~ ताराबाहादुर बुढाथोकी(पाख्रिबासे कान्छो)~
संखुवासभा अरुण उपत्यकाको उपहार हो । बरुण उपत्यका कौशिक ऋषिले तपस्या गरेको तपोभूमि कोशी सभ्यतामा किराँतहरुको आँत मिसिएर बनोको सभ्यतको क्रीडास्थल हो । एकतिर यस भूमिमा हिन्दु संस्कृतिका भाषा, भेष, धर्म, संस्कृति र कलाको समष्टि छताछुल्ल छ । मनकामना, शिद्वकाली, शिवधारा, रामबेनी, वानेश्वर, नागेश्वर लगायत सयौं देवीस्थान र देवालय शदियौंदेखि पुजिदै आउनु यसको ज्वलन्त नमूना हो । अर्कातिर किराँत भाषा, भेषभूषा, उत्पादन, नामाकरण, संस्कृति र कलाको समष्टि यहीँ छ । किराँत भाषामा वा को अर्थ पानी हुनु र सभा, पिलुवा हेवा संखुवा, आप्सुवा, इप्सुवा, पावा, सिसुवा, संखुवा जस्ता अनेकन खोलाको नामसँग वा जोडिनुले यसको पुष्टि गर्छ । अझ किराती भाषाको सुप्तुलुङ शब्दको नेपालीमा तीनवटा ढुंगा हुदै चुलो ढुंगाको अर्थ प्रवाह गर्ने सुप्तुलुग संस्कृति र मुन्धुम सृष्टिको पहिलो आवाज अर्थमा केराको पातको टुप्पो उभो फर्काएर स्त्री जननेन्द्रियको प्रतिक बनाउँदै पुरुष जनेन्द्रियको प्रतिक चिण्डोबाट वीर्यको प्रतिक जाँड छर्कदैं किँरात व्यवहार संस्कार चालाउने गरेको तथ्य यत्रतत्र देख्न पाइन्छ । तीन ढुंगा अर्थात सुप्तुलुङ लाई (१) जन्मदिने बाबु (२) जन्म दिने आमा र (३) सृष्टिकर्ता आमा मान्ने किराँत संस्कृतिबाट नै यतापट्टि तीनढुंगाको चुलो अर्थात ओदान सवै जातिले बनाउने प्रेरणा पाए ÷ ठूला ढुंगा भएको ठाउँको नाम अझै पनि लुङ जोडिएको पाइन्छ । हाङलालुङ, वालुङ, कुलुङ जस्ता प्रसिद्व ठाउँ र जातिको नाम नै लुङ जोडिएर बन्नुले किराँत सभ्यताको आँत कौशिक सभ्यताको शरीरभित्र अभिन्न भएर गाँसिएको प्रष्ट हुन्छ ।
वौद्व संस्कृति पनि हिमाली भोटे, शेर्पा, तामाङ र गुरुङ समुदायमा पाइनाले अहिले संखुवासभा र सेरोफेरो अरुण उपत्यका तीन संस्कृतिको सम्मिश्रण बन्न पुगेको छ । सैसिमा गुम्बा (याफू) लाई त बुद्विष्टहरुको साँग्रिला नै भन्दछन् । अनेकन गोम्बा, मठ, विहारहरु यहाँ बनेका छन् । लामा विधिबाट न्वारान, विवाह र अन्त्येष्ठी कर्म गर्ने परम्परा प्रसस्त देखिन्छ । तमु लोसार, सोनाम लोसार, ग्याल्बो लोसार दशै भन्दा बढि उत्सवका साथ सामूहिक ढंगबाट मनाइने परम्परा दिन प्रतिदिन बढ्दो छ । यसरी तीन महान् सभ्यता सम्मिश्रित भएर बनेको अरुण उपत्यका भित्र अनेकन आख्यान, उपाख्यान र किवदन्ती नहुने कुरो भएन । उत्पति, सञ्चालन बिकासका क्रममा एउटा सभ्यताभित्र अनेकन कहानीहरुले जन्म लिन्छन् । राजा, रजौटा, रानी, मन्त्री, सेनापति, सिपाही, शिकारी, देवता, देवी, जोगी, किसान, विद्यार्थी आदि अनेक पद र पेशाका मानवहरुले विगतमा खेलेका भूमिका, उनीहरुसँग सम्बन्धित घटनाहरु नै समकालीन पुस्ताले दोश्रो पुस्तालाई सुनाउँदा कथा, गाथा बन्न पुग्दछ । जीवनका आरोह अवरोह, प्रेम, घृणा, इष्र्या, इमान्दारी जस्ता अन्तरनिहित गुणहरु प्रदर्शन हुन्छन् र तिनका परिणाममा सकारात्मक र नकारात्मक प्रतिफल निस्कन्छन् । घटनाबाट क्रियाकलाप हुँदै परिणामसम्म पुग्दा सत्कर्म तर्फ लाग्न पे्ररित गर्ने सन्देश निस्कन्छन । यही प्रक्रियालाई मौखिक रुपमा भूतकालका अनेक पक्षका क्रियापदको प्रयोगद्वारा कथाको वाक्यीय संरचना बन्दछ । कथाहरु सामान्य भूत, अपूर्ण भूत, अज्ञात भूत, अभ्यस्त भूत र पूर्ण भूतकालीन क्रियापदहरु प्रसङ्गानुकुल मिलाएर भन्ने र सुन्ने गरिन्छ ।
सयौं कथाहरु आज पनि छापामा आउन सकेको छ्रैनन् यहाँ । आधुनिक सूचना प्रविधिको विकाससँगै सूचना, सञ्चार र मनोरंजनका अनेकन साधनको प्रयोगले कथा भन्ने र सुन्ने परम्पराहरु हराउँदै गएको अवस्था छ । यसरी सिंगो देश दुनियाँमा सभ्यताको महत्वपूर्ण अंङ्ग लोककथा सतीदेवीको अङ्ग खसेजस्तै वर्तमानबाट एकपछि अर्को लोप हुँदै जान लागेको स्थितिमा अरुण उपत्यका पृथक रहेने कुरै आउँदैन । नेपाली राष्ट्र भाषाहरुको विकास र विस्तारमा सर्वाधिक योगदान गरिरहेको नेपाल प्रज्ञा प्रतिष्ठानकै सहकार्यमा अरुण उपत्यकाको भूगोलमा मकालु साहित्य समाजले कथा विषयक कार्यशाला आयोजना गर्न पाउनु पूर्वी पहाडकै लागि महान् अवसर र गौरवको विषय हो । गणतन्त्र प्राप्ति पछिका समग्र नेपाली कथाका विशेषतालाई फरक ढंङ्गले केलाउन,समकालीन नेपालीकथाम पाइने गणतान्त्रिक चेतना र कथामा पुनर्जीवन प्रदान गर्ने हेतुले प्रस्तुत समकालीन नेपाली कथामा गणतान्त्रिक चेतना ः एक दृष्टिकोण विषयक कार्यपत्र प्रस्तुत गरिएको छ ।
उद्देश्यः– कार्यपत्रको अन्त्यमा सहभागीहरु,
क) गणतन्त्र पछिका नेपाली कथाका विशेषता केलाउन
(ख)समकालीन नेपाली कथामा गणतान्त्रिक चेतनाबारे बताउन र जीवनवादी कथा लेखन गर्न ।
ग) अरुण उपत्यकाको कथाको खोज र प्रकाशन गर्न । मा सक्षम हुनेछन्
औचित्यः–
१) मिश्रित सभ्यताका छायाँछविहरु वोकेका कथा र आआफ्नै विशेषता वोकेका कथा खुट्याउन आवश्यक भएकोले ।
२) अरुण उपत्यकामा यस पूर्व टापटिपे कथाका संग्रहहरु प्रकाशन भए पनि तिनको खोजमूलक अनुसन्धान नभएको ।
३) कथा विधातर्फ कलम चलाउने स्रष्टाहरु यस परिस्थितिमा कम हुँदै गएको र हाम्रो भुगोलमा स्रष्टा र द्रष्टा कथाकार जन्माउन आवश्यक भएको ।
४) गणतन्त्रकालीन नेपाली कथाका विशेषताहरुलाई एकहदसम्म फरक दृष्टिकोणबाट विश्लेषण गरी निष्कर्ष दिन जरुरी भएकाले ।
कथा परिचयः
अर्थः
संस्कृतको कथ् धातुमा अ प्रत्यय लागी कथ बनेपछि आ प्रत्यय जोडिएर कथा बन्दछ । कथाको शाब्दिक अर्थ भन्न्ो एउटा कला बुझाउँछ । यहि भन्ने कलाले हाम्रो अभूर्त विचार र भावलाई मानवीय तत्व, चरित्र, घटना आदिको योगबाट जीवनजस्तो रुप लिन्छ । समयको आयाममा विकशित भएर कुनै परिणाममा पुग्ने रोचक एवं मानव सापेक्ष गतिविधि नै कथा हो ।
परिभाषाः
