कविता : म माटो बोल्दैछु

~बली सुब्बा ‘बसन्त’~

हो साथी,
म माटो बोल्दैछु
म धुलो हुँ – प्राण बोकेर कराउँदैछु
रमाउँदैछु रंगमंचमा सजिन पाउँदा
तर पालो पर्खँदेछु चिहाने डाँडामा

अन्त म चिहान बोल्दैछु
मसानहरू साथ लिएर
मेरो जिउँदो आत्मा क्रमश: प्रेत आत्मामा
बदलाएर मध्य दिनमा
हो मध्य दिनमा तर्साउन लागेकोछु ।

हो साथी,
म खरानी बोल्दैछु
उग्र इच्छा थुपारेर बगरमाथि
म नदीको किनार बोल्दैछु

नव-युग आभासको क्रान्ति बीज साथ लिएर
म बिस्फोट सजिँदैछु
म माटो बोल्दैछु

– सिक्किम, भारत

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.