~छविकिरण वली~
१) परिचय
नेपाल भौगोलिक विविधता भएको देश हो । यहाँ विविध जातजाति, भाषाभाषी, वेशभूूषा र धर्म संस्कृति भएका मानिसहरुको बसोबास रहेको छ । ती जातजातिअनुसार आआफ्नै प्रकारका वेशभूूषा, धर्मसंस्कृति र लोकसाहित्य छ । लोकसाहित्यका विधाहरू लोकनाटक, लोककथा, लोकगाथा, गाउँखाने कथा, उखान, टुुक्का, लोककविता र लोकगीत हुुन् । लोकगीतका प्रकारहरुमध्ये ख्याली र झुुमुुरा पनि एक हुुन् । यस आलेखमा मध्यपश्चिम सल्यानमा लोपोन्मुुख अवस्थामा रहेका ख्याली र झुुमुरा लोकगीतलाई विश्लेषणका लागि विषयवस्तुु बनाइएको छ ।
ख्याली र झुुमुुरा गीत नेपाली लोकगीतका सदाबहार (मृत्युु संस्कारबाहेक) गीत अन्तर्गत पर्दछन् । ख्यालीझुुमुुरा गीत ख्यालख्याल अर्थात् हाँसखेल गर्दै गाइने र नृत्य गरिने भएकाले ख्याली र झुुमुुरा भनिएको हुुनुुपर्छ । ख्याली र झुुमुुरा दुुई भिन्नभिन्नै अर्थ लाग्ने शब्द हुुन् । ख्याली र झुुमुुरा शब्दको अर्थ खोजी गर्दै जाँदा खेल मूूल शब्दमा ई प्रत्यय लागेर खेली बनेको पाइन्छ । बृहत् नेपाली शब्दकोश पृ ३१४ मा ख्यालीको शाब्दिक अर्थ (१) विशेष चाडपर्व वा पूजाआजामा खैँजडी मुुजुुरा आदि बजाउँदै गाइने लोकगीत, चुुड्का (२) तन्नेरी र तरुनीहरू जम्मा भै गाइने एक प्रकारको जुुहारी (३) खुुब ख्यालठट्टा गर्ने स्वभावको ठट्टेउलो गीत भन्ने गरेको पाइन्छ । झुुमुुरा शब्दको शाब्दिक अर्थ खोजी गर्दा झुुम्का (हिन्दी शब्द) हुुन्छ । नेपालीमा भन्नुुपर्दा रुमाल आदिलाई सुुन्दर बनाउन प्रयोग गरिने एक प्रकारको बुुट्टा अर्थात् झुुमुुर्का हुुन्छ । थारू भाषाका लोकगीतमा झुुम्रा भन्ने शब्द उच्चारण गरेको पाइन्छ । तिनै झुुमुुर्का र झुुम्रा शब्दको अपभ्रंशका रूपमा झुुमुुरा भएको हुुनुुपर्दछ । झुुमुुरा ख्याली गीतलाई विशेष रोचकता ल्याउन गाइन्छ । ख्याली र झुुमुुरा पूजाआजा, चाडपर्व, रोदीमा मानिसहरू जम्मा भै व्यक्त गरिने सरस र प्रेमपूूर्ण अभिव्यक्ति हुुन् । यी लोकगीत गाउन र नृत्य गर्न उमेरको सीमा हुुँदैन । रसरङ्गी जुुनसुुकै व्यक्ति सहभागी भै मनोरञ्जन लिन सक्छ । पूजाआजा, मन्दिर र रोदीमा गाइने गीतहरूको प्रकृतिमा भिन्नता छ । पूजाआजा र मन्दिरहरूमा गाइने राम, कृष्ण, शिवसँग सम्बन्धित भजनहरू भक्ति रसका पाइन्छ भने रोदीमा गाइने गीतहरूमा प्रेमप्रसङ्ग अर्थात् शृङ्गार रस पाइन्छ । यी भजन र गीतहरू समय परिस्थितिलाई हेरी छोटो वा लामो समयसम्म गाउने गरिन्छ ।
लेखक, विद्वान् र अनुुसन्धान कर्ताले नेपाली लोकगीतको चर्चा गर्ने क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आआफ्ना लेखरचना र कृतिमा एउटै लोकगीतलाई खेली, ख्याली, आँधिखोले भाका, रोइला, चुुड्का, लोइरो, तिनठ्याके आदि नामले चिनाएका छन् । ख्यालीलाई विषयवस्तुु बनाएर अध्ययन अनुसन्धान गर्ने विद्वान्हरू पूूर्वी क्षेत्रमा सीमित भै अनुुसन्धान गरेको पाइन्छ । मध्यपश्चिमको सल्यानमा दृष्टि पुर्याएको पाइँदैन । ख्याली लोकगीत र लोकनृत्य समुुदायमा लोकप्रिय हुुँदाहुुँदै पनि मध्यपश्चिमको सल्यानमा लोपोन्मुुख अवस्थामा छ । हामीले हेर्ने गरेको टेलिभिजन, लोकवार्ता सम्बन्धी कार्यपत्र र रेडियोमा गाइने र सुनिने गरेका ख्याली लोकगीतहरूमा र मध्यपश्चिमको सल्यानमा गाइने ख्याली गीतहरूमा केही भिन्नता छ । ख्याली गीत गाउन र नृत्य गर्न कुुनै निश्चित समुुदायभन्दा सबै समुुदायका व्यक्ति सहभागी हुुन सक्छन् । यहाँका ख्याली गीत शृङ्गारिक, हास्यव्यङ्ग्यमूलक र ठट्टेउला किसिमका हुुन्छन् । यी गीतमा बजाइने बाजाहरूमा माँदल, डम्फुु, खैजडी, मुुरली आदि हुन् । यी गीतमा नृत्य गर्दा चौबन्दी चोली, गुुन्युु वा धोती, पटुुका, शिरमा कपाले, घलेक र अन्य गहनाको पनि व्यवस्था मिलाएको हुुन्छ । यस नृत्यमा दुुई जना नर्तकी हुुन्छन् जसलाई मारुनी भनिन्छ । यसमा दुुई जनाले जोरमादल बजाएका हुुन्छन् ।