पूर्वीय मतमा महाभारतले उल्लेख गरेको–
“सत्यम शिवम र सुन्दरम् अभिव्यक्त गर्ने आख्यान नै कथा हो ।”
पाश्चात्य मतमा म्याक्सिम गोर्कीको
“कथा भनेको मनुष्य जीवनको गति र अनुभूतिको सशक्त र उज्यालो पक्षको आस्थापूर्ण उद्घाटन हो” नेपाली विद्वानहरुको मतमा महाकवि देवकोटाको
“छाटो किस्सा एउटा आँखीझ्याल हो जहाँबाट एउटा सानो संसार चियाइन्छ ।यो एउटा संसार हो र महान संसार हो ।”
प्रतिनिधिमूलक रुपमा कार्यपत्रका आयामलाई ख्याल गरेर उपर्युक्त तीन परिभाषालाई राखियो । कथा समय सिमाको दृष्टिले बीस मिनेटमा पढिसकिने हुनुपर्ने र संरचनाको दृष्टिले घोडादौड जस्तो हुनुपर्ने कुरा बिद्वानहरुको मतमा पाइन्छ ।
कथाका तत्वहरु
कथाका तत्वहरुलाई हालसम्म वुँदागत रुपमा सरसरी प्रस्तुत गर्ने गरेको परम्परालाई प्रस्तुत कार्यपत्रमा अलग ढ्रगबाट राख्ने प्रयास गरिएको छ ।
कथामा रुप पक्ष र भाव पक्ष गरी दुई पक्ष हुन्छन् र रुप पक्ष अन्तर्गत भाषाशैली, दृष्टिविन्दु, परिवेश चित्रण, चरित्र चित्रणलाई राख्न सकिन्छ ।
भाव पक्ष अन्तर्गत कथा वस्तु, कथोपकथन, उद्देश्यलाई राख्न सकिन्छ ।
कुनै एक ठाउँ हुन्छ, त्यहाँ पात्र हुन्छ, एक समयमा घटना घट्छ, घटनाले पात्रमा नयाँ तरंङ्ग ल्याउँछ, क्रमवद्व बन्छन् घटनाहरु, संवाद पनि हुन्छन्, कौतुहलता जन्मन्छ, घटना उत्कर्षमा पुग्छ र सन्देश छाडेर घटना सकिन्छ वा घटना अरु घट्न बाँकी हुँदै परिणाममा पुगेर कथा समापन हुन्छ । पाठक वा श्रोताका मनमा अनेक भाव उठ्तै सेलाउँदै गर्छन । पात्रको आनीवानी भेषभूषाबाट कथाको संस्कृति र सभ्यताको प्रतिनिधित्व गर्छन । कथामा कहिले म पात्र प्रमुख बन्छ, कहिले उ पात्र । तिमी वा तपाई सम्वादमा मात्र प्रयोग हुन्छ । विम्ब प्रतिकको प्रयोग, सरल वा क्लीष्ट संश्लिष्ट वाक्य गठन, तत्सम, तद्भव आगन्तुक शब्दको चलखेल, उखान, तुक्का, आदिको प्रयोग जस्ता पक्ष र कथानकको सृङ्खलवद्वतालाई तारतम्यमा ढाल्ने शिल्प पक्ष आ–आफ्नै हुन्छन् । यसरी कथातत्वको संयोजन हुन्छ भनौं ।
कथाका प्रकारः
सन्देशका आधरमा नीति उपदेशमूलक, मनोरंजनमूलक, जानकारी मूलक र परिवर्तनमूलक गरी कथालाई चार प्रकारमा विभाजन गर्नु सान्दर्भिक हुन्छ । पात्रगत भाव प्रवाहको आधारमा सामाजिक र मनोवैज्ञानिक गरी दुई प्रकारमा विभाजन गर्दा ठीक हुन्छ । आयामका आधारमा लघु, मझौला र लामा गरी तीन प्रकरमा विभाजन गरिएको पाइन्छ । यही उचित छ । वोधगभ्यताका आधारमा सरल जटिल गरी दुई राख्नु पर्दछ ।
विषयवस्तुका आधारमा पौराणिक कथा, दन्त्य कथा, लोक कथा, जासुसी कथा ,(सामाजिक यथार्थवादी कथा, आदर्शोन्मुख यथार्थवादी) यथार्थवादी कथा गरी पाँच प्रकारमा विभाजन गर्नु सान्दर्भिक हुन्छ ।
युग विभाजनको आधरमा (१) लोक कथा (लोक कथा, दन्त्य कथा, परिकथा, पौराणिक कथा), (२) आधुनिक कथा (सवै प्रकारका व्यक्ति र समाजसँग जोडिएका कथा) गरी २ भागमा विभाजन गरी अध्ययन गर्नु वेश हुने देखिन्छ ।
कथाको प्रकार छुट्याउने परम्परागत भन्दा कार्यपत्रमा अझ सहज नवीन दृष्टिकोण प्रस्तुत गर्ने प्रयास गरिएको हो ।
कथाको आधारभूमिः–
लोक साहित्यको भन्ने सुन्ने मौखिक परम्पराबाट हुर्किएको विधा हो कथा । जीवनका उहापोहहरु, वेद र पुराणहरु अनि मानवका तिलस्मी कल्पनाहरु कथाको स्रोत बनेका हुन्छन् । उकाली ओराली, मैदान पहाड त्यहाँका गाउँ वस्ती, बारी बेसी अनि कन्दरा खोच, गुफाहरु परिवेश बन्न पुग्छन् । यदाकदा अलौकिक एवं काल्पनिक लोक पनि परिवेशका रुपमा चित्रण हुन्छन् । वीर, कायर, शान्त र आक्रोशित, सत् र असत् चित्रि भएका मानव देव, दानवहरु पात्रका रुपमा ओर्लिए । कतै प्रेम पिरतीका रंङ्गिन साँझहरुबाट कतै युद्वका विभिषिकाबाट त कतै मिलन बिछोड, आँसु हाँसोबाट कथानक उठे र घटनाक्रम अगाडि बढ्दै आए । विचित्र रोमान्स र अकल्पनीय घटनाहरु सँगै कथालाई तत्मयतापूर्वक अन्तिमसम्म तान्ने ग¥यो । कौतुहलको सिर्जना प गर्न द्वन्दहरु चरम उत्कर्षमा पुगेका कथा पनि जनजीव्रोबाट जनश्रुतिहुँदै जनमनमा घर गर्न पुगे । प्रभावोत्पादक बनाउन कथामा सम्बाद पनि ग्राम्य भाषामा सुबोध बनाइदै ल्याइयो । पात्रहरुलाई बाचकहरुले स्थानीय भेषभूषा र आभूषणले सिंगारेर जीवन्त बनाए । एकादेशलाई मैदान बनाएर बाह्य दृष्टिविन्दुमा संरचित कथाहरु कतै धुरुधुरु रुवाउदै त कतै मरी मरी हसाउँदै एक न नीति उपदेश अर्थात चारित्रिक सन्देश दिएर समाजलाई सभ्यता सिकाउँदै आए । रचनाकारको अज्ञातता हँुदाहँुदै पनि लोककथा या दन्त्यकथाले भन्नेलाई फुलको माला र सन्नेलाई सुनको माला पहिराइ नै रहयो ।
कथाको विकाशः
लोक कथाको आधारभूमिबाट उठेर घारी माड्दै, लोसे फाँड्दै, धुलो टक्टक्याउँदै र बाझो फुटाउँदै कथा उठेर दौडिरह्यो । पुस्तादेखि पुस्तासम्म हस्तान्तरित हुँदै आउँदा पूर्वमा तीन सहस्राब्दी पूर्व र पश्चिममा दुई सहस्राब्दी पूर्व पुरान, कुरान र बाइबलहरु बनेपछि अझ ह्रष्टपुष्ट तन्दुरुस्त बन्न सके । त्रिपिटक र मुन्धुमहरु पनि आएपछि कथा बिकसित बन्यो, आधारभूमि अझ सवल बन्यो । मानवमात्र होइन, प्राणी, बनस्पती र निर्जिव पदार्थ समेत कथामा बोल्न, रमाउन र दुःखी हुन थाल्यो । आदर्श चरित्र वोकेका माहामानव मनुषीहरु कथामा पात्र बनेर छिरे । वादलमाथि देखि धर्तीमुनि समेत अनेक लोकहरुको सिर्जना भयो । बस्ती पनि बस्यो कथाको । विश्व साहित्यकै आधरमा विन्दुको रुपमा हुर्कदै गरेको कथामा अब शास्त्रको पनि प्रभाव प¥यो । मनु मानवी, पारुहाङ, सुम्निमा, आदम इभ अनि वुद्व यशोधराहरु राम सिताहरु, द्रौपदी अर्जुनहरु कथामा कथानक वोकेर घटना घटाउन थाले । नेपाली कथा पनि यसबाट पृथक हुन सकेन ।
नेपाली कथाको विकाशक्रमः
