खण्ड काव्य : क्षितिजको राँको

~गणेश शर्मा~

भूमिका

क्षितिजको राँकोलाई मैले खण्ड काव्य नाउँ राखेको छु । यसले अन्याय अत्याचारको पातपतिंगरले छोपेर श्वास फेर्न कठिन परेका शोषित पिडित वर्गलाई मुक्त पार्दै सम्पूर्ण शोषणका पातपतिंगरहरु राँकोले उडाएर नव बिहानी ल्याउँन वर्ग चेतनाको क्षितिजलाई स्वच्छ बनाउँन मद्दत गर्छ कि भन्ने आशा लिएको छु । यो भन्दाबढी चाहीं समालोचक र पाठकवृन्दको दृष्टिकोणमा निर्भर गर्ने कुरा हो ।
-लेखक

पहिलो सर्ग

हावा चल्यो सर्सरी पूर्वबाट ।
कूँहूँ कूँहूँ कोइलीको छँदैछ ।।
आहा ! सुबास फैलिन गो धुपिको ।
झ्यालैनेर बुकिफूल फूलेको ।।

रात्री बित्यो थलचर ब्यूँझिदैगो ।
ओथारो चिसो अब भो सबैको ।।
च्याँच्याँ र चूँचूँ खग ती कराए ।
ज्योती गगन् पूञ्जमाहाँ हराए ।।

गाग्री बजाएर उठे महिला ।
स्वर झिके बालकले पहिला ।।
उद्योग जाँतो ढिकी खुब करायो ।
निष्पट्ट निशा ! अब खै हरायो ।।

जो रात्रीको काखमाहाँ जहाँ थिए ।
सचेत भै नेत्र पुछे सबै हिंडे ।।
दैनिक धन्दा शुरु भो सबैको ।
केके छुटयो खै ! चिज त्यो अतित्को ।।
नेत्र पुछि झट्ट उठयो प्रभात ।
झोला खुकुरी ! सब साथमा छ ।।
जनता जनार्दन् उसका बिधाता ।
पानी र माछो सरीकोछ नाता ।।

गाँउबाट गाँउ बस्ती र बस्तीमा सरी ।
वर्गमाहाँ वर्गीय छेतना छरी ।।
ब्यूँझाँउन लौन अबेर भैसक्यो ।
युग बिते रात्री भने रहिरह्यो ।।

शोषितका वर्गीय मित्र आई ।
बोलाँउछन् वर्गीय साथीलाई ।।
श्रमिक श्रम््तर्फ हिंडे रमाए ।
सिन्दुर छरिन् पूर्बमाहाँ उषाले ।।

हिडेछ गन्तब्यतिर प्रभात ।
पच्छयाउँदै शोषितको जमात ।।
निर्णय जेजो हुन गो नीति बन्यो ।
कार्यान्वयन््गर्नुछ ती सबैको ।।

फूल्यो आहा ! जाई जुही समस्त ।
भूँ भूँ भ्रमर कमल बीच गर्छ ।।
चल्यो पवन नच्तछ बुकि फूल ।
हाँसे रवि ! खोली क्षितिज झूल ।।

संगठन शक्ति तयार पारी ।
संघर्षको निम्तिगरी तयारी ।।
त्यसमाथि बिश्लेषणवर्गको गरी ।
बढ््दैछ प्रभात ! सदा अघि अघि ।।

समयमा गर्नु प¥यो उपाय ।
कठिनता बढछ लौ सुतिरहे ।।
भोकै होला काँतर बुद्धिको भए ।
अल्छी सुधारक् कति मासिए गए ।।

संघर्ष गर्दै बदल समाज ।
चाढै खोज मित्र ऊ को काहाँ छ !।
जिम्मा लगाउ सबलाई काम।
बिन्ति उठ चेतनशील तमाम ।।

पल्टाउँदै निर्णयलाई हेर ।
संसार फेर्ने नीति सूत्र जोड ।।
अल्छी र लुरे नबन युबा हो ।
उठ सबै छयाङ्ग उज्यालो भै सक्यो ।।

