~सुजन बुढाथोकी ‘कान्छा’~
अस्लि जिन्दगी बाच्नलाइ यहाँ पहिचान,पर्खनुपर्छ
यति सुन्दर जिन्दगी बाचेर पनि चिहान,पर्खनुपर्छ
प्लेन छुटोस म बिदेस जान्न,आखामै हेरेर हासेको छु
कान्छा मैले पनि त उन्को मुहारमा,मुस्कान पर्खनुपर्छ
जसरी त्यो समयले समस्या सिर्जना गर्यो,हो त्यसैगरी
मान कुनैदिन त्यहि समयले गर्नेछ समधान,पर्खनुपर्छ
भोक लाग्दा गाउमा गरिबले चामलको भुस पर्खिए झै
हरेकबर्स यहाँ असारमा किसानले अनुदान,पर्खनुपर्छ
सबैको घर घरमा आउछ विभेद गर्दैन जो सरकार हैन
त्यो घाम हो जो सबैको लागी उदाउछबिहान,पर्खनुपर्छ
अस्लि जिन्दगी बाच्नलाइ यहाँ पहिचान,पर्खनुपर्छ
यति सुन्दर जिन्दगी बाचेर पनि चिहान,पर्खनुपर्छ
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )