कविता : जाडो

~वर्तमान~

आत्मीय चाहे
दाँत
गीजा
र लिपिस्टिक एकैसाथ हाँस्यो ।

अनि
सौहार्दता मागे
नङ
नेलपोलिस
र उपहासले हात मिलायो ।

त्यसपछि
हार्दिकता खोज्न पुगेँ
क्रय
विक्रय
र मुनाफाले गम्लङ् छाँद हाल्यो ।

ओठहरूको उत्सर्गमा
लिपिस्टिक जमिदिने
अहो !
कस्तो जाडो रहेछ नि (हगि) ?-
हिजो आजका दिनहरू ।

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.