~भूवन तामाङ~
मोर्गन एक मध्यमवर्गीय परिवारमा जन्मेको थियो । ऊ किशोरकालमै टुहुरो भएको थियो । उसले उच्चतहसम्मको शिक्षा हासिल गरे पनि बाबु आमाले जोडिदिएका जमिनमा अन्न र फलपूmल उब्जाएर जीवनयापन गर्दथ्यो । टुहुरा भएकाले उसको मनमा के–के तर्कनाहरु खेल्दथे । उसको मनमा अजिव–अजिव कल्पनाहरु आउँदथे । ऊ किताब पढ्नको सौखिन थियो । किताबहरुबाट उसले विभिन्न प्रेरणाका साथै दाउपेचका उपाय पनि पाउँदथ्यो ।
मोर्गनले विवाह ग¥यो । नानीहरु पनि जन्मिए । आप्mनो देशका सबैजसो मानिसहरुले जीवन बिमा गर्ने चलन भएकाले मोर्गनले पनि दुई बिमा कम्पनीमा जीवन बिमा ग¥यो । मोर्गनको घर खर्च बढ्दै गयो । श्रीमती पनि खर्चालु भएकीले मोर्गनलाई खर्च धान्न धौ–धौ पर्न थाल्यो ।
मोर्गन माछा मार्नमा पनि सौखिन थियो । एकदिन मोर्गन केही साथीहरु साथमा लिएर समुद्रमा माछा मार्न हिँड्यो । समुद्र किनारमा पुगेर माछा मार्न प्रयोग हुने बोट भाडामा लियो । मोर्गन साथीहरुसँग बोटमा समुद्रको निकै भित्री भागसम्म पुग्यो । धेरै माछा पाइने दुरीमा अडिएर माछा मार्ने जाल समुद्रमा हुत्याउन थाल्यो । उनीहरुले प्रसस्त माछा मारे । तैपनि माछा मार्ने धित नमरेको भनेर मोर्गनले धेरै माछा मार्ने इच्छा जनायो । मोर्गनका साथीहरु रमाउँदै माछा मार्न तल्लिन भए । मोर्गन भने समुद्रमा तैरँदै बोटबाट टाढा–टाढा पुग्यो । जब एउटा सार्कमाछाले मोर्गनलाई तर्साउन समुद्रमा उछाल मा¥यो तब मोर्गन समुद्रमा डुब्यो । तर, मोर्गन फेरि समुद्रको सतहमा आएन । घाम डुब्दासम्म मोर्गन समुद्रको सतहमा नआएपछि मोर्गन समुद्रमा डुब्यो या सार्कले खायो भन्ने निचोड निकाल्दै साथीहरु बोट लिएर वापस किनारमा आए ।
जब साथीहरु फर्केर समुद्र किनारतिर पुगे तब मोर्गन समुद्र सतहमा उत्रियो र चारतिर हे¥यो । छेवैमा एउटा पानीजहाज आइरहेको देख्यो । मोर्गनले टर्चलाईट बाल्दै जहाजको नाम पढ्यो । जहाजको नामले जहाज कहाँ जाँदैछ भन्ने ठ्म्यायो । मोर्गनले डुब्न लागेको बहाना गर्दै जीवन रक्षाका लागि सहायता माग्यो । जहाजका नाविकहरुले मोर्गनलाई उद्धार गरे ।
मोर्गनले समुद्रभित्र धेरैबेर जिवितै रहनलाई गोप्य रुपमा अक्सिजन बोकेको थियो । केही हजार डलर र परदेशमा चाहिने अत्यावश्यक चिज जीउमा बाँधेर बोकेको थियो । जीवन बचाइदिएको भन्दै मोर्गनले पानी जहाजका कर्मचारीहरुलाई केही डलर बक्सिस् दियो । मोर्गन चतु¥याईपूर्वक पानीजहाजमा बसेर परदेश पुग्यो । यता मोर्गन समुद्रमा हराएकाले खोज अभियान चालियो, तर खोज अभियानका बाबजुद मोर्गन भेटिएन । सरकारले मोर्गनको मृत्यु भएको प्रमाण पत्र मोर्गनको परिवारलाई थमायो ।
मोर्गनको श्रीमती र सन्तानहरुले मोर्गनको मृत्यु भएको प्रमाण पेश गर्दै बिमा कम्पनीहरुमा बिमा रकम दाबी गरे । बिमा कम्पनीहरुले पनि अनुसन्धान गर्दा मोर्गनको अत्तो पत्तो लागेन । अन्ततः मोर्गनको परिवारले बिमा रकम पाए । उनीहरुले आठ लाख डलर बिमावापतको रकम पाए । तर, बिमा कम्पनीहरुले मोर्गन जीवितै रहनसक्ने सम्भावनालाई भने त्यागेनन् ।