आदिमकालदेखि कथाप्रतिको मानवको मोह र रुची अनि क्रिाशीलता छदाछदै पनि सभ्यताको विकाशक्रममा कथा विधा अलि ढिलो विकशित भयो । नेपाली भाषाको लिखित नमूना नै १३१२ को आशोकचल्लको ताम्रपत्र हो । १९ औं शाताब्दी पूर्व नेपाली भाषाको लेख्य स्वरुप केवल शिलालेख र ताम्रपत्रमै सीमित थियो भनेपछि कथाले आफ्नो लेख्य स्वरुप प्राप्त गर्न १९ सौ शताब्दी नै पर्खिनु परेको थियो । वि.सं. १८२७ को शक्तिबल्लभ अर्यालको आख्यानात्मक कृति महाभारत विराट पर्व (नेपाली अनुवाद) नै नेपाली कथा परम्पराको प्रारंभ विन्दु हो । भानुदत्तको हितापदेश मित्रलाभ (१८३३), अज्ञात कथाकार लिखित मुन्सीका तीन आहन (१८७६), पिनासको कथा (१८७२) लगायत डेढदर्जन कथाहरु १८२७ देखि १९५८ सम्ममा नेपाली भाषामा लेखेको पाइन्छ । यस अवधिका कथाले नेपाली कथाको प्रारम्भिक काल थेगेको पाइन्छ । अनुवाद परम्परा, तिलस्मी कथानक र नीति उपदेश यस कालका विशेषता । यो अवधिमा नेपाली कथा लेख्य परम्परामा आइपुग्यो ।गोब्रे कागत,सिमीको पातको मसी र खपतरी बाँसाके कलम भेट्टायो कथाले ।
१९५८ गोख्रापत्रको प्रकाशन पश्चात १९९२ शारदा पत्रिका प्रकाशन पूर्वको झण्डै ३५ बर्षको अवधि नेपाली कथाले मुद्रण हुने मौका पायो । गार्खापत्र (१९५८), गोर्खाली (१९७२), गोर्खासन्सार (१९८३) मुद्रणका लागि छापिने पत्रिका थिए । सामाजिक आदर्श, आतिमानवीय रोमान्च र धार्मिक नीति उपदेशलाई यस समयका कथाले ग्वाम्लाङ्गै अङ्गालो हाले । प्राचीन प्रपन्च (१९६९), प्रत्यागमन (१९६७) सुकुल गुण्डाको कहानी (१९६९), बुढाको विवाह (१९७४) जस्ता कथादेखि राममानसिंह गोर्खाको एउटा गरिब सार्कीकी छोरी (१९८६), सूर्यविक्रम ज्ञावालीको देवीको वली (१९८३) र प्रेमसिंह आलेको करणीको फल (१९८६) जस्ता अनेकन कथाकार र तिनका कथाहरु पनि देखिए लेखिए र छापिए । शुक्र वहत्तरी (१९६४), अवोला मैयाको कथा (१९७०), सुनकेशरा रानीको कथा (१९७०) जस्ता अनेकन अतिमानवीय रोमान्चकारी कथा आए । सामाजिक, मौलिकता, लघुआयामको कथन ाढाँचा र नीति उपदेशमूलक धाराको प्रयोग माध्यमिक कालमै फेला पर्न थालेका सङ्केतहरु थिए ।
वि.सं. १९९२ सालमा शारदा पत्रिकाको प्रकाशन सँगै १५ दिने जेठो कान्छो भएर गुरु प्रसाद मैनालीको नासो र विश्वेश्वर प्रसाद कोइरालाको चन्द्रवदन कथा प्रकाशन भयो । यिनै दुई कथाको प्रकाशनबाट नेपाली कथामा यथार्थवाद भित्रियो र आधुनिक कथाको सुत्रपात भयो । माध्यमिक कालको उत्तरार्धमा नै विकासश हुन खोजेको कथाको समाज आधुनिका कालमा उर्वर बन्यो । उसो त आधुनिक कालीन नेपाली कथा देवलोक, भूलोक, भूवर्लोक, पाताल लोकबाट फर्केर मानव बस्तीमा परिवेश खोज्न थाल्यो, पात्र खोज्न थाल्यो । मानवेत्तर र अतिमानवीय पात्रलाई छाडेर गाउँकै कुनै बहादुर, प्रसाद, नाथ जोडिएका नाम भएका पुरुष अनि देवी, कुमारी, माया जोडिएका नाम भएका महिलालाई च्याप्प समातेर जस्ताको तस्तै कथामा राखिदिन थाल्यो । उनिहरुको आँसुमा कथा टिल्पिलाउन थाल्यो, हाँसोमा खिलखिलाउन थाल्यो । उनीहरुका पसिनाको गन्ध कथामा आउन थाल्यो, उनीहरुकै पाइलाका डोबहरु कथामा छाप छोड्न थाले । सामाजिक यथार्थवादी कथा संरचित भए । पात्रहरुको मनोलोकको विचरण गरेर मनोद्वन्द्व सल्वलायो । सामाजिक यथार्थवादबाट पसेर यथार्थको चित्रण मात्र गरेर चित्त बझाएनन् कथाकारहरुले । समाजका विसंगतिका विरुद्व आवाज पनि उठाए, प्रगतिका स्वरहरु, क्रान्तिका झिल्काहरु, विश्वसमुदायमा आएका अनेक परिवर्तन एवं तिन्का उपलब्धीका सङ्केतहरु पनि यस धाराका कथामा देखिए । कला कलाका लागि मात्र होइन कला जीवनको लागि हो, उन्मुक्त र समृद्ध जीवनको लागि हो भन्ने कुराहरु दिन प्रतिदिन कथामा झन्झन् मौलाउँदै गए । राष्ट्र भित्र भएका सत्ता परिवर्तन, छिमेकीमा आएका राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन, वैज्ञानिक आविस्कार र सिद्वान्तको प्रतिपादन, विश्वसाहित्यमा आएका नवीन मूलय मान्यतालाई प्रष्ट छायाँ छवि कथामा देखिए । आधुनिक काल विभिन्न मोड, धारा, प्रवृत्ति र वादहरुको युग हो भन्नुमा अतिशत्योक्ति नहोला । कार्यपत्र समकालीन नेपाली कथाम गणतान्त्रिक चेतना मा केन्द्रित रहेकाले आधुनिक कथालाई यस कार्यपत्रको उद्देश्य अनुसार समसामयिक कथालाई गणतन्त्र पूर्व र गणतन्त्र पछि गरी २ भागमा विभाजन गरिएको छ । गणतन्त्र पूर्वका अनेकन स्रष्टाको सिर्जना बिषयमा द्रष्टा समालोचकहरु बाट न्याय दिने काम भइसकेकोमा सम्मान गर्दै प्रस्तुत कार्यपत्रमा गणतन्त्रपछिका समकलीन नेपाली कथालाई भेटेसम्म गणतान्त्तिक चेतनाको मूल्यमा चर्चा गर्ने प्रयत्न गरेको छु ।
गणतन्त्र पूर्व र गणतन्त्र पछि समय निर्धारणको आधार
देशमा हुर्कने कथाहरु÷साहित्य कलाआदिलाई त्यहाँको शासन पद्वतिले प्रभाव पार्दछ । नेपालमा कथाको जन्म भयो नेपाल एकीकरणसँगै । १८२५ मा एकीकरण अभियान भित्र काठमाण्डौं उपत्यका छि¥यो, १८२८ मा महाभारत विराट पर्व वीरधारा सहित आयो । राण शासनको उदयले शिक्षाको ढोका बन्द भयो ।