~कृष्ण गौतम~
विद्युतीय सञ्चार माध्यममा उत्तर आधुनिकताले चड्का प्रकटीकरण लिएको कुरा बोधगम्य हुँदै आएको छ । आजका पाठक, दर्शक एवं श्रोताहरू तिनै माध्यमबाट लोकसाहित्यलाई चिन्दै छन् । त्यसबाट मजा लिँदै छन्, त्यसको सन्देशलाई ग्रहण गर्दै छन् । गीत तथा सङ्गीतको विभिन्नरूपको जुन प्रचलन छ त्यसमा लोकगीतको पनि गणना हुन्छ । शास्त्रीय गीत, आधुनिक गीत, लोकगीत, पपगीत जस्ता विभिन्न प्रकारमा लोकगीतको समावेश स्वाभाविक छ । लोकगीत, लोकाख्यान, लोकनाटक, गाउँखाने कथा, उखान टुक्का, अड्को, पहेली लगायत लोकसाहित्यका विभिन्नरूपहरू विद्युतीय सञ्चार माध्यममा चढेर आफ्नो पहिचान दिँदै छन् । यान्त्रिक माध्यममा पुनरुत्पादित हुँदै लोकसाहित्य उत्तर आधुनिक संस्कृति उद्योग -कल्चर इन्डष्ट्री) को विकासमा सहयोगी भएको छ । विद्युतीय माध्यममा पर्ुनर्जन्म लिएर यो भोग्य वस्तुको रूपमा उत्तर आधुनिक दर्शक र श्रोताको उपभोक्ता समुदायलाई लोभ्याउँदै छ ।
पाश्चात्य परम्परामा लेखन -राइटिङ्गलाई बोली -स्पिचको भ्रष्टरूप मानिसको थियो । अभिव्यक्तिको मूलरूप बोली हो जसको अनुकृत र विकृतरूप लेखन हो भन्ने कुरामा रुसोका तर्कहरू प्रस्तुत भएका थिए । बोलीमा स्रष्टाको उपस्थिति -प्रेजेन्स) रहने भएकाले त्यो सत्य र विश्वसनीय ठनियो । उत्तर आधुनिकताले लेखकीय मृत्युको अवधारणालाई अनुमोदन दिएको हुँदा स्रष्टाको उपस्थिति तिरस्कृत भयो, अनुपस्थितिले स्थान लियो । उत्तर संरचनावाद अनुपस्थितिको दर्शनमा जोड दिन्छ । लोकसाहित्यका स्रष्टा अज्ञात रहने भएकाले उपस्थिति भेटिँदैन, अनुपस्थिति बोधगम्य हुन आउँछ । जसको जयगान भएको छ- उत्तरआधुनिकतामा । जुन लोकसाहित्यलाई हामी लोकमानसमा जीवित भेट्तथ्यौं त्यो आज विद्युतीय सञ्चारमाध्यममा सुरक्षित हुन थालेको छ । कम्प्युटर उत्तर आधुनिक ज्ञानकोषमा परिणत भएको छ जहाँ लोकसाहित्यलगायत मानवज्ञानराशि सञ्चित हुँदैछ, भएको छ । इमेल एवं इन्टरनेटहरूले ज्ञानराशिलाई प्रेषित गरिरहेछन् र मान्छेको मस्तिष्कलाई घच्घच्याइरहेछन् । डिकन्स्ट्रक्सनका प्रणेता डेरिडाले लेखनलाई प्रोत्साहित गरे । यान्त्रिक माध्यममा लिखित भएर अर्थात् अङ्कति भएर लोकसाहित्य आफूलाई अझ स्थायी बनाउँदो छ । लोकगीतका स्रष्टा अज्ञात रहे पनि स्वर दिने र गाउनेहरूले तिनलाई समय सापेक्ष पार्छन् र सहर्सजकको रूपमा आफूलाई उभ्याउँछन् । सङ्गीतको क्षेत्रमा स्वर दिने र गाउनेहरूले सम्मान पाएका छन् तर ती उपस्थित भएर एकत्वका, सफलवादका योजक नभई बहुलवादका प्रेरक छन् । स्रष्टाको एउटै गीत पनि भिन्न स्वर र भिन्न गायनमा प्रस्तुत हुँदा भिन्न आस्वाद उपलब्ध हुन गई लोकसङ्गीत बहुलवादी उत्तर आधुनिक परिभाषाको अनुकूलता हासिल गर्छ ।
उत्तर आधुनिकताले उच्च र निम्न संस्कृतिको, सम्भ्रान्त र लोकसंस्कृतिको अथवा जनसंस्कृतिको भेदलाई तोडियो, खुकुल्यायो । जसले गर्दा लोक संस्कृति प्रोत्साहित भयो । लोकसंस्कृतिको विस्तार र प्रसारमा लोकसाहित्यको भूमिका उल्लेख्य छ । अहिले उच्च साहित्य, संस्कृति, विचार र चिन्तनबाट लोकसाहित्य, लोकसंस्कृति, लोकविचार एवं लोक चिन्तनतर्फबुद्धिजीवी, साहित्यकार एवं लेखकहरूको रूचि बढिरहेछ । लोकसंस्कृति -मास कल्चर) को चर्चा परिचर्चा जसरी बढिरहेछ त्यसलाई हर्ेदा लोकसाहित्यको भविष्य उज्ज्वल छ । नेपालमै झयाउरेमा ‘मुनामदन’ लेख्ने देवकोटा झयाउरे कवि कहलाएका थिए । पण्डित कविहरूको जमातमा झयाउरेको आदर थिएन । आज हाम्रो रूचि आफ्नोपनातर्फ आफ्नो पहिचानतर्फगएको छ जसलाई लोकसाहित्यले खिरिल्याएर देखाउँछ । स्थानीयताको बोध तथा स्थानीय संस्कृतिको जानकारीमा उत्तर आधुनिकताले हामीलाई जागरूक बनाएको छ ।
