कविता : विडम्बना

~डम्बर पहाडी~

चारैतिर हरियाली
तुवाँलोले ढाकिसक्यो
डाँडा-काँडा, बन-पाखा
डढेलोले खाइसक्यो
वसन्तमा
रुखहरूले पनि
नयाँ पालुवा फेरी सके
तर !
कठै
पच्चिस वसन्त लाग्दा पनि
रनेको नाङ्गो आङले
कहिल्यै
पालुवा फेर्न सकेन ।

– ईलाम, नेपाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.