कविता : जङगबहादुरहरू

~स्वप्नील स्मृति~

त्यसो त दरबारमा-
धेरैपटक मरिसकेका हुन्छन् जङ् ग ब हा दु र ह रू ।

जङगबहादुरहरू
अस्पतालमा मर्छन् पटकपटक
बाँचुलाझैँ गर्छन् मृत्यूशैय्याहरू समेत
फेरि कहिल्यै मर्दैनन् अस्पतालमा बिरामीहरू ।

जङबहादुरहरू
अखबारमा मर्छन् दोस्रोपटक
आयु थपिए झैँ चम्चमाउँछन् पाठकका आँखाहरू ।

जङबहादुरहरू
इतिहासमा मर्छन् अन्तिमपटक
काला पन्नाहरु पल्टाएर कालखण्डहरू
छक्क पर्छन् विद्यार्थीहरू –
किन जन्मिरहन्छन् हँ नयाँ जङ् ग ब हा दु र ह रू ।

– पाँचथर स्याबरुम्बा,
हाल: ललितपुर, नेपाल

(कवि स्वप्नील स्मृतीको “रङ्गै रङ्गको भीर” कविता संग्रहबाट साभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.