कविता : म निर्वस्त्र : शान्ति केमा थापुँ ?

~नर्मदेश्वर प्रधान~

शान्ति अगाडि राखेर
तिनीहरूले भने,
‘राम्ररी थाप्नू
खस्ला… … ।’

शान्ति अगाडि राखेर
तिनीहरूले भने
‘लुकाउनू
चोरी होला… … ।’

शान्ति देखाएर
तिनीहरूले भने
‘जतनसँग राख्नू
हराउला… … ।’

जवाफमा मैले भनेँ-
‘म निर्वस्त्र,
म नांगो
तिमीहरूले दिएको शान्ति

के मा थापुँ ?
कहाँ लुकाउँ ?
कहाँ राखुँ ?’

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.