कविता : मान्छे र कविता

~तीर्थ गुरुङ~Tirtha Gurung

पहिल्यै,
निकट भूतमै कविताको ढोका ढक्ढक्याइसकेको हो ।
भावनाको संघारमै पदाक्षर गरेको हो ।
कृतिम बुद्धिले ।
र मलाई लघुमानव जस्तो बनाइदिएकै हो ।
हो, जब ‘डीप ब्लू’सँग पराजित भएको थियो
चेस च्याम्पियन गेरी क्यास्पारोभ ।
तब मैले चिन्ता गरेकै हुँ
महान् कविताहरूको भविष्यमाथि ।
मलाई अहिले फेस्बुके कविताको चिन्ता छैन ।
हाम्रा जस्ता औसत कविता त गुगलले लेखिदिन्छ ।
हामीले गर्ने ससाना काम रोबोटले गरे जस्तै ।
अहिले,
सोफियाको आकर्षक आगमन भएको छ ।
म उनलाई कुनै ‘बुलशिट’ मान्दिनँ ।
सोफियामा कृतिम कुशाग्र बुद्धि मात्र भए ठिकै हो ।
उनमा कृतिम उत्कट भावना पनि हुन सक्छ ।
यस्तो घडीमा
मलाई डर लागिरहेको छ,
कि सोफियाहरूलाई साउदी अरब दुख्नेछ ।
कि सोफियाहरूलाई सिरिया चह¥याउने छ ।
कि सोफियाहरूले अब्बल कविता लेख्न थाल्नेछन् ।
हो, ह्युमोनोइडहरू
हाम्रा भन्दा राम्रा सिर्जनाहरु गरिरहनेछन् ।
र हामी फगत तिनका दास हुनेछौं ।
मलाई आपैm विस्थापित विस्थापित लागिरहेको छ ।
म चाहन्न, प्रश्न जन्मियोस्,

कास्की, नेपाल
हाल : दोहा

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.