१९५८ सम्म नेपालमा छापाखाना खुलेनन्, पत्रिका निस्केनन् उसैले ती लेखोट परम्परामै रहे भए । १९५८ मा देवसंसेर जस्ता अनुदारवादी राणा आए, जनपृथ्वी बहादुर जस्ता शिक्षाप्रेमी रजौटा देखिए, प्रेस खुल्यो, पत्रिका निस्कयो । छापिन पाए कथाहरुले । राणा शासन चेतना र परम्परा विरोधी हुनाले कथाहरु भने हसाउने, मनोरंजन दिने, रोमान्चकारी नै भए । मानिसहरु स्वदेशमा पढ्न नपाए पनि वनारस, देहराद्न गएर पढ्न थाले । चेतना आउँदै गयो । हँ भाई कथा त रोमान्चकारी त होइन रहेछ, सामाजको मान्छेको पो लेख्नु पर्ने रहेछ, भन्ने भएपछि सामाजिक यथार्थका कथा लेख्न अभ्यास ग¥यो । देखे भोगेका घटना सीधै लेख्दा सजाय पाउने डरले कल्पना र यथार्थ मिसियो । राणा शासनको अन्तिम समयतिर १९९२ मा साहित्यिक पत्रिका निस्कियो । कथाकारले यथार्थमा आदर्श मिसायो, यथार्थसँगै मनोलोकको विश्लेषण ग¥यो । नासो र चन्द्रवदन छापियो । सातसालको क्रान्तिसँगै सामाजवादी ययार्थवादी धारा देखियो । २०२०÷२१ तिर नेपालमा पंचायती पद्वतिले समात्यो केही कथाकारहरु प्रगति भन्दा पनि अब मान्छेलाई सिंङ्गो रुपमा नियाल्नु पर्ला भनेर दार्जिलिङ्ग तिरबाट आयामेली आन्दोलन आयो, अकथा समेत देखा प¥यो । नेपालमा फ्रन्सेली दादाबादको प्रभावले विसंगतिवाद , अस्तित्ववाद र सून्यवाद पनि जन्मियो । २०३६ सालमा आन्दोलन र जनमत सँग्रहको छाप प¥यो । कथा प्रगतिवादी यथार्थवादी बने । ०४६÷४७ सम्म पञ्चायतको पुनारावृत्ति भयो । कथा प्रगतिवादी यथार्थवादी, कान्तिकारी पनि भए अनि प्रयोगवादी पनि भयो । विम्ब र प्रतिकहरुको प्रयोगबाट कथाकर्म गरिरहदा कथा प्रयोगवादी वन्यो । कतै निराशा, कुण्ठा र उदासीनताको छाया देखिन थाल्यो । फेरि ०४६÷४७ ताका कथा अस्तित्व र प्रगतिको लागि लेखिए । झण्डै १५ बर्ष वहुदलीय व्यवस्थाले केही आशा उमा¥यो, तर उतापट्टि २०५२ सालमा जनयुद्व शुरु भएपछि कथाहरु पनि जंङ्गलातिर बन्दुक बोकेर दौडियो । विभिषिका, हिंसा, अशान्ति भित्र सत्ता परिवर्तका झिल्का छोड्न थाल्यो । २०६२÷०६३ को आन्दोलन र जनयुद्वको वृहत शान्तिसंझौता सँगै अन्त भयो । संविधानसभाबाट निर्वाचित जनप्रतिनिधि मार्फत नेपालको रजतन्त्रलाई विधिवत विदाइ ग¥यो । २०६४ जेष्ठ १४ गते राजतन्त्रको विधिवत अन्य भएको दिन गणतन्त्रको प्रारंभ भयो भन्ने आधारमा गणतन्त्र अघि र पछि भन्ने आधार समय २०६४ साललाई कायम गरिएको छ । कार्यपत्रभित्र गणतान्त्रिक आन्दोलन अवधि २०५२ यताका कथामा पाइने गणतान्त्रिक चेतना पनि पहिल्याउने प्रयास भएको छ ।
गणतन्त्रपछिका समकालीन नेपाली कथाकारहरू :-
विश्वम्भर चञ्चल, कमलमणी देवकोटा, दिलीप शाह, जलेश्वरी श्रेष्ठ, सुस्मिता नेपाल, पुष्प खरेल, विवश पोखरेल,अभय श्रेष्ठ, बाबुराम पौडेल, तृष्णा कुँवर, बाबा बस्नेत, भरत जङ्गम, बालकृष्ण अधिकारी, हिरण्यकुमारी पाठक, सविता गौतम दाहाल, कृष्णप्रसाद घिमिरे, प्रकाशमणी दाहाल, राजुबाबु श्रेष्ठ, महेश विक्रम शाह, कृष्णविनोद शाह, सञ्जु बजगार्इँ, शर्मिला खड्का दाहाल, परशुराम पराजुली, भुवनहरि सिग्देल, धनराज गिरी, माधव सयपत्री, डा. राजेन्द्र विमल, मञ्जु काँचुली, गणेश घिमिरे, गोविन्द गिरी प्रेरणा, शशि पाण्डे, सीमा आभास, श्याम भट्ट, रोशन थापा नीरव, रत्नमणी नेपाल, शिव गौतम, देवेन्द्र प्रताप शाह, मनु व्राजाकी, निलम कार्की निहारिका, भारती गौतम, जया राई, गोकुल व्याकुल, ममता श्रेष्ठ, गंगा सुवेदी, भवानी क्षेत्री, तुलसीदास क्षेत्री, रूद्र ज्ञवाली, भगीरथी श्रेष्ठ, ललिता दोषी, रञ्जना पराजुली, राधा कार्की, सोनू गुरूङ्ग, इन्दिरा मञ्जुश्री, सुकदेव अधिकारी, अमर न्यौपाने, दिलवी महरा, रवीन्द्र समीर, दिनेश पौडेल, इन्दिरा प्रसाई, रत्नमणी नेपाल, कृष्ण अधिकारी, बन्दना खालिङ्ग, वसुश्री पाण्डे, खड्ग बहादुर चापागाईँ, झमक प्रसाद शर्मा, मातृका तिम्सिना, जगदीश घिमिरे, कृष्ण पहाडी, ताराबहादुर बुढाथाकी परशु प्रधान, माया ठकुरी, राममणी पोखरेल। हिराचन राई, ध्रुव सापकोटा, प्रदीप नेपाल, अमरकुमार प्रधान, नारायण तिवारी, डा. विष्णु राई, राजेन्द्र पराजुली, कृष्ण धारावासी, आनन्द राई, नवराज रिजाल, मातृका पोखरेल, टङ्ग भट्टराई, अभय श्रेष्ठ, विवश अवस्थी, सीमा आभास, होमसकी बास्तोला, वसुश्री पाण्डे, प्रभृत्ति कथाकारहरू देखा परेका छन् ।
समसामयिक नेपाली कथा बिकाश र बिस्तारमा भएका प्रयासहरु
राजधानीमा भएका प्रयासहरु
नेपाल प्रज्ञा प्तिष्ठानबाट
समकालीन साहित्य –त्रैमासिक पत्रिकाको प्रकाशन
बहुभाषिक (सयपत्री) अर्धर्वािषक पत्रिकाके प्रकाशन
दर्शनदृष्टि(अर्धर्बािषक) पत्रिकाको प्रकाशन
साझा प्रकाशनबाट
गरिमा( मासिक ) साहित्यक पत्रिकाको प्रकाशन
गोरखापत्र संस्थानबाट
मधुपर्क (मासिक) साहित्यिक पत्रिकाको प्रकाशन
गोरखापत्र दैनिक र शनिबासरीय साप्ताहिक) पत्रिकाको प्रकाशन
मुना साप्ताहिक प्रकाशन
कृषिबिकाश बैँक लिमिठेडबाट
समष्टि(साहित्य कला संगीत द्धैमासिक) प्रकाशन
नेपाल राष्ट बैँक लिमिठेडबाट
मिर्मिरे( द्धैमासिक) प्रकाशन
कान्तिपुरमिडिया ग्रुपबाट
नेपाल(पक्षिक), हिमाल –पक्षिक),कान्तिपुर दैनिक ,साप्ताहिक र कोपिला
नेकपा एमाले केन्द्रीय कार्यालय बल्खु बाट नवयुग
अन्यबाट अन्नपूर्ण पोक्ष्ट, नागरिक दैनिक
पश्चिमको योगदान
सिद्धार्थ साहित्यिक परिषदको पदचिन्ह साहित्यिक र्बािषक पत्रिका
पूर्वको योगदान
बाणी प्रकाशन बिराटनगरको नेपली साहित्यिक संकलन उदय पत्रिका र बाणी पत्रिका
साह्त्यि सन्चार प्रतिष्ठान इटहरीबाट प्रमिथस साहित्यक पत्रिका ,सं. मनु मन्जिल
जुही प्रकाशन झपाको प्रकाशन जुही सात्यिक त्रैमासिक पत्रिका
चेतना संरक्षण प्रतिष्ठान बिराटनगरको चेतना सन्देश अधृर्बािषक पपित्रका,सं. गंगा सुबेदी
नवनि युवक साहितयक समिति एवम् बिष्णुमाया पुस्तकालय बिराटनगरको स्मारिका
बिराट साहित्य संगम मोरंगको संगम अभियान पत्रिका,सं. गोकुल ब्याकुल
सुसेली साहित्यिक परिवार झापाको सुसेली र्बािर्षक पत्रिका,सं .बिजय खरेल
धरानबाट प्काशित ब्लाष्ट दैनिक,सं. राजेश बिद्रोही
याहाँ उल्लेख नभएका अनेकन पत्रिका हुन सक्छन् ।
संखुवासभा जिल्लाको आफ्नो योगदान
चैनपुर साहित्य संगमको छितिज साहित्यक अर्धर्बािर्षक,सं भरतकुमार शाक्य
मकालु सात्यि समाज खाँदबारीको कुसुम र्बािषक साहित्यक पत्रिका,स.शोमराज अभय र पाख्रिबासे
कर्मचार िमिलन कैन्द्रद्धारा प्रकाशित मकालु बार्षिक स्मारिका
निजामति कमर््चारी स.गठनको कर्मचारी सन्देश बार्षिक
संखुवासभा समाज हंगकंगको हाम्रो संखुवासभा बार्षिक
