कविता : बिहानी हरायो

~अमृता बुढाथोकी~

हिजो पनि घाम थियो
तर, चारैतिर अध्यारो थियो
आज पनि उस्तै छ
सायद,
विहानी हुन बिर्सिए झैं
लुछाचुडी गर्दै छन् व्याँसाहरु
बिहानीको पर्खाइमा बसेकाहरु
अन्धकारको छटपटाहटमा तड्पिरहेन् ।
अन्कन्टार जंगलमा कुहिरोको काग झैं
हराइरहेछन् बिहानीहरु
हो,
हिजो पनि घाम झुलिकएकै हो, साझ परेकै हो, पानी परेकै हो, हावाहुरी चलेकै हो ।
तर,
सीमित कित्तामा बिहानी आए पनि
अन्नत अन्नत सम्म बिहानी हराएकै हो ।
उपचार नपाएर तल्ला घरको काले आज मरेकै हो
माथ्ला घरको ठुलेदाइको उपचारमा ४ अर्ब राज्यको सकिएकै हो
भेन्टिलेटरको अभावमा हिजो सानुको सास रोकिएकै हो ।
ठुले, काले र सानीलाई जन्माउँदा एउटै प्रशव पीडा सहिन् आमाले
तर, ठुलेको आगनीमा मात्र बिहानी आएकै हो ।
लाज पचाएर ताण्डव नाच्नेहरुले हिजो मिलेरै ३० हजार काले र सानीलाई मारे,
लाखैंलाई विचल्ली पारे,
धेरैको कुमारित्वमा खेले, आज पनि उस्तै छ, रुप फेरिएको छ ।
घरकुना र चोटामा दिदीले कुटाइ खाएकै छिन्
झन विकराल रुपमा अस्तित्व लुटिएकै छ
त्यसैले यो बिहानी हराउनु भन्दा हिजोको कालरात्री नै ठिक छ ।
हिजो एउटा थियो आज दर्जनौं छन्
कर तिर विभिन्न शीर्षकमा
५ मुरी धान फल्ने खेतको ५ हजार ।
रितो गोजी स्याहार सुसार गर परिवारको
आतिनु पर्दैन बिहानी नै नआइ आउँदै छ कोरोना
उपचारको अभावमा थकाइ मार्दैछ जीन्दगीले ।
फेरी फर्ख मिठो बिहानीको आशमा ।

-अमृता बुढाथोकी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.