मोर्गनको श्रीमती र नानीहरु सामान्य जीवनमा फर्कन अभ्यास गर्दैै थिए । मोर्गन हराएको तीन वर्ष बितिसकेको थियो । यतिकैमा एक मध्यरातमा मोर्गनको श्रीमतीको सेल फोनमा मोर्गनको फोन आयो । श्रीमती चाहिँको होसहवासै उड्यो तर पनि सम्हाँलिई । श्रीमती घरमै एक्लै छे भन्ने निश्चित भएपछि मोर्गनले श्रीमतीसँग केही खासखुस कुरा गरिसिध्यायो ।
लामो समयसम्म पनि सामान्य व्यवहार गरेकाले बिमा कम्पनीहरुले मोर्गनको श्रीमतीलाई शंका गरेनन् । मोर्गनकी श्रीमतीले बिमाको आधा रकमले जमिन किनी र एउटा नयाँ घर पनि बनाई । दुईवर्ष पछि भने मोर्गनको श्रीमतीले दुई लाख डलर विदेश पठाएको बिमा कम्पनीहरुले पत्ता लगाए र अनुसन्धानको दायरा बढाए । रकम कसलाई गयो भनेर बैंकबाट आधिकारिक जानकारी पाउन सरकारबाट अनुमति प्राप्त गर्न प्रक्रिया गर्दागर्दै लामो समय बित्यो ।
कडा अनुसन्धानपछि विदेशस्थित मोर्गनले नै रकम पाएको पत्ता लाग्यो । मोर्गनको श्रीमतीको सेलफोन डिटेल अनुसन्धान गर्न सरकारी अनुमति पाउन पनि समय लाग्यो । मोर्गन जिवितै रहेको थाहा लाग्यो तर मोर्गनलाई स्वदेश ल्याउन भने सकिएन । बिमा कम्पनीहरुले बिमा रकम फिर्ता पाउन प्रक्रिया अघि बढाए, तर मोर्गनले आपूmले मुद्दा जित्ने दाबी गरेर बिमा कम्पनीहरुलाई तर्सायो ।
बिमा कम्पनीहरुले मोर्गनविरुद्ध मुद्दा त लगाए, तर कुन बिमा कम्पनीलाई पहिला रकम फिर्ता गर्नु पर्ने हो ? त्यसको पहिला छिनोफानो हुनुपर्छ भनेर मोर्गनले अड्डि कस्यो । रकम हामीले पहिला पाउनु पर्छ भनेर बिमा कम्पनीहरुबीच नै झगडा प¥यो र तीन वर्षसम्म समय लम्बियो । यति बेलासम्ममा पुनरबिमा कम्पनीहरुले पनि थाहा पाए र पुनरविमा कम्पनीहरुले मोर्गनको बिमा गर्ने कम्पनीहरुसँग बिमा रकम वापस माग्न थाले । अब बिमा कम्पनीहरुबीच नै कचिङ्गल प¥यो । मोर्गनबाट पैसा वापस ल्याएर पुनरबिमा कम्पनीहरुलाई बुझाउने बाचा गरे बिमा कम्पनीहरुले तर पुनरबिमा कम्पनीहरुले पर्खन नसक्ने भनेर मान्दै मानेनन् । यसरी झगडा बढ्दै गएर दश वर्ष नाघ्यो ।
मुद्दा मिल्ला मिल्ला जस्तो भयो तर पुनरविमा कम्पनीहरुले चक्रवृत्ति ब्याजसहित पैसा वापस मागे । मोर्गनको बिमा गर्ने बिमा कम्पनीहरुले हिसाब गर्दा मोर्गनको श्रीमतीलाई भुक्त्तानी गरिएभन्दा बढी रकम त ब्याजवापत नै पुनरबिमा कम्पनीहरुलाई तिर्नुपर्ने देखियो । मोर्गनलाई बिमा गर्ने कम्पनीहरुलाई दोब्बर, तेब्बर नोक्सानी हुने देखियो । अन्ततः बिमा कम्पनीहरुले मोर्गनलाई मृत नै माने र फेला पारिएको मोर्गन नक्कली मोर्गन भएको निर्णय गरे ।
आजभोलि मोर्गन विमाको पैसासहित आप्mनै ठाउँमा फर्केको छ । छोराछोरीलाई विश्वको नामी विश्वविद्यालयमा उच्च शिक्षा हाँसिल गर्न विदेश पठाएको छ । मोर्गन भने आप्mनी श्रीमतीसँग नयाँ कारमा आपूm मरेको बिमाको रकमले सपिङ्ग गर्न महंगा सपिङ्गमल धाउँछ । पर्यटक बनेर डुल्न, घुम्न किस्कन्छ । आपूmले पढेका ती किताबका लेखकहरुलाई मोर्गन मनमनै धन्यवाद दिन्छ र अट्टहास गरेर हाँस्छ ।
(स्रोत : पूर्वान्चल दैनिक)