~रिजाल किरण~
छन्द : सत्पिक
तान्छु मै दिनदिनै भट्टी छिरेपछी
बन्छ आट सजिलै भट्टी छिरेपछी ।
जिन्दगी रङ हुने कैले हुने हरे
हल्लिदो छ गतिलै भट्टी छिरेपछी ।
उर्लिदो मुलहरु नानी भरी भए
आँसु बग्छ रसिलै भट्टी छिरेपछी ।
आउछन् कति सखा मेरै ब्यथाहरू
गोड्न पो गजलमै भट्टी छिरेपछी ।।
-किरण अन्जान
-विराटनगर -१
सुत्र:-गुरु पोस्ट राज चापागाईंले
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )