~मालिकराम ‘वियोगी’~
त्यसबेला ऊ सानै थियो । गोठालाबाट आएपछि यसो खोलाखाली चराको गुँड खोज्ने गथ्र्यो, ऊ । त्यसबेला चराको एउटामात्र गुँड भेटाउनु पनि साथीहरुको छेउमा शान र रवाफको कुरो थियो । एउटाभन्दा बढी चराको गुँड भेटाउनु र अझ बच्चासहितको गुँड भेटाउनु त झन गर्वको कुरो थियो ।
एक पटक उसले एउटा जुरे फिस्टाको गुँड भेटायो । ऊ साह्रै खुशी भयो । अझ फिस्टिनीले फुल पारेपछि त ऊ झन खुशी भयो । फुल पारिसकेपछि उसको मनमा अपराधले बास बस्यो । उसले सोच्यो, फिस्टिनी ओथारो बस्ने बेला उसको प्राण लिनु सजिलो हुने छ । फिस्टिनीले ओथारो बस्न शुरु गरेपछि उसले हत्याको योजना बनाउन थाल्यो । बल्ल उसको त्यो दिन आयो ।
त्यसदिन गोधुलीसाँझ परिसकेको थियो । बाछापाँडा लगायो, गाईवस्तुलाई घाँस हाल्यो अनि विस्तारै एउटा हत्याइच्छा लिएर ऊ खोलातिर लाग्यो जहाँ फिस्टिनीले आफ्नो गुँडलाई तताइरहेकी थिई । अन्धकारले निकै गाँजिसकेको थियो । मान्छे चिन्न पनि निकै गाह्रो पथ्र्यो । अन्धकारकै कारण एक तमासको डर र त्रास उसको मनमा आइरहेको थियो । यस्तो लाग्थ्यो कि कुनबेला कुनै अत्भूत चिजले स्वात्तै निल्न सक्छ । ऊ अगाडि त निकै गहिरिएर हेथ्र्यो अझ पछाडि पनि बारम्बार हेरिरहन्थ्यो । अझ खोलोभित्र पसेपछि त झन डरमर्दो अन्धकार थियो । लाग्थ्यो, अब फिस्टिनीको होइन उसको काल आइरहेको छ । कालले उसको घाँटी निमोठी सक्यो । यस्तो डर र त्रासमा पनि ऊ अघि बढिरहेकै थियो । ‘जाबो एक मुठीको फिस्टिनी पक्रन पनि म यति विघ्न डारउनु पर्ने ?’ भनेर मनमा प्रश्न गथ्र्यो, ऊ । अन्धकारलाई वास्ता गर्दै, वेवास्ता गर्दै ऊ फिस्टिनीको गुँड छोप्न पुग्यो । दिनभरि तालिम गरेकैले मात्र त्यो गुँडमा हात पु¥याउन सफल भयो नत्र त्यो अन्धकारले ऊ असफल हुने थियो । विचरी फिस्टिनी एउटा निर्दयी, मानवताहीन मानवको नाममा दानवको हातले गुँडमै चेपिएर मर्ने तरखरमा थिई । कालको पनि महाकाल मान्छे भनाउदा अपराधीको हातमा परेको फिस्टिनीले के नै पो गर्न सक्थी र । उसले आत्मासमर्पण गरी । नगरोस् पनि कसरी र, उसको उम्कने विकल्पै थिएन । अब भने उसले अन्धकार, डर, त्रास सब भुलिसकेको थियो । त्यसबेला उसमा यस्तो अहम् बसेको थियो कि यो संसारमा ऊ जतिको शक्तिशाली कोही पनि छैनन् । यो संसार उसको हो, ऊ यो संसारको अधिपति हो । ऊ गजक्क फुलेर बाटो लाग्यो, लख्रक्क लख्रक्क ।
हातमा फिस्टिनी च्यापेरै ऊ घर आयो । घरमा त कसलाई देखाउनु थियो र उसको त्यो पुरुषार्थ ? ठूली बहिनी सानै थिई । फेरि, ऊ परी नारी । अलि शक्तिशालीलाई भए पो त्यो पुरुषार्थको कथा सुनाउनु ? बाबुलाई भनूँ भने आफैँलाई झपार्ने डर । ऊ आफ्नो पुरुषार्थ देखाउने विचारले बाहिरबाहिरै लाग्यो पारितिर जहाँ उसका दौँतेरीहरु थिए ।
त्यसबेला उनीहरुको चलनै थियो कि चराको गुँड जसले भेटाए पनि, गुँडबाट बच्चा ल्याए पनि या माउ मारे पनि एकअर्कालाई भन्ने या देखाउने । त्यसैकारणले ऊ कुमार दाइ र हर्के कान्छालाई आफ्नो पुरुषार्थ देखाउन पारि लाग्यो । उनीहरु त त्यति दंग परेनन् तैपनि ऊचाहिँ मख्खै परेको थियो । किनकि उसले सर्वप्रथम त्यो माउ चरा पक्रन सफल भएको थियो । त्यो पनि भुइँबाटै गुँडमा हात पु¥याउन सकिने भएकाले । तर कुमार दाइ र हर्के कान्छाले त फिस्टा होइन ढुकुरका बचेरा माउसहित कति पटक पक्रिसकेका थिए । अरु घुजुर्की, लाहाचे, रुपी, हलेसोका बच्चा पनि ल्याइसकेका थिए । त्यो जाबो एक मुठीको फिस्टिनी देखेर त होला उनीहरु कुनै उतेजित नै भएनन् । तर उसको निम्ति भने त्यो ठूलै कुरो थियो ।
उनीहरु खुशी नभएपछि अरु साथीहरु तल्ला घरका साहिंला र मेचे दुई दाइ, सीताराम, राजकुमार र सम्पूर्ण तीन भाइ, पूmलचन्द्र भानिज आदिलाई उसको खुशीको खबर सुनाउन र फिस्टिनी देखाउन ओरालो लाग्यो । उनीहरुमा भाइहरु र भान्जाले चाहिँ उसको त्यो कामको प्रशंसा गरे । तर दाइहरुले चाहिँ त्यति रुचि देखाएनन्, वास्त र प्रशंसा गरेनन् । यस्ता केही तीता केही मीठा प्रतिक्रियाले उसको उचाइमा पुगेको खुशी शिथिल हुँदै गयो । पारि तर्दाको असीम खुशी वारि तर्दा सिधिन लागेको थियो ।
तैपनि एक दुई दिन त गर्वले उसका खुट्टा भूूइँमै भएनन् । साथीहरु भेट्यो कि ऊ फिस्टिनी घटना बताइहाल्थ्यो । प्रशंगबस नचिनेलाई पनि घटनाको विवरण र आफ्नो पुरुषार्थ बताइहाल्थ्यो । त्यो घटनाले केही व्यक्तिलाई केही असर पारेजस्तै देखिन्थ्यो भने ऊ निकै खुशी हुन्थ्यो । तर धेरै जनालाई त कुनै प्रभावै पारेको देखिन्दैनथ्यो जसले गर्दा ऊ खिन्न देखिन्थ्यो । एक दुई दिन ऊ गर्व र घमण्डले फुले पनि अन्त्यमा ऊ पश्चाता र अपराधबोधले थिचिन्दै गयो । आत्माग्लानी र प्रायश्चितमा पर्दै गयो । ऊ मर्माहत र विक्षिप्त बन्दै गयो । कारण थियो फिस्टाको वेदना र चित्कार । प्रलाप र रोदन ।
फिस्टिनी हत्याको केही समयसम्म त उसलाई केही वास्ता भएन अर्थात चासो भएन । तर केही समयपछिको फिस्टाको वेदना, रोदन र प्रलाप सुनेर त उसलाई प्रायश्चितले मर्माहत भयो । फिस्टा (फिस्टिनीको लोग्ने या भाले) रुएर वनै, खोलै थर्कन्थ्यो । घरि गुँडको नजिकै गएर, घरि पल्लो रुखमा गएर, घरि वल्लो रुखमा बसेर, घरि माथि माथि उडेर स्वरै फाट्नेगरि, स्वरै सुक्नेगरि, कानै खानेगरि, गराइरन्थ्यो, रोइरहन्थ्यो, चिच्याइरहन्थ्यो, ऊ । ऊ घरि घरि त गुँड भएको ठाउँमा टाँसिएर यताउति हेथ्र्यो, अलिक नजिकैका हाँगा र बिरुवामा बसेर उसकी फिस्टिनीलाई खोजिरहन्थ्यो । कतै नपाएपछि उसैगरि रुने, कराउने, चिच्याउने गथ्र्यो । त्यसदिन ऊ दिनभरि कराउँथ्यो । त्यो फिस्टा रोएको, कराएको, चिच्याएको उसले सुनिरहन्थ्यो, हेरिरहन्थ्यो । मन खिन्न र तीतो बनाएर ऊ गाईवस्तु गोठ लान्थ्यो । पश्चातापले आफैँ मुर्मुरिन्थ्यो । आत्माग्लानी र अपराधबोधले पिल्सिन्थ्यो । गाईगोरु चराउन भोलिपल्ट डाँडा पु¥याउँदा पनि ऊ (फिस्टा) त्यसरी नै कराइरहेको हुन्थ्यो जसरी पहिलो दिन कराइरहेको हुन्थ्यो । घरि कहाँ, घरि रुखमा, घरि गुँड छेउमा गएर ऊ दुई महिना जति त्यसरी नै रोइरह्यो, कराइरह्यो, चिच्याइरह्यो । त्यसपछि उसले अलिक रुने, कराउने कम ग¥यो । घरि घरि त पहिलाजस्तै कोकोहोलो मच्चाएर रुन्थ्यो, कराउथ्यो । हो, त्यो त्यसपछि सानै स्वरमा रुनु होइन कराउनु थाल्यो ।
त्यसपछिचाहिँ उसको मन पनि शान्त भयो । साधारण र सहज बन्यो । नत्र भने फिस्टाको भन्दा उसको मन बढी रोयो । फिस्टाले रोएर उसको वेदना, व्यथा सहन सक्यो तर उसले त्यो वेदना, चित्कार र प्रलापलाई सुन्न सकेन, सहन सकेन । बरु पश्चाताप र प्रायश्चितले मुर्छा मुर्छा प¥यो । हो, उसले आफ्नो विवेक हीनतालाई धिकार्नुबाहेक अर्को विकल्प पनि त थिएन । ऊ छटपटाउनु छटपटायो, निचोरिनु निचोरियो । ऊ नुनबिनाको अलिनु तिहुनजस्तै भएर, निचोरेको सुन्तोलाजस्तै निचोरिएर गोठाला गथ्र्यो । दुई तीन महिना जति त्यो फिस्टा त्यसरी रोएर लापता भयो । उसले निकै विचार ग¥यो, फिस्टालाई निकै खोज्यो कि ऊ त्यतै कतै बसिरहेको छ । कतै नकराई उडिरहेको छ, त्यतै कतै चारो खोज्दै छ । तर उसले फिस्टालाई कतै देखेन । कतै भेटेन । त्यस्तै एक वर्षपछि ऊ (फिस्टा) देखा प¥यो । अर्थात फेरि निस्कियो । ऊ पहिलाजस्तै वनै थर्काउनेगरि रुन, कराउन थाल्यो । अटुटरुपमा दिनभर रोइरहयो, कराइरह्यो । तर ऊ यसपालि पहिला जसरी एक महिना रोएन । दुई तीन दिन रोएपछि कहिलेकहीँ कराउने, कहिलकहीँ गाउने गर्न थाल्यो । पहिलाजस्तो गुँडमा गएर रुने पनि गरेन । ऊ रुखमाथि माथि नै करायो, गायो । यस्तै एक दुई महिना जति बसेर ऊ फेरि हरायो ।
यसरी ऊ दुई तीन वर्ष रोयो, करायो, गायो । तर तेस्रो वर्षपछि ऊ एक्लो थिएन । ऊसँग एउटी फिस्टिनी पनि थिई । सायद उसले अर्को बिहे गरेर त्यो फिस्टिनी ल्याएको थियो । फिस्टिनी ल्याए पनि उनीहरुले गुँड लाएनन् । बच्चा बनाएनन् । सायद उनीहरुलाई लाग्यो होला उसले फेरि उनीहरुको हत्या गर्ने छ र गुँड भत्काइ दिने छ । उनीहरुको सुमधुर सम्बन्ध टुटाइ दिने छ । उनीहरुको अविछिन्न प्रेम छुटाइ दिनेछ । उनीहरुको असीम प्यार टुक्र्याइ दिनेछ ।
त्यसैले होला ऊ आफैँलाई धिकार्दै बोल्यो, ‘थुइक्क तेरो बुद्धि, त्यो नाथे एक मुठी फिस्टिनीलाई मारेर न अघाउन्जेल खान पाइस् न सन्तोषले नै बाँच्न सकिस् । न उसको मासुले कुनै महत्वपूर्ण र चमत्कारकारिक काम ग¥यो, न त्यसलाई बेचेर धन कमाउन सकियो । एउटा दुधे आन्द्रा अघाउन नसक्ने एक फिर्कोे मासुले आज तेरो मन यति साह्रो रोइरहे छ, छाती यति साह्रो जलिरहेछ कि त्यो वर्णन गर्नै सकिन्दैन । तेरो यो विवेकहीनताले म त छटपटाउँदै, पिल्सिँदै बाँच्नु परेको छ, उता फिस्टाको के हाल भएको छ सोच्नसम्म पनि सकिन्दैन । आजैको दिनदेखि म यो प्रण गर्छु कि म कहिल्यै पशुपञ्छी बध गर्दिनँ या कुनै काटमार गर्दिनँ ।’
खेटाङ, दिक्तेल— ५ डाँडागाउँ