बाल कथा : दुबै हातमा लड्डु

~विनय कसजू~

चकचके मुसा र्सप नचाउने मानिसको घरभित्र पस्यो । त्यहाँ उसले बाँसका धेरै टोकरी देख्यो । सबै टोकरीमा बिर्को लागेको थियो ।

टोकरीभित्र के खाने कुरा छ भनी जान्न चकचके उत्सुक भयो । उसले एउटा टोकरीको विर्कोमा प्वाल पार्‍यो र भित्र पस्यो ।

टोकरीभित्र र्सप थियो । भोकाएको र्सपले उसलाई एकै गाँस बनायो ।

“पेट पनि भरियो मुक्त पनि भइयो” भन्दै र्सप टोकरीबाट निस्केर दुलोभित्र पस्यो ।

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.