~डा. विदुर चालिसे~
बल्लबल्ल चिठ्ठा परेकाहरूका अनुहारमा हेरिरहन्थेँ । चिठ्ठा बेचिरहेका तालुकदारहरूसँग दयाकाे भाव पनि देख्दिनथेँ । अाैसत सामर्थ्यका मानिसहरूलाई फुर्सद थिएन । जाेडजम्मा भएका भीडमा उभिएकाे मरन्च्यासे करायाे ।
–“गुटबन्दी मुर्दावाद !”
चर्काे प्रचारवाजीमा नारा चलिरहेकाे क्षण सबै अल मलमा थिए । बन्दी गुटका मानिसहरू अर्काे काेठामा चुपचाप चुराेटकाे धुँवामा कल्पना उडाइरहेका थिए ।
लाग्दथ्याे धुवाँकाे चर्काे लत र राजनीति गुटबन्दीकाे हद एकैसाथ लहरिरहेका थिए । तर बाेल्ने काे ? जस्ले बाेल्याे तेही चट ! चराहरू भए त उड्थे हाेलान बरू ती विचरा थिए । त्यसैले धुवाँसँग उड्नु र त्यसैमा कल्पना उडाउनु उनीहरूकाे खेती थियाे । धर्मचाहिँ बेग्लै पथकाे अाैरतसँग थियाे ।
–“मुसाजस्ता मानिसहरू माेटा थिए । बुध्दिचाहिँ छाेटा !”
अनन्त पथकाे अर्काे चर्काे गुटबन्दीकाे दासता थियाे । पथ ग्रहणकाे बेला नाम सरर्र अायाे । कुनै हाेस हवास विना टक्क उभएकाे शालिकजस्ताे मान्छे पाेजकाे थियाे ।
–मलाई हेपेकाे हाे ?”
चुपचाप ‘गणपति’ पिता समान थिए । उनकाे शालीन स्वभावका बीच उपपति बाहिर खुरूक्क निस्के । बिद्राेहकाे अागाेकाे झर्का छरिरहेका ज्यावलहरू अलमलमा परे ।
–“लाै अब सपथ ग्रहण गराैँ ।”
–“के काे सपथ ?”
–“पथकाे !”
–“कुन पथ ?”
–“हाम्राे पथ के !”
–“गुटबन्दीकाे सपथ गरिदैन, बरू गाेला बारूद बाेकिन्छ । यस्तालाई ठाेकिन्छ ।”
सन्नाटाकाे बीचमा खासखुस र अलमलकाे प्रभावका बीच सपथ फेरि राेकियाे । झगडा उडेर पद मिलानमा पुग्याे । त्यहाँ पुगेका बन्दी गुटका मानिसहरू चर्खा थापिरहेथे ।
–“हाम्राे अस्तित्व मेट्ने हाे ?”
हुँकारकाे डकारमा खास दम त छँदै थिएन, तर पनि अाजकलकाे राजनीति हाे टाउका गन्ती चाहिन्थ्याे । सहमतिमा पाउने भएर मिल्याे ।
सपथ ग्रहणकाे भव्यता बीच तरूनीहरूका अाँखामा गाजलहरू टल्केका थिए । याेध्दाहरूकाे निधारमा फुस्राे रगतकाे खत, बाँकी हावाहुरि, अाउरे बाउरे, च्याण्टे र चतुरेहरूकाे लस्करमा नायक उभिएर उनी भट्याइरहेथे ।
–“नेपाली क्रान्ति जिन्दावाद ! जिन्दावाद !!”
–“माैलिक क्रान्ति जिन्दावाद ! जिन्दावाद !!”
–“अारणीय सहिद लाल सलाम ! लाल सलाम !!”
गलाभरि माला र खादा बाेकेका मानिसहरू सडकमा छताछुल्ल हिंडिरहेथे, काेही वल्लाे किनारमा काेही पल्लाे किनारमा । तिनीहरूले लगाएका माला एवं खादा नै यस्ताे खास जातबाट बनेकाे थियाे कि अाग्रह, पूर्वाग्रह, विभेद, अारिस र अाक्राेसमा लट्किरहेका देखिन्थे । बाटाेमा तिनीहरू भेट्दथे तर अापसमा बाेल्दैन थिए । असल मानिसहरू चक्रपथमा घुमिरहेथे । उनीहरूलाई कुनै पथ, पद र मालाकाे चाह थिएन ।
–“मैले पनि अाज चक्रपथमा पथ ग्रहण गरेँ ! तर सपथचाहिँ गरिन ।”
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)