सुतेर धेर रात दिन पो बितेछ ।
घडी दिन बर्षहरु सहस्र ।।
त्यसकारण छोड ओेछयान उठ ।
संघर्षको बिकुल झिक फुक ।।

परपर देखिदै गो पूर्बको काली छायाँ ।
वरवर देखिदै गो पूर्वको लाली मायाँ ।।
फरफर फहराउँदै उडछ रातो पताका ।
वरिपरि हेरदै लौ बाटो लाग्यो प्रभात ।।

दोश्रो सर्ग

पाखा पखेरा अनि खेतबारी ।
धारा पधेरा हरिया चहुर ती ।।
हिमली छायाँ परि खुँज माथि ।
देखिन्छ काला हरिया बुटा ती ।।

नदी बगे घुम्ति बनेर धेर ।
भित्ता किनारा सब भत्किएर ।।
हावा चली रुख अति सुसाउने ।
देउराली राम्रा बटुवा बसीदिने ।।

समाजको बिचबिच च्यातिनाले ।
दुईवर्गले मार्ग दुबै समाते ।।
यौटा छ नाङ्गो मुडुलो र भोको ।
अर्कोछ सुखी कसरी भयो यो !।

धनादि श्रोत धनीले समाते ।
नाङ्गा भए शोषित नाङ्गिदै गए ।।
प्रकृतिको साधन जो जति थियो ।
सबै शोषकको नीजि सम्पति भयो ।।

शिक्षमाहाँ साक्षर हो प्रभात !।
तर बुझ्यो वर्गीय भेदभाव ।।
जान्ने बन्यो ऊ ब्यबहारबाट ।
संघर्षको लागि झिकेछ छाँट ।।

क्रान्तिपछि आउन सक्छ त्यो दिन ।
मिल्नेछ गाँसबास कपास साधन ।।
शोषितको राज्य जब उदाउला ।
जनकादको स्वाद आहा ! चखाउला ।।

आभा प्रकाशको चहुतर्फ फैलियो ।
प्रभातको मार्ग यथार्थ देखियो ।।
लक्ष्यतिर लम्किन गो प्रभात ।
खुल्यो क्षितिज तारक सब्् निभेछ ।।

घर घर घर घर््मा जाँतो घर््घर्् चलेको ।
पिली पिली गरी बत्ती पिल््पिलाई बलेको ।।
पर पर छरिदै गो ज्योतिको त्यो प्रकाश ।
जनजन बिच जन्म्यो वर्गचेत अपार ।।

तेश्रो सर्ग

सुसाउँछ झाडी पवन्् चलेर ।
आए श्रमिक खेत खारिया खनेर ।।
बाच्छोे तगारो तिर उफ्रिदै छ ।
पाडो र पाठो पनि श्वर गर्छ ।।

अस्ताचलतिर झरे रवि अब ।
छायाँ बन्यो लामो पसारिएर ।।
धनाडय देव पूजि भक्ति गर्छ ।
कंगाली साग््सिस्नुतिर हिंडेछ ।।

चहुरमा मन्दिर एक देखिने ।
उदरमाहाँ देव थियो नबोलने ।।
च्यार्र–च्यार्र श्वर सुनियो त्यँहिंनिर ।
हेर्न गए ग्रामिण दौडिएर ।।

साल््नाल्् सहित बालक एक देखी ।
छक्कपरि ठिङ््ङ भए सबै ती ।।
“सामन्ती खोक्रो फितलो धरामा ।
माया छिन्यो किन र ? कलेजी छेउमा ।।

धर्म अनि धाक रबाफ छोड््ने ।
भेटे अबला दिनरात लुट््ने ।।
ललाटमा चन्दन स्वांङ पारी ।
कर्तुत छोपेर बढाई दाह«ी ।।

बम््बम्् भाले ! शम्भु र विष्णु घोकने ।
देवी र दुर्गा नपूजि नहुने ।।
पाखण्डीको फैलिन गो जमात ।
फ्याकिन्छ शीशु ! हेर्् दिनरात ।।”

यति भनि एक अगाडी आयो ।
रुँदैछ बाला ! उसले उठायो ।।
छोरी सहिछन्् विचरी कठैबरा ।
फ्याकिन्छ कुन मात्री बनेर अप्सरा ।।

छलफल्् गरे आपसमा सबैले ।
पाल्न दिए श्रमिकलाइृ ऐल्हे ।।
बाले ! अब दिन््दिन्् बढ््न थाली ।
नाउँ उषा ! उमेर सोर की भईन ।।

सगरमाथा डिल थुम्को माथि ।
खेल्दै उषा ! बटरलेर साथी ।।
खेल्ने संगी साथी विदा सबै भए ।
गाई र बाख्रा घरतिर फर्किए ।।

“ च्याँ च्याँ” र चुँ चँु खग कराउँने ।
खेल्थे लुबकामारी पशु हराउँने ।।
गुराँशको फूलभरिछ मौरी ।
अक्करबिच चर्दछ याक चौंरी ।।

हे¥यो कतै खुँज र टापु देखिने ।
अल्का चुचुरा रवि ! चन्द्र लकने ।।
स्याँठ चिसो मुटु छोएर भागने ।
मैदानतिर गाउँ र बस्ती देखिने ।।

कतैछ दुई चार महल अटाली ।
अधिक झुप्रा दीन दुखिखाली ।।
ठूला महलका धुरीमा धुवाँ उठयो ।
झुप्रा निभेका खनिल कता गयो ?।।

हिंड््द्रछ प्रभात ठ्ठ उकाली उक्लिन ।
समाजमा वर्गीय चेतना दिन ।।
शोषण दमन मास्न तयार भाको ।
प्रभात बन्दैछ मसाल राँको ।।

प्रभातले मास्तिर दृष्टि लायो ।
थुम्का चुचुरातिर खुब च्यायो ।।
देखेछ उषा ! विचरी अकेली ।
रजनी मुुस्कान कति उज्याली ।।

प्रभात हेर्दैछ अझै ठम्याई ।
जाँदैछ मास्तिर कदम्् बढाई ।।
उषा नजिकै पुगिटक्क रोकियो ।
बोलौं बोलौं के ? अब झन्् कठिन्् भो ।।

मस्कि उषा ! देखि नव प्रभात ।
आश्चर्य मानि सकिएछ रात ।।
के सोध्नु खै ! मुस्किल बाणि रोकियो ।
काम्यो शरीर झन् अब सास लम्कियो ।।

तन्देरी आयो कुन आज यहाँ ।
देखेसरि लाग्दछ रात्री अन्त्यमा ।।
यहि सोचले केही अगाडी आई ।
सोधिन उषाले परदेशीलाई ।।

को हौ भन दाई कता हिंडेको ?।
झोला छ रातो खुकुरी भिरेको ।।
हराए कि गाई भेडा र बाख्रा ?।
खन्न तरुल हो कि कता हिंडेका ?।।

के नाउँ हो, घर भन लौ कता हो ?।
तन्देरी दाई ! सब नै बताउ ।।
सुनेर यी प्रश्न अगाडी आई ।
भन्छन्् प्रभात ! मोहिनी रुपलाई ।।

नाउ हो प्रभात गाउँ नेपाल पर्छ ।
सगरमाथा डिलमुनि घर््छ ।।
हिंड््छु शोषित् साथीसित मिलेर ।
हँसिया र घन््अनि झोला बोकेर ।।

छोडेर सम्बाद दुबै खडा भए ।
हराए जस्ता किन हो ! हुँदै गए ।।
काउकुती लागेसरी भो शरीर ।
धड््कन्छ मुटु मन आत्तिएर ।।

वाक्य पनि बनद भएर आयो ।
बादल कालो नभमा हरायो ।।
सुशुप्ति झैं आज मधुर मिलन्् भो ।
“कोहो ?” कोकिल््को सुरताल गुन्जियो ।।

झल्यास्स उषा हुन गैछ फेरी ।
मुसुक्क हासिन उसलाई हेरी ।।
फेरी उहि रुप बढयो तनाव ।
ढुुक््ढुकी गर्ने मुटु लौ कहाँ छ ?।।

बोलिन उषा “अरु भनन दाई ।
गुह्य खोल लौन अगाडी आई ।।
हँसिया र झोला किन चाहियो धन ?।
शोषित साथी कसरी भए भन ।।”

