~गोपाल पौडेल “बसन्त”~
आँखाले रोजें मनले ताकें यो मेरो साथी हो
गुराँस फूल टिपेर दिउँला गजव सृष्टि हो
कल्पना भित्र उडेको उडै्य कुन ठाउँ पुगें छु
हिडेको बाटो विर्सेर मैले हिमाल छुएँ छु
हामीले वस्ने सफा छ तन्ना त्यसमा पल्टेको
अन्जुली भरी फूलको थुँगा दिनलाई टिपेका
प्रकृति आँफै सुन्दरी वनी हिमाल पुगी छ
झुल्केका घाम पिलिक्क हेर्छन् लाजले लुकी छ
बादल आफैं बुझेर कुरा छहारी बने छ
इन्द्रेनी बन्यो समस्त लक्ष्य लोक ता मख्खै छ
सहज भाव अजश्र श्रोत ढुक्कले पोखियो
समग्र मान्छे बगेको त्यहाँ अचम्म देखियो
सीमा र घेरा रहेन अहाँ स्वतन्त्र गजब
म वाक्क हुन्छ न दिक्क हुन्छ कल्पना स्वभाव
नौ रस छुटै अस्तित्व राखी वेग्लै नै वग्थे रे
सवैको योग संयोग त्यहाँ के भन्न खोज्दै थे
बुझिन्न भाषा वुझिन्न मान्छे अर्मूत सन्ध्या हो
के भन्न खोज्छ के गर्न खोज्छ न जान्नु मान्छे हो
हिउँको वर्षा वर्षदै गयो कल्पना पुरियो
प्रकृतिसँग के कुरा भयो म भन्नु सकियो
केही दिन पछि पग्लदै गयो हिउँको थुप्रो त्यो
आँखाले देखें मनले रोजें हिउँको नदी भो ।
(स्रोत : धनकुटा सन्देश – अंक ७, सेप्टेम्बर २००५)