पुस्तक समीक्षा : नेपाली उपन्यासहरु सेतो धर्ती र पहेँलो घामको चिरफार

~निमानन्द रिजाल~

‘कुनै पनि देशको इतिहाँस,समाज बुझनको लागि त्यसबेला लेखीएका साहित्यले त्यस समयको त्यो देशको अबस्था बताई रहेको हून्छ ।’ (लियोलोन्थाल प्रकासित साहित्य,संस्कृति र समाज भन्ने किताब सन १९६२) यसर्थ साहित्यले समयको,सामाजिक परिबेश र सामाजिक चेतनाको उजागार गरिरहेको हुन्छ । यो अध्ययनमा दुइवटा उपन्यास विना पूर्वाग्रह छानीएका हुन र यी उपन्यासहरुले प्रतिनिधी उपन्यासको भुमीका निर्वाहा गरेका छन साथै यिनी उपन्यासहरुले यो युगको प्रतिनिीधित्व समेत गर्छन भन्ने आसा लिएको छु । यो समयमा गणलन्त्रात्मक नेपालको लागि सस्त्र संघर्ष गरीरहेको माओबादी आन्दोलनले अन्य पार्टीहरु संग कार्यगत एकता गरेको समय पनि थियो । यो बेला लेखिको उपन्यास नारायण वाग्लेको पल्पसा क्याफे , नारायण ढकालको प्रेतकल्प, कृष्ण धाराबासीको राधा, यूग पाठकको उर्गेनको घोडा, अमर न्यौपानेको सेतो धर्ती र बिष्णु भण्डारीको पहँेलो घाम केहि उपन्यासहरु हुन । अरु उपन्यासहरुको अवमुल्यन गर्न खोजीयको होइन । समयको अभाब र दृष्टिकोणको मुल्याकनमा सेतो धर्ती र पहेँलो घाम यी दुइ उपन्यास पर्न आए ।

बिश्लेषणका कसौटिहरु :

यो बिश्लेषणको आधारहरुमा (१) यी उपन्यासहरुले प्रतिनित्व गर्ने यूग (२) पात्र , चेतना र बर्ग ( ३) यी उपन्यासहरुले खोजेको सौन्र्दयता । मुख्यत मैले यी तिन कसौटीमा हालेर यी उपन्यासहरु लाई हेर्ने जमर्को गरेको छु । यी उपन्यासहरु लाई बिभिन्न समालोचकहरुले आ अफनो कसौटीमा जाँचेका होलान । यीनको निफनाइ गर्नखोजीएको छैन । यी उपन्यासहरुको लेखनका पलटहरुलाइ सारंसमा उतारीएको छ ।

क) सेतो धर्ती — अमर न्योपाने — २०६८

सेतो धर्तीले एक बालबिधुवा जुन आफनो कारणले नभइ अरुकारणले गर्दा जिवनभर सेतो लगाएर यौबनका आकांक्षहरुलाई दबाएर जिबन जिउदा बारंबार तीआकांक्षले गर्दा बिचारमा निखरता नआएको, बारंबार सपनामा यौन प्रति लालयीतहुने र आफुजस्तै बिधुवा भएकी महिला भागेर भारतमा पुगेर बेश्याभएर कामअनुसार नाम परिबर्तीत गर्दै पुन गंगेश्वरी भएर धार्मीक प्रबचन दिने गर्दछीन । बेस्याबृति गर्दापाएकी छोरी बिश्वबिद्यालयकी प्रोफेसर बनेको उल्लेख गरिएको छ । यीनका मुख्यपात्र तारा र पबित्राहुन । पबित्रा पछि प्रबेस गरेर पनि बेजोडदार पात्र बनेकी छन् ।

