स्वदेश गान : भन भन भाइ हो

~अम्बर गुरुङ~

भन भन भाइ हो जय नेपाल
हाम्रै नै हो यो नेपाल
भज भज मंगल जय नेपाल
जन तन मनमा जय नेपाल
जन्मभूमि यो स्वर्गादपी यो
कर्मभूमि हो यो नेपाल
सररर सररर (कुरा बुझ वरपर)२
सररर२ (कुरा बुझ वरपर)२

तहस नहस छ ठाउँ ठहर
के घर बाँकी छ गाउँ शहर
अत्यासलाग्दो दिन प्रहर
मर्न र बाँच्न छैन ठहर
बुझ बुझ बन्धु के छ हाल
किन मिलेन हाम्रो यो ताल
हामी हौ कि त्यही नेपाली
हाम्रै हो कि यो नेपाल
सररर सररर (कुरा बुझ वरपर)२ सररर

देश नै ठूलो शिर उपर
सूर्य र चन्द्र झण्डा फरफर
बनाऊ विगारु सोच नेपाली
हाम्रै हातमा छ नेपाल
सुन सुन भाइ हो कस्तो यो काल
सम्हाल्छौ“ भन हामी नेपाल
सधैँ अटल छ महाकविको
सुन्दर शान्त विशाल नेपाल
भन भन भाइ हो

९ वैशाख २०६२
काठमाण्डौ, नेपाल

This entry was posted in स्वदेश गान and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.