संखुवासभा तमु समाज सेवा समाज समितिकोखुखपत्र अरुण सुसेली र्बािर्षक
लोहोरु.ग मन्चको स.खुवासभा र्बािर्षक,सं बीरेश राई
परिवर्तन सामाजिक परिवार दिदिंगको बिवशताक आँशुहरु।सं नुदनप्साद राई
मकालु गाबिसबाट समावेशी मकालु आवाज द्धैमासिक,सं ज्ञानबिक्रम याम्फू
सरस्वती उच्च माबि चैनपुरको सरसवती पुजा त्रैमासिक
हंगकंगबाट साब्लाबु.ग साहित्यि पत्रिका,सं. राजकुमार राई संखुवासभाली
खाँदबारीबाट मकालु आबाज साप्ताहिक,सं.राजधन राई र ग.गा बिष्ट
नेकपा एमाले काठमाण्डौ सम्पर्क मन्चको संखुवासभा आवाज
हालसम्म कथा र सो बिषयका समालोचना नछापिएका पत्रिकाको नाम यसमा उल्लेख गरिएन ।
खाँदबारी एफ.एम,गुराँस एफ.एम रसुनाखरी एफ.एमले पनि गितीकथा लेख्न प्रेरि गर्ने र प्रसारण गरिदिने काम गर्दै आएको पाइन्छ ।
अन्तर राष्टिय नेपाली साहित्य समाज –अनेसास)ले पनिअन्तरदृष्टि साहित्यक त्रैमासिक पत्रिका प्रकाशान गरेर बिभिन्न देशमा डायस्पोरिक जीवन र ययाबरीय जीवन विताउन बाध्य नेपाली हरको सिर्जनालाई प्रकाशनमा ल्याउने क्रममा ५०प्रतिशत कथा सामग्रीको रुपमा प्रकाशित गरेको पाइयो ।
एच्च माध्यमिक शिक्षा परिषद्,,पठ्यक्रम किाश केन्द्र,पूर्बाच्ल बिश्वबिध्यालय,त्रिभुवन विश्वबिध्यालय, लगायतका शैक्षिक संस्थाहरुले सबै तह र कक्षाहरमा अनबिार्य एबम् ऐच्छिक बिषयको रुपमा नेपाली बिषय र त्यसभित्र कथाहरु समाबेश गरेर महत्वपूर्ण योगदान दिएको कूरालाई उच्च मूल्यांकन गर्नु पर्दछ ।
संखुवासभा जिल्लामा प्रकाशित कथा संग्रहहरु
अरुण उपत्यकाका लोककथा ,भाग १,२,३,(पैरवी प्रकाशन२०६५?०६६?०६७) भाग ४(साझा प्रकाशन२०६९) मातृकाप्रसाद तिम्सिना
दालामु शेर्पा खैकस्तो बेदना(२०७०)कथा संग्रह
झमकप्रसाद शर्मा उखानमूलक कथाको संग्रह
मानदेव प्यासी ,अन्तिम यात्रा (२०६९)
खड्गबाहादुर चापागाइँको मूल्यांकन कथा संग्रह,२०६९,साझा प्रकाशन)
जयबाहादुर घिमिरे ,कालिजको शिकार,कथासंग्रह(२०६९)
समसामयिक नेपाली लोककथामा गणतान्त्रिक चेतनाः–
कथाका साझा प्रवृत्ति र संरचनागत तत्वका समानता नभइकन कथा रचना हुन सक्दैन । लोककथाहरूमा पनि राजामहाराजाहरुका कथालाइ छाडेर हेर्दा गणतान्त्रिक चेतना ठ्यम्मे नभउको होइन । मानवीकृत गरिएका लौकिक पात्रहरू पनि अस्तित्व र पहिचानको लागि उभिन पुग्छन् । प्रगति र प्रतिष्ठाका पक्षमा संवादहरू जन्माउँछन् । राजा रानी जस्ता शब्दहरू संशोधित हुन पुगेका छन् र संझनाका लागि मात्र यी शब्दहरू उल्लेख भएका छन् । परिवेशमा थोरै वर्गीय असमानता देखाउने प्रचेष्टा गरेको पाइन्छ भने द्वन्द्वलाई कथानकमा राख्दा परिवर्तको निम्ति संघर्ष विकासको चरणमा देखाइन्छ ।कतै भाग्यवाद त कतै कर्मवादमा पात्रहरूको चेत देखिन्छ । मात्र नीति उपदेशमुलकतामा छैन बरू कथामा सामाजिक आर्थिक रूपान्तरणको उद्घोष भएको अनुभूति हुन्छ । कथावस्तुलाई यथार्थको नजीकबाट टिपेर यथार्थ सँगसँगै अगाडि बढाइन्छ । गणतन्त्रपछिका मुद्रित लोक कथामा पाइने पृथक विशेषता सूक्ष्म ढङ्गले अनुभव गर्न सकिन्छ कि कथा केवल मनोरञ्जनको लागि नभई यो जीवनका लागि प्रेरणाको श्रोत हो । लोककथालाई जाति र भूगोलको सम्पदाको रूपमा चिनाउने प्रयास पनि कथाकारहरूले गरेका छन् । समावेशी समाज निर्माणका क्रममा पहिचानसँग हरेक विषयलाई जोड्दै जानु आवश्यक होला यद्यपि नेपाली लोक साहित्यलाई नेपाली जाति कै साझा सम्पदाको विकास गर्नु पर्नेमा खाास जातिको पोल्टामा पु¥याउने सोच संकीर्ण हो, नेपाली जातिको सम्पदा अर्काे जातिको पोल्टोमा पुग्दा त्रुटि हुनगई जस्को हो ऊ मुर्मुरिएको पनि स्थिति देखियो । साहित्यको पनि जाति क्षेत्र जस्ता सीमाना हुन्छ र ! यिनीहरूलाई साझा बनाउनु पर्दैन र ! लोक भनेको आम जनता पो हो त । संबन्धित जातिका कथाकारले आफ्नै भाषामा प्रकाशन, सम्पादन र अनुवाद गरेर आफ्नो जातिको कथा भनेकोमा आपत्ति छैन । विभिन्न भाषमा पनि लोककथा प्रकाशन हुनुलाई गणतन्त्रको सौन्दर्यपूर्ण उपलब्धीको रूपमा मूल्याङ्कन गर्नुपर्छ ।
समकालीन नेपाली कथाको तत्वगत बिशेषतासँग जोडेर गणतानित्रक चेतना खोज्दा
कथावस्तु :–
आधुनिक कथाहरू पनि लामा, मझौला र लघु गरी तीन आकारमा विभाजन भए । लघु उपन्यासकै आकार ग्रहण गरेका गद्याख्यान पनि लामा कथाभित्र समाहित हुन आइपुग्नु नयाँ प्रयोग त होइन, नौलो वर्गीकरण चाहिँ पक्कै हो । उपन्यासलाई छोट्याउँदैमा कथा लम्ब्याउँदैमा उपन्यास हँुदैन भनेर उपन्यासको सापेक्षतामा कथालाई चिनाउने क्रममा विगतमै तयार भएको मान्यताको कार्यान्वयन भएको छ । उपन्यासमा पात्रको औपन्यासिकता र घटनाको ढिलोपना जस्ता पृथक विशेषता नहुने भए आजका लामा कथा र हिजोका लघु उपन्यास हाराहारीमा आउने देखिन्छ । उसो त गुरूप्रसाद मैनालीका कथा लामो भएर पनि कथा नै थिए, खाली लामो कथा भनेर वर्गीकृत गरिएको थिएन ।
गणतन्त्रपछि नेपाली समाज खुल्ला भयो तथापि प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्नु, संविधान निर्माणमा ढिलाइ गर्नु, व्यक्ति र परिवारको स्वार्थमा लीन हुनु जस्ता कम्जोरी नेतृत्व पक्षको रहन पुग्दा जनतामा नैराश्य, असन्तोष, अविश्वास एवं उदाशीनता देखा प¥यो । यस्ता विषयलाई यस अवधिका कथाले विषयवस्तु बनाएको पाइन्छ । समावेशी समाज निर्माणका अभियान, दलितमुक्तिको आन्दोलन, महिला, बाल र अपाङ्ग अधिकाको संस्थापन, पिछडा वर्ग र दुर्गमका पीडाको प्रस्फुटनका रूपमा टिपिए । स्वदेशमा बढ्दो बेरोजगारी, वैदेशिक रोजगारीको लहर, विदेशमा भोग्नुपरेका पीडा, स्वदेशमा पठाएको रेमिट्यान्सको सरकार र परिवारले गरेको दुरूपयोग, डोजरको उपद्रोले निम्त्याएका सङ्कट, बढ्दो लोडसेडिङ, मूल्यवृद्धि, भ्रष्टाचार र कमिसन पनि कथावस्तु बन्न पुगेको पाइन्छ ।सुटुक्क बाह्रबर्षे द्वन्द्वकालमा भोग्नु परेको अव्यक्त वेदना पनि यस अवधिका कथाले व्यक्त गरेका छन् । प्रेममा पाइने वासनात्मक विकृति र मोवाइल तथा कम्पयुटरबाट पनि कथाले विषयवस्तु ग्रहण गरेको पाइन्छ । समग्रमा जटिलता, सङ्कट, निराशा, असफलता, असन्तुष्टि कै सेरोफेरोबाट यस कालका जन्मिएको हुुर्किएको देखिन्छ ।
