लघुकथा : भाग्यमानी जनावरहरु

~विनय कसजू~

चितवन राष्ट्रिय निकुंजबाट जंगलपत्र दैनिककोे सम्वाददाताले जंगलपत्रको कार्यालयमा समाचार पठायो । सिंहले एउटा हात्ती, एउटा बाघ, पाँच वटा गैँडा र केही मृग मारेको खबर रहेछ । समाचारसँग केही फोटो पनि थिए ।

जैविविक विविधता जोगाउने, खास गरी वन्यजन्तुको संरक्षणबारे चर्चा चलिरहेको हुँदा जंगलपत्रका सम्पादकले सो समाचारलाई मुखपृष्ठमा छाप्ने विचार गरे । उनले सिंहले मृगको मासु लुछिरहेको फोटो रोजे र ठूलाठूला अक्षरमा यस्तो शर्ीष्ाक लेखे ः “सिंहद्वारा पशुहरुको अन्धाधुन्द हत्या, जैविक विविधता खतरामा” ।

समाचार छाप्न प्रेसमा जानै लागेको थियो । जम्बु मन्त्रीको फोन आयो : “सम्पादकजी, सिंहले बनका जन्तुहरु मारेको समाचार मिलाएर छाप्नुहोला । नेपालको छवी नबिग्रियोस् ।”

भोलि पल्टको जंगलपत्रको मुखपृष्ठमा पाठकहरुले ठूलाठूला अक्षरमा यस्तो शर्ीष्ाकको समाचार देखे : “सिंहको अपार निगाहले केही भाग्यमानी पशुहरुको स्वर्गारोहण” । समाचारको शर्ीष्ाकमुन्तिर मृगहरुको बीचमा बसिरहेको सिंहको फोटो थियो । फोटोको परिचय -क्याप्सन) यस्तो थियो ः “प्रजावत्सल सिंहराजसँग राजभक्त मृगहरु रमाउँदै” ।

२०६० बैशाख २१ गते ।

(स्रोत : बुधबार साप्ताहिक, २०६० बैशाख ३१ गते प्रकाशित)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.