही सयर गरिरहेको हुनेछु ।

यदि म बतास भए भने
म भारि सुवासहरु झै गरेर
गुरासमा गएर बस्नेछु
र हल्लाउनेछु
भुकम्पहरु झै गरेर सिङ्गो भिरपाखा
पखेरा र पहाडहरुलाइ
जहाँ ,खस्नेछन केही भर्जिन फुलहरु ।
टिपेर पहिलो पटक जस्ले सजाउनेछ
सिरमा तिनिहरुलाई
उनि मेरि पृयासी हुनेछिन ।

यदि म बतास भए भने
म गुलाबको बोटका पातहरुमा
सुस्केरा हाल्नेछु
र ओठहरुले सुसेलि बसन्ती पवनहरु हालेर
कोयलहरु झै गरेर गित गाउनेछु
र पठाउनेछु तिमिलाइ
सुमधुर धुनहरु
अनि तिमी त्यही गुलाबको बोटमा उभिरहेकी
हुनेछौ र मलाइ सुनिरहेकि हुनेछौ
र त्यही गुलाबका पातहरु झै गरेर
सरसर फरफराइरहेका हुनेछन
तिम्रा केशराशीहरु …………

यदि,म बतास भए भने
र मेरा निमित्त सबैभन्दा खुशिको खबर
बरपिपलमा शितल स्पर्शहरुसङ्गै
सुतिरहेका थकित किसानहरुलाई जस्तै गरेर
म सबैभन्दा पहिला तिम्रा सपनाहरु झै
सुटुक्क छोएर जानेछु
तिम्रो अन्तरहृदयलाइ ।
तर,तिमिले कैले पनि
थहा पाउने छैनहु मलाइ
म आएको मैले तिमिलाइ समाएको
अनि म भएको र म गएको
सबैसबै अपरिचित हुनेछन त्यहा।

यदि, म बतास भए भने
तिमीले मलाइ आफ्ना हरेक
सासहरुमा खोज्नु
म कुनै अमर सहिदहरु झै गरेर
त्यही बसिरहेको हुनेछु ।

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.