परिवेश :-
गणतन्त्रको प्राप्तिसँगै नेपालमा नगरपालिकाहरूको घोषणा र शहरीकरण बढ्ने प्रयास थालियो । ग्रामीणभन्दा शहरिया परिवेशमा कथा बढी नै सिर्जना भएको अनुभूति हुन्छ । देश अलि फराकिलो बनेको छ कथाको, पहिले दार्जिलिङ र असामसम्ममात्र फैलिएको नेपाली कथाको क्षेत्र अब जहाज चढेर मलेशिया, साउदी, कतार, बहराइन, इराक, हङकङ, अमेरिकासम्म फैलिएको अनुभव गर्न सकिन्छ । पढ्न डेरा गरेको, रोजगारीको क्रममा बसेको, छोराछोरी पढाउन डेरा बसेको अवस्था पाइएको छ । डेरा, वार्दली, कोठा, छत, झ्याल, गमला, गाडी, चोक जस्ता ठाउँबाट कथा आरम्भ हुन थालेका छन् । गणतन्त्र पछिका कथामा छाप्रो, वारी, उकाली, ओराली, घाँस, दाउरा, ढाकर, तोक्मा अलिक कम देखन र पढ्न पाइन्छ । थोरै कथाकारहरूले आफ्नो अतीतलाई सम्झदा संस्मरणात्मक कथामा मात्र यस्तो परिवेश दिएका पाइन्छ । नेपाली कथाकारहरू अब ग्रामीण झञ्झटबाट मुक्त छन्, शहरमा पसेका बसेका कथाकारहरूको कथा बढि छापिने भएकोले यस्तो भएको हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ । यद्यपि कथामा हुनेखानेभन्दा हुँदाखानेहरूकै दर्दको उजागर गरिएको हुन्छ । इन्द्रबहादुर राईको ‘रातभरि हुरी चल्यो’ जस्तो कथा के अब लेखिँदैन ? प्रश्न उठ्छ । कथाको परिवेशलाई विश्वव्यापीकरण गर्नु जरूरी ठान्छु म ।
पात्र :-
गणतन्त्र प्राप्ति पछिका समकालीन नेपाली कथाका पात्र चयनमा नामको पछाडि ‘ए’कार अर्थात एकलाखे हटेको छ । गुमाने, धनजीते, काले, भोटे, लुरे, जस्ता पुरूष पात्र अब छैनन् । सुन्तली, कालेकी आमा,चमेली, जुनकिरी, नेप्टी, भुन्टी पनि छैनन् । पुरूषबाट ‘ए’कार र नारीबाट ‘ई’कार हटेर पुरूषको नाम ‘अ’कार वा ‘उ’कारमा र नारीपात्रको नाम ‘उ’कार आकारमा टुङ्गयाउँदा पात्रहरूको सम्मान अवश्य कथाले गरेको मान्नुपर्छ । जस्तो कि विकाश, रोहित, अनिल, रवि, माइकल, जस्ता नाम पुरूषका भेटिन्छन् भने जुनु, उषा, चन्द्रिका, सुजु, कृतिका, मनोरमा, सविता जस्ता स्त्री पात्रको नाम फेला पर्छ । यो परिवर्तन हामी अनुभव गर्न सक्छौँ । गणतन्त्रोत्तर कालमा जनसम्मान भएको ठान्नुपर्छ । गोलो पात्र धेरै जस्तो सत्पात्र भएको पाइन्न र सत्पात्र परे पनि सुखान्त बेहोर्न सक्दैन । मञ्चीय र बद्ध पात्रहरूको वाहुल्य हुने गर्छ, गौणपात्र कम भेटिन्छन् । सहायक पात्रहरूको पनि उति आवश्यकता महसूस गरेको भेटिन्न । सीमित पात्रहरूबाट असीमित आवश्यता पूरा गर्दै कथामा अर्थशास्त्रको मितव्ययी पद्धति भने कथाले पात्रको सन्दर्भमा अपनाएको फेला पर्छ । चरित्र चित्रणमा उत्ति समय खर्चिएको भेटिन्न कथामा पात्रको अभिव्यक्ति, क्रियाकलाप र चिन्तनबाट पात्रको चरित्र अन्वेषण गर्न पाठकलाई सहज बनाएको अवस्था पक्कै हो । व्यक्ति पात्रभन्दा प्रतिनिधि पात्र र वर्गीय पात्रहरू बढी नै उपस्थित हुन थालेको आभाष हुन्छ । पात्र अलि सचेत र कर्मवादी देखा परेका छन् यद्यपि कमजोरी विनाको पात्र भने पाइन छोडेको नै हो ।यान्त्रकता समकालीन नेपालीकथाको आम चरित्र बन्न पुगेकाने कुरा स्वीकार्नु पर्ने अवस्था सिर्जना भएको छ ।
घटनाक्रम :–
कथा अचानक आरम्भ हुने, विसाउँदै हिड्दै विकशित हुने र उत्कर्षमा पुगेर टुङ्गिने क्रममा संरचित हुन थालेका छन् । कतै हुने कथाकारहरूमा क्रमभङ्ग भईदिने र अन्तमा क्रम जोडिदिने खालको ठ्याक्कै आयमेली भन्न नमिल्ने, आयमेली आयमेली पाराको कथानक बुनोट भेटिन थालेको छ । यसले कथामा कौतुहलता र तन्मयता थपेकै मान्नु पर्छ । केही कथा अकथा–अकथा जस्ता लागेपनि कथातत्वको प्रयोगबाट टाढै चाहिँ छैनन् । बीज, विन्दु, पतका, प्रकारी र कार्य सहितको त्रयन्विति यदाकदा अघिपछि जस्तो देखिए पनि कथाको आरम्भ गरेपछि अन्त्यमा पुग्दा सन्तुष्टि पाउन सकिने, सन्देश सम्प्रेषित भै मनसमेत विरेचित हुने क्षमता आजका कथामा पाइएकै हुन्छ ।
संवादः–
समकालीन नेपाली कथामा मानवलाई होच्याउने प्रकारका मानव अधिकार विरोधी शब्दहरूको प्रयोग पाइन्नन् । साहित्य समाजको ऐना हो भन्दैमा कथाकारले ‘खाते, वेश्या, वोक्सी, लङ्गडो, आईमाई, विधुवा जस्ता अनेकन शब्द प्रयोग गर्दैनन् । प्रयोग भईगए त्यसमा उद्धरण चिन्हको प्रयोग गरेर प्रसङ्गगत भेदको रूपमा प्रयोग गर्दछन् । लामा लामा वाक्य र प्रसङ्ग, अनुच्छेद र जटिल वाक्य प्रयोग हुन छाडेका छन् । अत्यन्त सरल शब्द र एकदुई हरफमात्र पात्रको संवादमा देखा पर्न थालेका छन् । पहिलेका कथामा भन्दा संवाद बढेको अनुभव हुन्छ । पात्रहरू धेरै पटक क्रिया प्रतिक्रिया गर्छन् तथापि लामो हुँदैन । आवश्यताअनुसार सर्वनाम र समापिका क्रियापद समेत नभएका संवाद प्रयोगमा जोड दिएको पाइन्छ । मनका गुनासाहरू एकलाप भए चाहिँ स्थिति विपर्याय नहुने गरी लम्ब्याइन्छ । सान्दर्भिक आधारमा अर्थ भाववोध गर्नुपर्ने सम्वाद हुन्छन् । अङ्ग्रेजी, हिन्दी, अन्य शब्द प्रयोगमा बढेको चाहिँ छ तथापि तत्सम शब्दभन्दा तत्भव, ठेट झर्राे शब्द चयनमा ध्यान दिन खोजेको जस्तो लाग्छ । तार्किक प्रकारका संवादले कथा परिपुष्ट हुन थालेको छाँटकाँट पाइन्छ ।भाषको आधुकिीकरणको प्रभाव कथाले थामेको मात्र छैन यसको बिकाशमा कथा बिधा कम्मर कसेरै लागेको पाइन्छ । पात्रको मनोदशा संवादबाट छर्लङ्ग बनाउन सक्ने ताकत पनि पाइन्छ । गाली, गलौज, अश्लील र चरित्र हत्या हुनसक्ने शब्दहरू विगतका तुलनामा कम धएका छन् ।
दृष्टिविन्दु :–