प्बित्रा ग्ांंगेश्वरी सम्म हुन उनले जिवनमा अनेक आरोह अबरोह भोगेकी छन पबित्रा छँदा बालबिधुवा हुन्छीन योगी संगभाग्छीन र यौन तृप्ती गर्छीन यसबाट उन्ले चाहेको रंगीन जिवन मिल्दैन भागेर गाउन र नाच्न थाल्छीन र मीरा बन्छीन । यस्बाट सन्तुस्ट नभएर आफनै बेश्यालय खोल्छीन र त्याहाबाट छानेर बेस्याबृती गर्छीन यसबेला उनी अभिसारीका बन्छीन । (यसैपनि रित्तिएर जाने बैस बेंचे ) बच्चा पेटमा आएपछि उनी वत्सल बन्छीन यसपछि उन्ले बेश्याबृति त्याग्छीन र नँयाठाउमा गएर घर किन्छीन । यति बेलासम्म धेरै पैसा कमाइ सकेकी हुन्छीन । छोरी १७ बर्षकी हुदा उनी ५३ बर्षकी हुन्छीन र त्यहीसमयमा बृन्दाबनमा गएर अर्को घर किनेर त्यही पुन आश्रमा आध्यात्मीक प्रबचन सुन्ने र धार्मीक किताबहरु पढने गर्छीन । यसै गर्दा गर्दै आश्रममा प्रबचन दिने भइन । यसैबेला नेपालबाट गएका गुरु संग भेटहुन्छ र देबघाटमा अन्तीम समय बिताउने हिसाबले देबघाटको आश्रममा आएकाी हुन्छीन । यहाँ प्रबचन दिने र बस्ने गर्दा एक बाल सखा संग उन्ले गरेको बृतान्त हो ।

युग चेतना :
सेतो धर्तीको लेखन नेपालमा जनआन्दोलन, जनयुद्यको युग थियो यस्को छनक उपन्यास भरी कतै पाइदैन । यो उनै पुरानै चेतनाबाट ग्रसीत र रोमन्टीसीज्मलाई सामाजिक परीबेसलाइ एकाकार मात्रै गरीएको छ । भोग र इश्वर दुबैमा आधारीत चेतना छ र युगको चेतनालाइ प्रतिनिधीत्व गर्न सक्दैन । साहित्यमा आउने युगिन चेतनाको सौन्दयर्ताबाट निकै कमजोर उपन्यास देखा पर्द छ ।

पात्र, चेतना र बर्ग :
यिनका पात्रहरु सामाजिक बेथितीका सिकार भएका छन् । यौन असन्तुष्टी ताराको जिबनको सपनानै बनेको छ । पबित्रा यौन तृप्तीलाइ इश्वरीय रुपदिइएको छ । लेखकको चेतना प्रस्ट झल्कीन्छ । बर्ग प्रेममा साहित्यले परिबर्तनको ऐतिहाँसिक खुटकिलासम्म बन्नसकेको छैन् व्यक्ती प्रधानता र ब्यक्तीगत स्वतन्त्रता नै मिठो मानिएको छ । आमस्वतन्त्रता लाइ तिलन्जली दिइएको छ । यसरी चेतनागतरुपमा हेर्दा साहित्य मनोरन्जनको लागिहो भन्ने बर्ग पुजिबादी, सामन्तहरुकै सेवामा तल्लीन देखिन्छ । यस्तो साहित्यले समाज रुपान्रणमा भूमिका विहिन रहन्छ ।

सील्पगत बिश्लेषणः
सील्प भन्दा बित्तिकै पात्रहरुकाृ सजिबता हो । पात्रहरु जिवनको तृप्तीको परिकल्पना र तृप्ती भएकाको विचको अन्तरदव्नद हो । यो द्वन्दनै यस्को सील्पगत पक्ष हो । पात्रहरु आफै बोल्छन र अन्तीम सम्मै तानी रह्न्छन । यसरी हेर्दा सेतो धर्ती सफल देखिन्छ ।

उपन्यासले खोजेको सौन्दयर्ता :
यौनकुन्ठाले निम्त्याएको अन्तरद्वन्दृम्ज्ञे । यो अन्तरद्वन्दले भौतिक तृप्ती चाहिन्छ भन्ने टुगोमा पुराएको छ यस्कैलागि गंगेश्वरीको प्रबेस हुन्छ । यो सौन्दर्यताको कसीमा १७ र १८औ सदिका यौनबादी सौन्दयर्ता भन्दा परपुग्न सकेन ।

भाषा सरल र मिठो छ । पात्रहरुले यस्तो आश्रमको जिन्दगी बिताइ रहेका छन् । आश्रम जाने क्रम बडदो छ । यो यर्थाथ हो । तर सिंगो उपन्यास परिबर्तीत सौन्दर्यबाट बिमुख छ ।

अमर न्यौपानेले युगको धारलाई बोक्नबाट पन्छीएर यथास्थीति र यौनबाटै पैसाकमाएर बढि मोक्ष प्राप्तहुन्छ भन्दै गर्दा आफुले प्रतिनिधित्व गर्ने बर्गप्रतिपनी इमान्दार देखिएनन् ।

ख) पहेंलो घाम —विष्णु भण्डारी —२०७२

विष्णु भण्डारी चिरपरिचीत साहित्यकार हुनुहुन्छ तर उहा“को उपन्यास विधाको पहिलो कृति हो । उत्सर्ग जस्तो महाकाव्य लेखेर,लेखनमा शक्तता, विचारमा दृढता प्रदर्शन गर्नुृ भएको लेखक हो ।

