~एकादेशको गगनराज~
तिम्लाई ओल्लो किनार छोडी पारी जानेलाई।
थुक्क!भन्छु तिम्लाई माया मारी जानेलाई।
फुलले पनि सरापेको देखेको छु मैले
लाग्छ पाप कोपिला नै झारी जानेलाई।
नहोस कतै शान्त मन नहोस सुखी जीवन
तिम्रो जीवन घर् न घाट पारी जानेलाई।
देखाउ तिमी प्रगतीको खेती लहलह
पराईसँग हल गोरु नारी जानेलाई।
हुन्न ‘संगम’ कहिल्यै नि दुई किनारको
‘गगन’भन्छ वर्षा मेघ टारी जानेलाई।
एकादेशको गगनराज
गजलशिविर, राजधानी