म पात्रको प्रयोग घट्दै गएको छ र कथामा ऊ,त्यो,फलाना जस्ता पात्रहरू सिर्जित गर्दै कथाकार आफै पात्रमाथि घोडा चढेर आफ्नै बिचार भनाउन रूचाउन थालेको छ । प्रथमपुरूष प्रधानशैलीमा कथा कम लेखिन्छन्, निकै कम । तृतीय पुरूष सर्वनाम वा नामबाटै समस्त भाव र सन्देश सम्प्रेषण गर्न सकिन्छ भने किन ‘म’ आँफै गएर जिम्मेवारी लिनु प¥यो र ! यस अर्थमा कथाहरू आन्तरिक दृष्टिविन्दूबाट विस्तारै बाह्य दृष्टिविन्दुतर्फ सरेको पाइन्छ । संवादमा पात्रले ‘म’ भने पनि त्यो तृतीय पुरूषले नै भनेको ठहर्दछ । तृतीय पुरूषमा सबै मनोदशा छल्काउन र आफ्नो विचारको स्वाद दिन सक्नुमै सामाथ्र्य देखिन थालेको पाउँछु । जूतै सोझा पाठकले पनि तृतीय पुरूषलाई आफूभित्र समाहित गर्न सक्छ तर ‘म’ भन्ने वित्तिकै ‘म पात्र’ भन्ने बुझ्दैन ‘ए’ कथाकार त यस्तो र उस्तो भनेर अर्थ लगाउँछ । तसर्थ तृतीय पुरूष प्रधान शैली सालीन, सभ्य र सरल हुने हुनाले यो बाटो अख्तियार गरेको सबल पक्ष भनी मूल्याङ्कनबाट छिरेपछि तृतीय पुरूष क्रियाशील बनाउन पुग्छ ।
भाषाशैली :–
गणतन्त्र स्थापना पछि र अघिमा कथाको भाषा शैलीमा उल्लेख अन्तर भने छैन यद्यपि विकासक्रमको हावाले कथावृक्षमा पुराना पात खस्ने र नयाँ मुना मुजुराउने क्रममा केही तीव्रता अवश्य देखा परेको छ । पन्चायतकालमा भन्दा प्रजातन्त्रोत्तर कालमा साहित्यिक आकाश केही बढी खुलेकै थियो, गणतन्त्रोत्तर कालमा आएर पूरै खुलेको अनुभूति हुन्छ । मान्छेलार्ई सम्मान गरेपछि गणतन्त्रपछिको साहित्यले कुनै अदृष्य शक्तिबाट त्रसित भएर कलम समातेको हात कमाउनु परेको छैन । यसो भन्दैमा भाषा छाडा भयो पनि होइन, भाषिक अभिव्यक्तिमा निख्खारता, श्लीलता र परिष्कार आएको छ । मनोरञ्जकताका साथै समाज सुधारका पक्षमा र विकृति विसङ्गतिका विपक्षमा स्पष्ट अभिव्यक्तिहरू पोखिन थालेका छन् । भाषिक तरलता, शुद्धता र सरलता त थपिएकै छ, सँगसँगै तत्सम शव्दको क्लीष्ट प्रयोग र गन्जागोल वाक्यको संश्लिष्ट प्रयोग पनि कम हुँदै गएको आभाष हुन्छ पाठकलाई । मानव अधिकारले र्विर्जत गरेका शब्द सर्जकले लेख्दैनन्, लेखिहाले पनि सम्पादनको मस्कौटाले त्यसलाई सन्तुलित र अनुकुलित प्रयोमा लगेरै प्रकाशमा ल्याउँछ । ज्ञान, विज्ञान र प्रविधिका विविध आयामबाट आगन्तुक बनेका शब्द र वाक्यहरू पनि वोधगम्य ढङ्गबाट व्यवस्थित बन्न पुगेको पाइन्छ । सरल वाक्य, पात्रानुकुल संवाद, चित्रकारिता जस्तो परिवेश चित्रण बोधगम्य झर्राे, ठेट मौलिक र झर्राेवादले माझेका आगन्तुक शब्दहरू सुटटाइ माथि टोपी लगाएर कथामा ओर्लिएका छन् । उखानटुक्का र निपात एवम् अनुकरणत्मक शब्दहरूको प्रयोग अझ प्रभावकारी बन्दै गएको पाइन्छ । सँस्कृत साहित्यको प्रभाव कम र अङ्ग्रजी र हिन्दी साहित्यको बढी प्रभाव भाषाले ग्रहण गरेको सहजै अनुमान गर्न सकिन्छ । अध्ययनको क्षेत्र कथाकारितामा थपिएको जस्तो लाग्छ । शैलीको सुक्ष्म परिवर्तनले कथा विधा चिल्लो, गोलो र गह्रुङ्गो हँुदै गएकोमा दुइमत नहोला । साहित्यमा कविता विधाभन्दा बढी रूचीपूर्ण बन्नुको कारण यो पनि हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।
द्वन्द्व :–
पहिलेभन्दा अहिलेको समाज परिवर्तनको लागि द्धन्द्धको आवश्यकतालाई बुझ्न सक्ने भएको छ । लामो द्धन्द्धको परिणामस्वरूप प्राप्त गणतन्त्र कालका कथा पहिले भन्दा बढी द्धन्द्धले भरिएका छन् । चाहे एउटा पात्रको मनभित्रको आन्तरिक द्धन्द्ध होस् या एकअर्का पात्रको वीचको वाह्य द्धन्द्ध दुवैमा सघनता भएको पाइन्छ । समाजमा अभिजात र निम्न वर्गको द्धन्द्ध छ, दलित र गैरदलितको नजानिँदो द्धन्द्ध छ, महिला र पुरूषवीच लैङ्गिक विभेदले ल्याएको द्धन्द्ध छ, सत्तारूढ र प्रतिपक्षको द्धन्द्ध सञ्चारमाध्यममा छर्लङ्ग छ , जातीय द्धन्द्ध, भौगोलिक द्धन्द्ध सडकमै ओर्लिएको छ ।समाजमा पृश्य–अपृश्य, दृष्य–अदृष्य यस्ता द्धन्द्धहरूको तातो चीसो कथाकारहरूको इन्द्रिय चेतबाट टाढा छैन, कथामा यिनै द्धन्द्धहरू एकपछि अर्काे कलात्मक रूपमा चित्रित छन् । जुन विगतका कथाहरूमा भन्दा भिन्न र मार्मिक हुँदै नयाँ उपलव्धिका रूपमा सल्बलाएका छन् । द्धन्द्ध व्यवस्थापन बारे भने सबै कथाहरू सचेत छैनन् यद्यपि कैयन कथाकारहरूले आफ्नो कथाको अवतरण द्धन्द्ध व्यवस्थापन सीपले छोपेर गर्न सफल छन् । द्धन्द्ध व्यवस्थापन सहित कथाको समापन गर्ने परम्परालाई अभियानको रूपमा अङ्गीकार गर्न सके समकालीन नेपाली कथाका कथाकार पुर्ननिर्माणका लागि ‘लियो टाल्सटाय र एन्तन चेखव’ बन्न सक्नेछन् ।
भावः–
प्रविधिले परिवर्तन गर्न नसकेको मान्छेको एउटै पक्ष छ, त्यो हो अन्र्तमनको अनुभूति अर्थात भाव । यस कुरामा त स्वंयम् मान्छे आजपनि वाइवलको आदम र इभसँगै छ । पुराणको मनु र मानवी, मुन्धुमको पारूहाङ सुम्निमा सँगै छ, त्यहाँबाट एक इन्च पनि मान्छे माथि उठेकै छैन आदिम मानव ओराङ ओटन, गिब्वनभन्दा एक पाइलो अगाडि बढ्न सकेको छैन । आशा–निराशा, आँसु–हाँसो, हर्ष पीडा, प्रेम–घृणा, क्रोध–स्नेह, मान्छेमा जस्ताको त्यस्तै छन् । पात्रका मनोदशा अन्तर दिलका अनुभूतिबाट उसरी नै ग्रसित छन्, जसरी आदिम साम्यवादी युगको पात्र ग्रसित हुन्थ्यो । जनताले खोजेको शासन गणतन्त्र घोषणा भएपछि मान्छे सन्तुष्ट हुनुपर्ने हो तर अँहँ ! झन निराशा, क्रोध,घृणा र आक्रोशमा पो पिल्सिन पुग्यो । गणतन्त्रपछिको समकालीन कथामा पनि त्यस्तै भावहरू अझ बढी आस्वादन गर्नुपर्ने बाध्यता देखिन्छ । कथाबाट पनि मान्छेलाई आशाको उज्यालो तर्फ डोहो¥याउन नसकिएको हो कि भन्ने लाग्छ । शायद समाजमा ब्याप्त चीजलाई बङ्गयाउँदै जाँदा कथा पनि सिद्धान्तजस्तो खैरो र नाराजस्तो खाक्रो बन्न पुग्ने हो कि भनेर यथार्थ चित्रण गर्दा यस्तो भाव प्रस्तुत भएको हुनसक्छ ।महेशबिक्रम शाहको छापामारको छोरो कथा संग्रहलाई छाडेर अधिकांश समकालीन कथामा गणतान्त्रक भाव उत्पन्न गर्ने नाममा सेना रप्रहरी प्रति घृणा भाव उत्पन्न गर्न खोजेकोजस्तो पाइन्ट,अव सद्भाव बृद्धि गर्ने प्रकृतिका कथाहरु जन्माउनु पर्ने खाँचो देखिन्छ।