यो उपन्यास डोल्मा भन्ने केटीको जिवनको सेरो फेरोमा घुमिरहेको उपन्यास हो । जुन शाही सेनाले माओवादीको आरोप लगाएर आप्mना बाबा, हजुर आमा, को साया पछि भागेर माओवादी खोव्ज्दै हिंड्ने अबोध बालक पछि चितुवा जस्तै चाल र छलांगले एकै पटक ९ जना शाहि सेनालाई ढेर पार्ने छापामारको कथा हो ।

डोल्मा — शिवा बन्छे । जनयुद्धको एक कर्मठ योद्धा बन्छे । विभिन्न लडाइका मोर्चाहरुमा कुशलतापूर्वक लड्छे । जब जनयुद्ध शान्ति प्रकृयामा प्रवेश गर्दछ । जनमुक्ति सेनाहरु नेपाल सेनमा प्रवेश गर्ने सर्त हुन्छ र समायोजन नहुंदासम्म क्यान्टोनमेन्टमा बस्छन् । यहा“ समायोजनका प्रकृयामा शिवा अयोग्यमा पर्दछे । उ जस्तै झण्डै ५ हजार युवाहरु अयोग्य हुन्छन् । यी युवाहरुको अन्तर द्धन्दको कथा पनि यसमा समाविष्ट छ । यो अन्तर द्धन्दकै स्वरुप पार्टीका नेताहरु भ्रष्टीकिरण र वर्ग उत्थान तिर लागेका आक्रोशपूर्व आवाज संगै जनमुक्ति सेनाहरुको विजोग भएको अवस्था पनि यसमा चित्रित छ । शिवा सहित अयोग्य सेनाहरुका केही सदस्यह? रामसिं, सागर, पासांगले सृजनशील कृषि फारम खोल्छन् र त्यसमा व्यस्त हुन्छे शिवा ।

शिवालाई मन पराउने एक प्रवासी नेपाल सोध्न डकुमेन्ट्री बनाउन नेपाल आउंछ । सोहनको पनि आप्mनै कथा छ । जुन एक सहिदको छोरा हुन्छ । डोल्मासंग छंंदा एकै ठाउ“ सुत्ने, खाने समेत गरेका हुन्छन् । सोहनकी आमाले अमेरिकाबाट माओवादीलाई सगाई रहेकी हुन्छीन र डोल्मा शिवा बनेको समेत थाहा पाउंछिन । शिवाको बारंवार कुरा गर्छिन् र सोहनलाई शिवाकी दुलहीको रुपमा हेर्न चाहान्छीन् । यसै क्रममा उनको मृत्यु हुन्छ र सोहन शिवाको खोजीमा नेपाल आउंछ । रमिला नामकी केटीसंग भेट हुन्छ । यहि रमिलानै शिवा निस्कन्छे । दुबैका जादुमय प्रेम हुन्छ । विावाहको बन्धनमा बांधिन्छन् । सहिद पार्क निर्माण सकेर दुबैले त्यही निर्माण पार्कमा जिवनको संबन्ध स्थापित गर्दछन् ।

यूगचेतनाः
यस्मा यूगचेतना भेटिय पनि अधुरो छ । जस्तोकी शिवा बर्तमान परीस्थिति संग परिचित हुदाहूदै पनि बर्तमान परीस्थीतिलाइ समाना गर्ने चेतना नभइ ब्यक्तीगत आत्मा सन्तुष्टीतिर लालयित छन । मनोबैज्ञानिक रुपमा जन्ताको चेतनाको स्तरलाइ माथि उठाउने भुमिका शिवाले खेल्न सचेत हुदा हुदै उपन्यास यसरी चिप्लनछ जुन उठन गाहे समयको यूगचेतना हो । “ सदाको लागि जनमुक्ती सेना छोडने छे र गन्तब्यहीन यात्रामा निस्किनेछे”(पृष्ठ १३) यो सिंगो उपन्यासले युग चेतनालाइ ऐतीहाँसीकरुपमा बिश्लेशण गर्ने जमर्को गरेको भयतापनि तर युगमा आएको बस्तुगत अबस्थाको परीबर्तन संग पूर्णरुपमा चुकेको भेटीन्छ । एक क्रान्तीकारी योद्याको गन्तब्यहिन यात्रा हुन सक्दैन, यसरी उपन्यास युगको चेतना संग चिप्लीएको भेटिन्छ । जनयुद्ध पछि कार्यकर्तामा आएको निराशा, पार्टीले कार्यक्रम दिन नसक्ने,स्थानिय स्तरमा हुने बर्गसंघर्ष बाट बिमुख कार्यकर्ता, नेताहरुको वर्ग उत्थान भएको यथार्थलाई उजागर गरेको सुन्दर रचना हो ।