सुनेर प्रश्न सब यी उषको ।
प्रभात भनन् भावुक देखिदै गयो ।।
आत्मा मिले मिल्दछ मित्र भाव ।
ढुक््ढुकी गर्ने मुटुमा कता छ ?।।

हेर्छ उषतर्फ अझै गडेर ।
हल्लेछ आकृति पवन बढेर ।।
क्यै धैर्य धारण गरदै प्रभात ।
भन्छ इतिहास््अरु जो जति छ ।।

“हँसिया किसानको हतियार जान ।
मजदूरको घन जीवन समान ।।
दुबै मिलि शेखी हरे शोषकको ।
धेर्् देशमा मुक्ति आजादी मिल्यो ।।

झण्डा छ रातो उही चिन्ह हो यो ।
संकेत गर्छ परिवर्तनको ।।
सामन्त मासेर अगाडी बढ््छ ।
साम्राराज्यको फुर्ति सबै हरेर ।।

समान आर्थिक समान जात ।
स्वतंन्त्र धर्म मेटिने छुवाछुत ।।
खाने र बस्ने सबको समान ।
निशुल्क शिक्षा अनि स्वास्थ्य जान ।।

यति भए मानव सुखि बन्छ ।
झण्डा र घन््ले यहि अर्ति दिन्छ ।।
त्यै कामको लागि म त हिंडेको ।
तिमी पनि जाउँ संगै कसो हो ?।।

तिम्रो पनि नाउँ र गाउँ कुन हो ?।
कुन्् वर्गमा जन्म भयो कसो हो ?।।
प्रश्न सुनि मुख मलिन पारी ।
भन्छीन उषे बबैर आशु झारी ।।

गाउँ न ठाउँ त््नत जात नै छ ।
जन्म मेरो पाटीमहाँ भएछ ।।
आमा थिइँन्् को किन फ्याकिएछ ?।
पाल्ने पनि मरिसके अब त ।।

जान्दिन बढ््ता अरु के कुरा हुन्् ।
रात्रीमाहाँ बालक फ्याकिदैछन्् ।।
पाल्ने खेतालो कुन हो काहाँ को ?
नाउँ उषा राखी छोडेर गैगो ।।

सुक्क संगै दुखि बनि कठैबरी ।
तिखो सियो मुटुविषे बिझेसरी ।।

उषा ! अनुहार निशा ! बनेछ ।
प्रभात बोल्यो अलि धैर्य देर ।।

उषा नरोउ मुटु हल्लिनेछ ।
नारी प्रतिभा चुही सकिने छ ।।
हकलिन लड््नुछ कस पटुकी ।
सम्पूर्ण नारी संघमा बटुली ।।

दिदी बहिनी सबलाई डाक ।
सामन्ती घुम्टो झिक च्यात फ्याँक।।
सम्पूर्ण छात्राहरु साथ लेउ ।
उठाउ आमा ! पुग छेउ छेउ ।।

वर्गीय दुश्मन चिन औ लखेट ।
मागेर हक लिन अति कठिन छ ।।
जनबादको घुम्ति कटेर मात्र ।
महिलाको मुक्ति अनि मात्र मिल्छ ।।

किसान मजदूर सबछेउ जाउ ।
जमात बुध्दिजीविको बनाउ ।।
शसस्त्र टोली पनि ठीक्कपार ।
म बस्छु किसान बिच संघ बनेर ।।

यति भनि मौन भयो प्रभात ।
दुबैहिंडे झट्ट मिलाई हात ।।
स्वागत्् गरे झाडी बुटा नुुहेर ।
हाँसेछ हिमाल खुशी भएर ।।

मन मुटु बिच झ्वास्स किन हो झस्किएको ।
मधुर मिलन यस्तो केगरी भो दुबैको ?।।
किन किन मनभित्र खुल्दुली चल्न थाल्यो ।
वरपर परिबेशमा ”इन्ल्काव“ सुनियो ।।

गणेश शर्मा, जोरपाटी काठमाण्डौ

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in खण्ड-काव्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.