कविता : बस्तिका घाम जुनहरु

~उमेश पराजुली~

हिजो आज बस्तिका घामहरु
पन्याइलो अनुहार लिएर
गाँउ बस्तिमा छरिएका छन्
घाम संगको मोह
धेरै टाढिएको छ
हिजो आज बस्तिका जुनहरु
पिल्पिले अनुहार लिएर
गाँउ वस्तिमा अस्ताएका छन्
जुन सँगको नाता
धेरै टाढिएको छ
हिजो आज घाम जुन भन्दा
हिजो आज उज्यालो प्रकाश भन्दा
सन्नाट अन्धकार प्यारो छ बस्तिमा
न कि त्यो सन्नाट अन्धकारमा
कोही त देखिदैन
केही त देखिदैन
न देखिन्छ
बाजहरुको हुल ।।

(स्रोत : धनकुटा सन्देश – अंक ७, सेप्टेम्बर २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.