~प्रभा पोखरेल ‘स्वेशा’~
उ चुपचाप उठेर हिडि। बढुवाको लागि कत्रो लुछाचुढि चलिरहेको थियो यो कार्यलयमा, कत्ति राजनिति अनि कति जिउजकार, पुकार गरिरहेकाथिए सबैजना आ-आफ्नो तौरतरिकाले, बुताले भ्याएसम्म। केहि महिनादेखि काम सकिएको घन्टौ यहि बसेर थप काम गरि-गरि देखाउनेहरुको पनि लाम लागेको थियो यहाँ। के उसलाइ पत्तो छैन यति कुरा कि यै बढुवाको लागि यहाँ मान्छेले मरिमेटेकाछन् ? अल्माले जब उसको नाम बढुवामा घोषढा गरिन्। श्वच्छ मन भएकाले मात्र बुझेकि यो जायज हो, एकदम सहि हो, उ नै लायक थिइ। बिषय ग्यान उचाइमा छ, बिचार उचाइमा छ।
उ अर्थात पारु आफ्नो काममा बहुत खटिने तर कुनै बढुवाको लोभमा हैन। सबै कुरा काट्न र एकअर्कामा धारे हात लगाउन ब्यस्त रहदा ऊ आफ्नो कामसँगै मित लगाइरहेकि हुन्थि। तब त उसलाइ नै माथि पुग्ने मौका दिनुपर्छ तर के उसले यत्रो घोषणा सभामा एक शब्द नबोलि मानिशले बनाएको रोबोटजस्तो सरक्क उठेर थपक्क हिड्नुपर्छ र? अल्मा पनि चित खाएकिथिइ कि यत्रो बढुवा घोषणा गरिदिदापनि उसको मुहारमा कुनै प्रतिकृया नै छैन। हुन त बिहानदेखि नै पारुको मुखबाट एकशब्दपनि सुनेकि थिइन अल्माले तर प्राय मौन रहेर काममा खट्ने पारुको त्यो कुनै अनौठो ब्यबहार थिएन। अल्मा सारा दिन उसकै अगाडि बोलि सुन्न नि बस्न भ्याउदिन नी। बोलिहोला नी। भन्नेले भन्न थाले “कुकुरलाइ घिउ नपचेको!” एकथरिले भ्न्न लागे, “जसलाइ केहि चाहिएकै छैन उसलाइ पोसेर के गर्नु, हामिलाइ दिएपो, हामिले पनि यतिका काम गरिदिएकै थियौ।” थरिथरिका कर्मचारी थरिथरिका गाइगुइ सुनिइरहे, छटपटि सुनिइरहे। “अल्मा नै उस्ति नी किन चै गर्नु परेको थियो त बढुवा नकचरि पारुलाइ? मलाइ गरेकोभए हुन्थ्यो। आर्हिस गर्नेहरु, आफ्नो पदोन्नति नपाएर खिस्रिएकाहरु खस्याकखुसुक गरिनैरहे।
कुरा थियो आज बिहानको जब पारुले आफ्नो पुरानो मोबाइल जुन उसले १० बर्ष अगाडि चलाउथि। यो कम्पनिमा घुसेदेखि उसलाइ कहिल्यै पछाडि फर्केर हेर्नु परेन। थोत्रा सामान थन्क्याउने यो कोठामा कहाँबाट आज उसको दिमाग पुगेर पुरानो एउटा डिब्बा खोतलिछ। थोत्रे मोबाइल भेटेर पुरानोसाथिसँग अचानक जम्काभेट भएजस्तो लागेर उसको मुखबाट एक्कासि निस्केको थियो। ” ओ माइ गुडनेस”! चार्जरपनि संगै रहेछ। खुल्न त खुल्छ यो मोबाइल? एकछिन तार जोडेपछि त ट्याङ- ट्याङ!! वाउ! खुल्यो। उसलाइ त बर्षौदेखि छुट्टिएको साथिसँग भेट भइ उहि पुरानो मित्रतामा रमाएको भान भयो। उफ्रिम- ऊफ्रिम लाग्यो। अङ्कमाल गर्दै सोध्न मन लाग्यो यत्तिका दिनसम्म कहाँ गायब भएको थिइस हँ? तर यो खुसि, यो चमक तबसम्म रह्यो जबसम्म उसले मोबाइलमा भरिएका गितहरु सुनिन। ‘पानी मिठो मेरो हजुर इलाम बजारको, माया मिठो मेरो हजुर त्यो मन भित्रको’। सुन्नासाथ पारु एकोहोरो भएर थचक्क मोबाइलको तारको छेउमा बसि। जति गित बज्दै गयो, शब्द-शब्दले उसलाइ प्रहार गर्दै गयो, लयले उसलाइ तानेर लग्यो अनि अनुहार फुस्रिदै गयो। त्यो हिउदका दिनहरु, झरनामा रुझ्ने ति दुइ शरिरहरु, बताशसँगै फुरफुर उड्ने उसको मन, त्यो मेरो मान्छे भन्दै टास्सिने छाति, मेरो आत्मा खै? मेरो हजुर खै? त्यो मन भित्रको माया खै? यो गित त हरदम राजले गाउथ्यो। म उसको आत्मा बोकेर बर्षौदेखि हिडिरहेको छु? उसलाइ उकुशमुकुश भयो, श्वासै बन्द होलाजस्तो।