पात्र,चेतना र बर्ग
जनमुक्ती सेना भएकोले निम्न बर्गको प्रतिनिधीत्व र्गदछन् तर शान्ती प्रकृयामा प्रबेश गरेपछी कार्यकर्तामा आएको बिचलन यर्था हो तर शैद्यान्तिकरुपमा यस्को ब्याख्या र उपलब्धिको संरक्षण गर्नुर्पर्ने आबस्यकतामा कमजोर देखिन्छ । ‘जनयुद्यको महान बलिदान सत्ताको माखेसांग्लोमा बन्धक बन्दै छ ’(पृष्ठ २९३)। यो पात्र चेतनामा देखापरेको अपरीपक्वता हो । जनयुध्दका उपलब्धीहरु गणतन्त्र, समानुपातिकरुपमा सरकारमा प्रतिनिधित्व, संघात्मक र स्थानिय निकायमा सत्ताको प्रयोग, जन्ताले आफने निर्णय आफै र्गन सक्ने अधिकार प्रत्यायोजन जस्ता प्रगतिशिल पक्षहरुलाइ ओजेलमा पार्ने काम जान अन्जानमा यो उपन्यासमा भइरहेको भेटिन्छ । असन्तोषका स्वरहरुलाइ र्माग निदिष्ट भेटि दैन । माओबादी पार्टिमा देखा परेका टुट फुट र कार्यकर्ताको बिचलन पनि यस्तै निम्न पुजिबादि सोंचको उजागार हो ।

स्थानियस्तरका सत्ताहरुमा धावा र कव्जा, सोहीअनुरुपका स्थानिय नेतृत्वाको र्निमाण र पार्टिलाइ जन्तासंग अन्तर घुलन बनायर अगाडी बढ्ने र गन्तब्यको छलाँगको लागि तयार रहने बातबरणको निर्माणमा पात्रहरु कमजोर देखिमा लाग्दन्छन । सृजनसील कृिष फारम पनि जन्तासंग अन्तरघुलित छैन । बाध्यात्मकताको उपज लाग्छ । सामुहिकतामा सहजता भेटिदैन । जग लीजमा लिने र फारम चलाउने दैसमाजबादि चेतना उन्मुख भेटिदैन । शिवाले लिजको जमिन र स्थानिय जन्तासंगै सशकारी गर्दै उन्नत फारम निर्माणमा लाग्दै समाजबादि रुपान्तरणको झजल्को दिन सक्नु पर्दथ्यो , उपन्यास ब्यक्तीबादी बन्दै गयो र अमेरीकाको स्वपना बुन्न लाग्यो । चेतनाको हिसावले हतारको काम लतारोमा पर्नगयो ।

उपन्यासका पात्रहरु सजिव छन, उनीहरुका र्वातलाप पार्टि प्रतिको चिन्ता र सुन्दर मानव संसार र्निमाण गर्ने स्वपनाहरु साकार नभएकोमा चिन्तीत छन यस्तो हुंदा हुंदै पनि पात्रहरुमा जिवनशैली यर्थाथता झल्कीने बनाउन सकेको भेटिदैन । जवरजस्ती बकाएको जस्तो लाग्छ । लेखक आफैले कुनै उपन्यास नलेखी भाषण लेख्दै छन् की जस्तो छ । यो उपन्यास घटनाहरुको समायोजन सुन्दर ढंगले गरिएको छ । सबै पात्रहरु सचेत आप्mनो दृष्टिकोण प्रष्ट राख्छन् । जिवन चिनेका छन् । श्रम गर्न सक्छन् । साुहिकतामा बढि विश्वास गर्दछन् । सामुहिकता नै बल देख्छन् । यो पक्षनै यस्को उत्कृष्ट सुन्दरता हो । यो शैल्ीगत सुन्दरतामा जोड दिएको भए राम्रो हुने थियो । बैचारीकरुपमा बस्तुगत अवस्थाको बिश्लेषणमा कमजोर देखियता पनि युद्य पछि आएका बिचलनहरुको चिरफार गरेको शुन्दर पठनिय उपन्यास हो ।

अस्तु

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in पुस्तक समीक्षा and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.