कविता : बीज

~सञ्जय बान्तवा~

यो चित्रमा
एक वृक्षले भन्यो –
हे ईश्वर! मलाई एउटा मात्र एउटा,
प्रत्येक समयमा बीज देऊ
म आफ्नो फेदमा धरतीलाई
रोमाञ्च दिनेछु।

प्रत्येक क्षण बद्लिहिंड्ने अन्तरिक्षको चित्रमा
अमोल कलाको रङ्ग दिनेछु,
मात्र मलाई मेरो एउटा बीज देऊ
मलाई धरतीको कोमल अङ्गमा
एक एकपल स्पर्शको भ्रूण अनुभव गर्नदेऊ।
मात्र बीज चाहन्छु म।

(शब्ददाह 2002 बाट) – अगस्त 2011

(स्रोत : रचनाकार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.