~एकु घिमिरे~
नेताज्यूको सुरुवालको इँजार हुन पाइयोस्
मन्त्रीज्यूको भेडा हेर्न, गाई दुहुन पाइयोस् ।
जता शक्ति, उतै भक्ति, के लाज –सरम ?
अपच भई कट्टु छेर्दा गोप्य धुन पाइयोस् ।
केही गरी सत्ताबाट भए पत्तासाफ
गोही आँशु झारी–झारी सँगै रुन पाइयोस् ।
उसको पालो सकिएछि’ हजुरकै हो पालो
चम्चेबाट बढुवा भई पुन्यु छुन पाइयोस् ।
जनता हैन प्रजालाई पित्तल बाँड्नुपर्छ
हजुर लग्नु हीरा–मोती, आफू सुन पाइयोस् ।
एकु घिमिरे
चैनपुर , सङ्खुवासभा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )