कविता : तिमी

~भीष्म उप्रेती~Bhishma Upreti_1

म यहीँ छु
तर तिमी छैनौ ।

मैले निरन्तर माया गरेको
अगाध श्रद्धा गरेको
अनन्त तपस्या गरेको
तिमी,
मेरो स्वतन्त्रता
मेरो लक्ष्य
मेरो गन्तव्य
मेरो प्रतिबद्धता ।

म भने छु
तर तिमी छैनौ ।

तिमी बिना म कसरी छु ?
कसरी पूर्ण छु ?
कसरी ज्योतिर्मय छु ?

म पूर्ण हुन चाहन्छु
ज्योर्तिमय हुन चाहन्छु ।

म उठ्छु
अघि बढ्छु
लड्छु अवरोधहरूसँग


तिमी सहितको भइछाड्ने छु ।

शनिश्चरे, झापा
हालः काठमाडौं

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.