गीत: याे जुनीमा

~अलका मल्ल~

म आ’काे थिएँ प्रिय तिमीलाई भेट गर्न
तिम्रा बाबा आउनु भाे लौरोले लखेट्न।

खोजेकोथेँ यी दुइ आँखामा अटाउन
खुसी बिदेश भिसा लागेको सुनाउन।

सुन्छु अचेल तिमी राेइ रहन्छ्यौ रे!
चियाको प्यालामा मुहार मेरै देख्छ्यौ रे !

सिन्दुर पोते अर्कैको सजाकी छ्यौ रे
बाबा आमाको संधै गुनासो गर्छ्यौ रे !

परिवारलाई आँखामा अटाउन्नौ रे
एकोहाेरिएर टाेलाइ रहन्छ्यौ रे !

यो जुनिमा भएनौ लौ प्रिय मेरो
अर्को जुनीलाई पक्का छ तिम्रो ।

आफुखुसी रमाउने इन्द्रेणीलाई नभन्नु
बर्सातका असिनालाई सुटुक्क सोध्नु ।

एक्लै रमाउने त्यो जुन पनि हैन नि
चम्किरहने ताराहरु साक्षी छन् नि ।

नपत्याए यो धर्तीमा औंँठा छाप लगाइ दिन्छु
खुल्ला आकाशमा हस्ताक्षर गरिदिन्छु ।

घुम्दै उड्ने त्यो बादललाई नसोध्नु
कसमहरू छातिमा महसुुस गरि हेर्नु ।

-कान्तिपथ, काठमाडौं

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.