कविता : पुरुषप्रधान समाजको अन्त्य !

~सुजन बुढाथोकी ‘कान्छा’~

अधबैसे उमेरमै आफ्नु बुवाको
असमायिक निधन भएसङ्गै
उन्को जीवन,घर परिवार
अनि उन्को सिङ्गो सन्सार
शोक सन्तप्त भावबिह्वल छ ऐले ।

छोराहरु थिएनन
केवल छोरिहरु थिए

म आज यो अन्दाज गर्न सक्दिन कि
मान्छे मर्दा नुन छाड्ने कानुन
कुन देसको राजकुमारले बनाएको हो
कुन देसको सरकारले बनाएको हो?
म आज यो अन्दाज गर्ने सक्दिन
कि आफ्नु पिता मर्दा
छोराले मात्र बगरको चितामा
दाहसस्कार गरेर
घर गएर १३ दिनको श्राद्द गर्ने
सस्कार कुन समाजले वनाएको हो

खैर,आज आफ्नु बुवाको अन्तिम सस्कार
र काजकृया उनिहरुले नै गरे
एक्साथ हो उनिहरुले ।

उनी जेठि छोरी हुन
१५ बर्सको छिन र १० मा पड्दैछिन
र उ कान्छी
उमेर १२ कछ्या सातमा पड्दैछिन ।

आज अकास्मात,
उनिहरुको सन्सारमा रातको अन्धकार छाएको छ
आफ्नु बुवाको निधनसङ्गै ऐले सिङ्गो परिवार
शोक सन्तप्त छ।

मैले यो पनि खबर थहा पाए कि
किताब पढेर,पुजापाठ सकेर
घर फर्किरहेको पुजारिलाई
बिच सफरमा अधर छोपेर
आएका अग्यात डाकाहरुले
डर धम्की देखाउदै
आफ्नु औला उठाएर भने हरे कि,

“ओ!पुरोहित
हाम्रो समाजको दायरा बिपरित
हिन्दु परम्परा र बिधान बाहिर रहेर
के तैले महान काम गरिस?

यो समाचार सुनेर म ऐले
बारम्बार यो बिचार गरिरहेछु भगवान
आफ्नु अनुहार लुकाएर
बेकार सवाल गर्न आएका
ती अन्जान आध्मिहरु
जरुर धर्मका कुनै ठेकेदारहरु थिए
नाजायज आफ्नु कसुर ढाकछोप गर्न आएका
ती अपराधीहरु थिए
नत्र किन तिनिहरुले आफ्नु अनुहार छोपेर आएर
अनी उस्लाइ धम्क्याएर गए?
के उनिहरुको अनुहार
यो समाजको अघाडि देखाउन लायक थिएन?
स्वयम् म ऐले हेरिरहेछु
उनिहरुलाइ अनि सोधिरहेछु
अनि आगनमा आएर उनिहरुको बयान सुनिरहेछु
र मनमनै यो सोचिरहेछु
म ऐले उनिहरुलाइ
यो सोधिरहेछु कि !

छोरी किन तिमिहरुले यो मन्दिर
यो धर्म !
र यो समाजको बिधान बाहिर रहेर
यस्तो कर्म गर्यौ
किन तिमिहरुले छोरी भएर पनि
आफ्नै बुवाको काजकृया गर्यौ ?
तब उन्ले मेरो अनुहारमा हेरेर
जवाफ दिदै भनिन

दाइ ! आज उहाँ यो सन्सारमा नरहे पनि
मेरो स्वर्गीय बुवाको सपना साकार हुदैछ
मैले आज छोराले मान्छेले गर्ने काम
यसकारण गरेकी हु कि !
किनकी ,म सानू छदा
मलाइ पैले मेरो बुवाले भन्नू भएथ्यो कि

“नानी तिमी ठुली भएर जिवनमा
एउटा छोरो मान्छे जस्तै बन है”।

**********
झापामा घटित सत्यघटना ,यहाँ उनी पात्रको मनोबिग्यान आफ्नु पिताबाट प्रभाबित छ ।र यहाँ नारी पुरुषलाइ सामाजिक र ब्यहवहारिक दृस्टोकोणले समान रुपमा हेर्दै ,परिमार्जित सस्कार र परम्परा नचाहनेहरुलाइ धर्मको ढेकेदार या मुख छोपेर आएका अग्यात ब्यक्तिहरुलाइ समाजको खलपात्रको रुपमा चित्रण गर्न खोजिएको हो । र साथै यहाबाट यो पनि प्रमाठीत हुन्छ कि पुरुषप्रधान समाजको अन्त्य केवल नारिहरुले नै गर्न सक्दछ्न ।

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.