पुराना दिनहरुमा फर्केर पुगि। हो, त्यो माइ खोलाको किनारमा बसेर तिमी र मैले एकअर्कामा हराउदै कसम खाएकाथियौ नी। तिमीले मेरो हातको एउटा औला छुदापनि मेरो शरिरमा उमङ्गको लहर चलेर छपक्क ढाक्थ्यो। तिम्रा नजरहरुले मलाइ हेरेरै तिमी काउकुति लगाउथ्यौ, मेरो नशामा भरिएको यो रातो रगत नशामा अट्न नसकि फुटेर निस्किन्थयो होला राज, तिमिले त्यो हिउदको न्यानो दिनमा मेरा ओठहरु चुसि-चुसि माया नपिएको भए। मैले हालेको अङ्गालोलाइ अझ नकसिदिएको भए अनि त्यो बालुवाका कणहरुमा तिम्रो र मेरो शरिरको बाफले नभिजाइदिएको भए। ती हातहरु खै? जसले मलाइ हरेक पाइला-पाइलामा साथ दिन्थे? हाम्रा सपनाहरु खै? जहाँ हामि दुइ मादल बजाउदै घुमि-घुमि नाच्थ्यौं अनि फेरि अब आधूनिक बाजाको पालो भन्दै गितारको छाति छामि-छामि ठुलो मिठास भरिएको हाँसो हाँस्दै गितले लय मिलाइ-मिलाइ त्यो कन्याम डाडै थर्काउथ्यौं। तिम्रो कसम खादै सुम्पेको मेरो आत्मा खै राज? भनन खै? कहाँ लग्यौ? अनि मेरो कसम खादै तिमिले सुम्पेको आफ्नो आत्मा मसँग छोडेर तिमी किन कहिल्यै आएनौ? राज! पारुको मुटु एकदमै जोडले धड्किन थाल्यो। राज!!! अचानक घर थर्किनेगरि पारु चिच्याइ, आशुको मुल फुटेका आखाहरु राता भैसकेका थिए। मैले तिम्रो लागि हरेक दिन, हरेक साझ मन्त्र जप्दै बसेको थिए राज। तिम्रो निमित्त मात्र तिम्रो निमित्त दिप जलाउदै हात जोडेको थिए। तिमी भन्थ्यौ भगवानले तिम्रो र मेरो जोडि बनाएको हो। भगवानले हामिलाइ एक बनाउछन्। खै तिम्रो भगवान जसलाइ मैले पनि बर्षौ पुजिरहे। खै राज, तिमी कहाँ छौ? उ बरबराइ बरबराइ अतितमा एक-एक डुलिरहि। हात पकड्दै उफ्रेका कान्ला-कान्ला फेरि नाग्दै। उ हाँसि खुब हाँसि तर हास्नेहरुको माझमा बसेर सार मिलाइ दिनको लागि। हरेक खुसिका दिनहरुमा उसको आत्मा चैं हराइरहेको हुन्थ्यो, छटपटाइरहेको हुन्थ्यो। अन्तरकुन्तरमा लुकेको उ भित्रको राजको आत्मा छटपटाइरहेको रहेछ तब त साँचो हाँसो कहिल्यै हाँस्न सकिन। हरेक सफलतामा किन मन खोलेर रमाउन सकिन? धिक्कार छ मेरो जिबन। पारु हराइ अतितमा, राजमा अनि पुरा हुन नसकेका हरेक इच्छा आकाङ्छया अनि कुडिएका आफ्नै अङ्गहरुमा।
मन, मुटु, आत्मा अनि शरिरले कपाइरह्यो पारुलाइ। यन्त्रवत् रुप धारण गरेकि पारु कतिबेला कार्यालय प्रबेश गरि, कतिबेला पदोन्नतिको त्यो कार्यक्रममा पुगि अनि कतिबेला चुपचाप उठेर हिडि। बिहान उठेर नित्य कर्म गरेजस्तो लाग्ने उसको यो एकनाशको एकोहोरो दिनचार्या उ भित्रको यन्त्रले पुरा गरिरहेकोथियो, उसले हैन। केहि मतलब छैन राज ,तिमीबिना यो मैले आर्जेको घर, पेशा, मेरो पद, मेरो पदोन्नति, मेरो बैङ्कमा थुप्रिएको त्यो भन्डारको। मेरो खोक्रो कैल्यै खुलेर नबाचेको शरिर र आत्माको अगाडि। कसले भन्यो प्रेमले प्राप्ति खोज्दैन राज कसले? कुन महान आत्माले? उसलाइ आत्मा एकजनालाइ सुम्पिएर खोक्रो शरिर अर्कोलाइ सुम्पिन भनिदेउ अनि भनुन कि प्राप्ति जरुरत छ कि छैन प्रेममा। झुट बोल्छ सन्सार, सन्सारको कुरा कहिल्यै नसुन्नु। नियतिले किन यसरि डस्यो हामिलाइ?
यति लेखेर पारु सरासर झ्यालमा चढ्छे अनि एकटकले तल हेर्छे। बढो आकर्षक लाग्छ उसलाइ त्यो सडक अनि चुच्चो परेर बसेको त्यहि सडकमा पल्टेको ढुङ्गा अनि त्यो सडक र यो झ्यालको दुरि। आखाँ चिम्लिन्छे। न निलिएको न ओकलिएको यो जिबनभन्दा त लमतन्न सडकमा पछारिइदिन्छु।
-प्रभा
Sydney, Australia
(स्रोत : रचनाकारको ब्लगबाट सभार)