व्यङ्ग्य कविता : आधुनिक भाइ

~राजकुमार बराल~

ए भाइ
तिमीलाई च्याब्रुङ्ग बजाउँन आउँछ ?
डेउडा नाँच्न ?
झ्याम्टा बजाउन? ढोलक ठोक्न नि ?
मारुनी नाँच्न ?
हाक्पारे गाँउन ?
दोहोरी बस्न ?
घाटु नाँच्न ?
डम्फू बजाउँन ?
रोदी बस्न ?
धान नाँच्न ?

चित्त नबुझेजस्तो हेरेर
भाइले भने—
“दाइ मलाई
साल्सा नाँच्न र
अर्केष्ट्रा बजाउन आउँछ ।”

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.