~नरेश नाति~
देशकै छोरो बन्नलाई शिरै बाजी राख्नु पर्यो
विरहमा परीन आमा हजारौको आँशु झर्यो
मिठा मिठा सपनाहरु मनभरी साँच्दै गए
फर्कि आउने बाचा छाडी सधै भरी टाढा भए
कसको भर पर्ने होला सबै वाट आशा मर्यो
विरहमा परीन आमा हजारौको आँशु झर्यो
जीवन यहाँ हटियाको पशु भन्दा सस्तो भयो
मानवता र संवेदना कता तिर हराई गयो
मान्छे भित्र खै के पस्यो हृदयमा ढु्रङ्गा पर्यो
विरहमा परीन आमा हजारौको आँशु झर्यो
कन्याटार, पाँचथर
हाल : सेरिया, ब्रुनाई