२) ख्याली र झुमुरा गीतहरु
क) मङ्गलाचरण
पूूर्व पश्चिम समेरौंला,
सरण तुुमरा स्याउली हमरा ।।
उत्तर दक्षिण समेरौंला,
सरण तुुमरा स्याउली हमरा ।।
तम्रै भयार समेरौंला,
सरण तुुमरा स्याउली हमरा ।।
कुुलदेउ लाई समेरौंला ,
सरण तुुमरा स्याउली हमरा ।।
तम्रै भया समेरौंला,
सरण तुुमरा स्यााउली हमरा ।।
सङ्गीसाथीलाई समेरौंला ,
सरण तुमरा स्याउली हमरा ।।
मादल पैजन समेरौंला,
सरण तुुमरा स्याउली हमरा ।।
नाच्ने थलि समैरौंला,
सरण तुुमरा स्यउली हमरा ।।
बिस्र्यो बिरायो समेरौंला,
सरण तुुमरा स्याउली हमरा आदि ।
ख ) ख्याली गीत
पूूर्बै बानौँ पश्चिम बानौँ चवौँ दिशा बानौला,
बानौला त बानौला सोह्रसय गोपिनीलाई बानौला,
माँनौला त माँनौला सोह्रसय गोपिनीलाई माँनौला,
पारिमा गंगा वारिमा गंगा, माँझै सरवर देबीयाको थान,
हर हर धरती माँता देवी जुुहारन जाउँ,
न मेरो माता न मेरो पिता, न मेरो कोई न कोई,
सम्पत्तिमा सबै दाजुुभाइ, विपत्तिमा कोई न कोई ।।
ग) झुुमुुरा गीत
शिरैको सिन्दुुर पैरी बाहिर निस्केउ मारुलै,
सबै लोक हेरौंला राम ।।
शिरैको सिन्दुुर मेरो रामैले लैया,
क्या हेरौंला बैगीको राम ।।
चाँदीको टिकुुली पैरी बाहिर निस्केउ मारुलै,
सबै लोक हेरौंला राम ।।
चाँदीको टिकुुली रामैले लैया,
क्या हेरौंला बैरागीको राम ।।
आँखीमा गाजलुु पैरी, बाहिर निस्केउ मारुलै,
सबै लोकले हेरौंला राम ।।
आँखिको गाजलुु रामैले लैया,
क्या हेरौंला बैरागीको राम ।।
घाँटीको हर्माला पैरी, बाहिर निस्केउ मारुले,
सबै लोकले हेरौंला राम ।।
घाँटीको हर्माला रामैले लैया,
क्या हेरौंला बैरागीको राम ।।
नाँकैको नथिया पैरी बाहिर निस्केउ मारुलै,
सबै लोकले हेरौला राम ।।
नाँकैको नथिया रामैले लैया,
क्या हेरौंला बैरागीको राम ।। आदि
घ) ठट्टेउली गीत
आँखीको गाजलुु झिकी लगाउ मेरी भाउजै,
लाउँदिन देवर बाबुु स्वामी घर छैनन्,
स्वामी आउलान् जलमा तैल,
आँखी गाजलुु झिकी लाउला देवर ।।
दिन्छेउ भने पाकेका उमी, चाहियन हरिया ,
आफुु त अनारी केटी, कुुरा छन् बरीया ।।
आफुु हिड्छेउ वारिवारि नजर लाउछेउ पारि ,
किन लाउछेउ नानी तिम्ले कटरसे पिरती ।।
३ ) निष्कर्ष
ख्याली र झुुमुुरा लोकगीतले आफ्नै प्रकारको मौलिकता बोकेका छन् । ख्याली र झुुमुुरा दुुई फरक लयका गीत हुुन् । यी गीत अत्यन्त मर्मस्पर्शी र लोकप्रिय हुुन्छन् । मन्दिर, पूजाआजामा गाइने लोकभजनमा भक्ति रस हुुन्छ भने रोदी, मेलापर्वमा गाइने गीतमा शृङ्गाररस हुुन्छ । पछिल्लो समयमा आएर नयाँ नयाँ प्रविधिको आगमन र आधुुनिकीकरणको प्रभावले लोकगीत र लोकसङ्गीतभित्र केही फेरबदल भएको अनुुभव हुुन्छ । मौलिक लोकगीत लोपोन्मुुख हुुने अवस्थातिर निरन्तर अघि बढेको पाइन्छ । यस्ता मौलिक लोकगीत र लोकबाजाको संरक्षणतिर सङ्गीतज्ञ र अध्येताहरूको ध्यानाकर्षण हुुनु आवश्यक छ ।
सन्दर्भ जानकारी
खुुमानन्द लामिछाने, खलुु जैसी, टोपबहादुुर वली र गजाधर वलीसँगको प्रत्यक्ष जानकारी ।
(स्रोत : आजको खबर)