उत्तर आधुनिकताले लोकसाहित्य र अभिजात साहित्य, गम्भीर साहित्य र जनसाहित्य, मौखिक र लिखित साहित्यको द्विचरविरोधमा प्रश्न चिन्ह लगायो । हुन पनि लिखित साहित्यमा झैं मौखिक साहित्यमा विधागत भिन्नता पाइन्छ । पात्र र तिनको चित्रणको विशेषता उपलब्ध हुन्छ, लोकाख्यानहरूमा कथानकलाई क्रमबद्धरूपले अगाडि बढाउँदै लैजाने लिखित साहित्यको जस्तो सीप पनि पाइन्छ । लोकसाहित्यबाट लिखित साहित्यको विकास भएको मान्नुमा केही तर्क छ, ऐतिहासिक सिलसिलाको विश्वसनीयता पनि छ । वर्तमान युगमा लिखित साहित्यका लागि लोकसाहित्यको आवश्यकता पर्दैन, लोकसाहित्य लेख्य साहित्यको दबाबबाट यसै मुक्त छ । बरु सहरीकरणले र उद्योगीकरणले लोककण् कृत्रिम हुँदै गएको छ र लोकसिर्जना पनि पहिलेको नैर्सर्गिक अवस्थाबाट विचलित हुन थालेको छ । लोकसाहित्यको स्रोत मानिने स्थानीय प्राकृतिकता नष्ट हुँदै जानाले हामी मानौँ र्स्वर्ग गुमाउँदै छौं र विकृत जीवन यापन गर्न बाध्य हुँदै छौं तर पनि आजको सहरी जीवनको जुन कृत्रिमता हो त्यसबाट मुक्त भएर सास फर्ेन मिल्ने ज्ञानको पछि कुनै अपेक्षाकृत सहज क्षेत्र छ भने त्यो लोकसाहित्य नै हो जसलाई श्रव्य दृश्य माध्यमहरूमा चढाएर हामी उत्तरआधुनिक कृत्रिमताका अंशियार भएका छौं । लोकजीवनको आधार लिएर सिर्जित भएको साहित्य लोकसाहित्य हो । लोकजीवनका मसिना मसिना कुराहरूलाई समेत भिëयाएर लोकसाहित्यले बोधको आयामलाई बढाउँछ । लोकसाहित्य उदार छ, बाँच, उठ र गर भन्ने सन्देश यसले दिन्छ । विभिन्न जाति, संस्कृति र समुदायलाई मान्यता दिने, सबै वृत्तमा फस्टाउने लोक साहित्य समाजको प्राण जस्तै छ । लोकसाहित्य नभएको समाज सायद संसारमै अपवाद मात्र होला । लोकसाहित्य नै त्यस्तो साहित्य हो जसले सभ्यताको उषःकालमा जनसमुदायलाई ज्ञान दियो, मनोरञ्जन दियो, आँसु र हाँसो बोकेर जीवनसङ्ग्राममा डट्ने प्रेरणा दियो । बाँच्नका लागि मद्दत गर्ने साधनमात्र नभई मनमा शक्ति, उत्साह र प्रमोद दिने यो अपर्ूव वस्तु भयो । जुन युगमा विज्ञानको आशर्ीवाद प्राप्त थिएन, जुन युगमा बुद्धिवाद शैशवमै थियो, जुन युगमा पाठय साहित्यतर्फपहँुच बढेको थिएन, जुन युगमा अपशकुन र अन्धविश्वासको प्रबलता थियो त्यस युगमा ज्ञानको ज्योति उपलब्ध गराउने कुनै चिज थियो भने त्यो लोकसाहित्य नै थियो । यो खुशीको कुरा हो कि अद्यतन युगमा अर्थात् उत्तर आधुनिक वा आधुनिकोत्तर युगमा लोकसाहित्य हाम्रा निम्ति प्रेरणाको वस्तु, ज्ञानको स्रोत, मनोरञ्जनको साधन भएकै छ ।
लोकसाहित्यतर्फअभिरुचि औपनिवेशिक युगमा नै जाग्यो तर यसले त्यस युगमा प्रोत्साहन पाएन । लोकलाई बुझनका लागि उपनिवेशवादीहरू लोकसाहित्यको अध्ययनतिर जिज्ञासा देखाउन थाले तर उनीहरूको जिज्ञासा लोकलाई बुझेर त्यसलाई दबाउनका लागि थियो । उपनिवेश युग र आधुनिक युगका बीच, उत्तर उपनिवेश युग र उत्तर आधुनिक यसगका बीच नजिकको साइनो छ । औपनिवेशिक युगमा आधुनिक युगमा, उच्च साहित्यले गम्भीर साहित्यले प्रोत्साहन पायो । आधुनिक साहित्यको पराकाष्ठ उच्चतम प्रयोगशील साहित्यमा गएर भयो । यता उत्तर औपनिवेशिक, उत्तर आधुनिक, आधुनिकोत्तर वा समसामयिक युगले जनसाहित्यलाई, लोकसाहित्यलाई, लोकसाहित्य प्रेरित लेखनलाई अथवा लोकसाहित्यवत् बहुग्राहृय रचनालाई उठउन कोशिस गर्यो । आधुनिक साहित्य नयाँ, अभिजात वर्गका लागि थियो, उत्तरआधुनिक साहित्य किञ्चित् जनताको नजिक जान खोज्यो । लोकसाहित्य त नितान्त जनताको साहित्य भएकाले यसको ग्रहणमा उत्तर आधुनिक चेष्टा हुनु स्वाभाविक छ ।
=