कविता : चन्द्रागिरी अबकोल्टे फेर

~निमानन्द रिजाल~

चन्द्रागिरी कठोर छ ।
रातलाई लम्बाई रहे छ ।
समताका सपनालाई चकनाचुर पार्दै ।
आफना महलहरु गनीरहे छ र
जनता होइन, मुठीभर लठैतहरुमा
रमिरहे छ ।
यसै संगै चन्द्रा गिरी पनि
लठी रहे छ ।
चुपचाप बिषालु सर्प पाली रहेछ
तिम्रो चन्द्रा गिरी मौन बसे छ।
अब चन्द्रा गिरी कोल्टे फेर्नु पर्छ ।
बिषालु सापलाई पाखा लाउनु पर्छ ।।
कहिले उग्र हुन्छ ।
बेमौसमी बाजा बजाउ छ ।
एकले
रक्तपातमात्रै बिकल्प सोच्छ ।
अर्काेले
आफना डमरु बजाई शक्ती छिन्न भिन्न पार्छ र
कार्यकर्ता हतोत्साही पार्छ ।
सिहंदरबार एकमात्र बिकल्प ठान्छ ।
चन्द्रगिरी टुलु टुलु हेरेर बस्छ ।
यसैले चन्द्रा गिरी पनि निर्दयी लाग्छ ।
यसैले चन्द्रगिरी बिउझाउन
इच्छुक तिम्रो खाचो तडकारो लाग्छ ।

इच्छुकको सम्झनामा निमा रिजाल २०७२

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.