सन्देश :–
कथा एउटा गुलियो पानी हो जहाँ घोलेर सन्देशरूपी तीतो औषधि खुवाइन्छ र पाठकको शरीरमा सञ्चार गरिन्छ । सन्देशको हकमा हालैका कथाहरू पवित्र प्रेमका पक्षमा, एकता र सद्भावका पक्षमा, मानवताको पक्षमा, समता र समावेशिताको पक्षमा दह्रो खुट्टा टेकेर उभिन बल गरिरहेका छन् । आजपनि हाम्रा कथा नैतिक मूल्य, मान्यता, राष्ट्रियता, सद्भाव, मानवता, एकता र प्रेमजस्ता आधारभूत मूल्यमा उभिन परिरहेछ । जनचेतनाकै पक्षमा कथाहरू अझै लेखिनु र पढिनु पर्ने बाध्यता हाम्रो समाजले अँगालेको छ । जागरण ररूपान्तरण हाम्रा कथाका सन्देश बन्न सकेका छैनन् । खोलाहरूबाट बिजुली निकाल्न, सहकारी गठन गर्न, बचत र लगानी गर्न, वैज्ञानिक शिक्षा प्रणाली लागू गर्न, कुलत मुक्त समाज निर्माण गर्न, खानीहरू निकाल्न, पर्यटन विकाश गर्न, सामूहिक खेतीबाट उत्पादन वृद्धि गर्न,शेयर लगानी गर्न, स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न दिलैदेखि मान्छे उठाउने सन्देश खै हाम्रा कथाले दिन सकेको छ त ? अझै हामी मान्छेलाई धोका नदिन, हत्याहिँसा नगर्न, आमाबुबा पाल्न, छोरीलाई शिक्षा दिन, अपाङ्गलाई माया गर्न, छुवाछुत नगर्न प्रेरित गर्ने सन्देश दिन व्यस्त छौँ । यसको मतलब कि त हाम्रो समाज वदल्ने दायित्व सिङ्गै बाँकि छ र सामाजिक रूपान्तरण हुने कुरा ध्रुवसत्य हो कि त साहित्यले समाजलाई नै पछ्याइ रहनुपर्छ समाजभन्दा एकपाइलो अगाडि जाने साहित्यलाई हक छैन । होइन भने हामी हाम्रो राष्ट्रलाई समृद्ध, प्रतिष्ठित र प्रगतिशील बनाउने सन्देश किन हाम्रा कथामा दिन सकिरहेका छैनौँ ?
निष्कर्ष
हाम्रा कथाहरुले सामन्तबाद र साम्रज्यबाद बिरुद्ध धेरै आवाज उठाइसके,समकालीन कथाहरुले शोषण र दमनको बिरोध पनि थुप्रै गरिसके ।दुनिथाले देखाएका चमत्कार र ल्याएका नूतनवीन सिद्धान्त लाइ पनि सकी नसकी अस्तित्वाद ,सून्यबाद,बिसंगतिबाद,तरलबाद भन्दै बाके,उचाले,बामे सर्न ताते पनि गराए ।फ्रायड ,एडलर र युंगका मानोविज्ञानलाई पनि नेपाली तरुणहरुको शररिभित्र उमाले,रगतमा कुदाए ।गणतान्त्रिक चेतना घुसाउन शब्दसुधारदेखि तत्वहरुमा पनि अग्रगामी सोच छिराएकै छन् ।कथाका पात्रले बन्दूक बोके,लन्चर पड्काए,अपहरण गरे, जबरजस्ती चन्दा असुले,ब्यारेक हाने,गाउँगाउँबाट मान्छे उठाएर शान्तपूणृ आन्दोलनका लाग अग्रसर हुन प्रेति गरे ।राजतन्त्रको अन्त्य गरे ।राजनीतिक घटनाको अगाडि पछाडि कथाले गणतन्त्रको उद्घोष गर्यो ।अबको पुस्ताले गण्तन्त्रको लागि लड्न नपर्ने गरी राजनीतिक परिवर्तन भएजस्तै अबको कथाले यो लडाइँ लड्न नपर्ने भएको छ ।काृभार सकिएको छैन,नयाँ कार्यदिशामा नयाँ कार्यभार लिएर कथा अगाडि बढ्नु पर्ने बेला आएको छ ।नयाँ सम्बिधान बनेको छ ।सम्बिधान कार्यान्वयनमा बाधा र जटिलता छन्। तत्कालमा कथाहरुले सम्धिानका असल र सिर्जनात्मक पक्षलाई उजागर गरी उत्पन्न खटपटी हटाउन सक्नु पर्छ ।देशमा रहेका प्राकृतिक श्रोत साधन, मानव संशाधन र हाम्रा साँस्कृतिक बैभव देशी र बिदेशी समुदाय सामु परिचित गर्न सक््रनु पर्छ ।अनिमात्र मात्र कथाहरु गणतान्त्रिक चेतयुक्त बन्न सकेको आभास हामीलाई हुने छ ।यस निम्ति केही ।ुझावहरु प्रस्तुत गरेको छु ।
सुझाव
अबको संस्थागत रणनीतिक योजना
कथा बिधालाई साहित्यका पाठकहरुले बढी पठनीय र रुचिकर मानेर अध्ययन गर्दै गरेको बर्तमान परिप्रेक्षमा कथाबाट अन्य धिाको सापेक्षतामा अपैक्षकृत प्रभावकारी सन्देश सम्प्रेषण गर्न सकिने देखिन्छ ।ब्यक्ति समाज र राक्ष्टलाई समृद्धितर्फ उन्मुख गराउने दायित्व राज्यको मात्र होइन साहित्य,कला र रंगकर्मीहरुले जागरण र रुपान्तरणका लागि उल्लेख्य योगदान दिन सक्नु पर्दछ ।सबैभन्दा बढी प्रभावकारी बिधा नै कथा बनेका बखत सर्जक हरुले बढो सचेततापूर्वक र होशियारीसाथ कथा बिधामा कलम चनाउनु पर्ने र तत्जन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले बिविध कार्य लाई योजनबद्ध तरिकाले अगाडि बढाउनु सान्र्दिभक हुने ठानेर यहाँ रणनीतिक कार्ययोजना प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
संसथागत रणनीतिक कार्ययोजनाहरु(प्रज्ञाप्रतिष्ठान ,पठ्यक्रम बिभाग र प्रकाशन संस्थाहरु)
१,कथा लेखन सम्बन्धी कार्यशाला ,कार्यपत्र लेखन र छलफल गोष्ठीलाई नियमितता र निरन्तरता दिनुपर्ने ,
२।छलफलबाट प्राप्त निष्कर्षलाई कार्यान्वयन गर्न लेखन र प्रकाशनमा जोड दिनुपर्ने,
३,लेखनकार्यमा सम्लग्न कथाकारहरुलाई निश्चित ढाँचा र पद्धति सहितको तालिम प्रदान गर्ने,
४,दुनियालाई बदल्ने ताकत भएका कथालाई पाठ्यक्रम र पाठ्यपुस्तकमा समावेश गरी पठनपाठन गर्ने
५,पत्रपत्रिकामा प्रकाशन गर्दा समृद्धि ,सद्भाव र रुपान्तरणका बोल भएका कथालाई प्राथमिकता दिने
कार्यनीतिक सुझाव–
कथातत्वका आधारमा माथि प्रस्तुत गरिएका समकालीन नेपाली कथाका मूलभूत विशेषता र सुधारात्मक पक्षमाथि दृष्टिगत गर्दा नेपाली कथालाई अन्तराष्ट्रिय स्तरमा लैजान र देश निर्माणको प्रेरणाको श्रोत बनाउन निम्न कार्यनीति अख्तियार गर्नु पर्ने सुझाव प्रस्तुत गरेको छु –
‘नेपाली कथाको विश्वव्यापीकरण’ मूल नारा भएको कार्यपत्र तयारी र छलफल अगाडि बढाइनु पर्छ
आतङ्क, गरीबी, महामारी, बढ्दो साम्प्रदायिक बेमेल, दैवी प्रकोप, पे्रम , पुननिर्माण, एवम् निशस्त्रीकरण आन्दोलन, जलवायु परिवर्तन जस्ता विश्वजनीन समस्यालाई कथावस्तु बनाइनु पर्छ,
गाउँ, एकान्त जङ्गल, समुद्री किनार, व्यस्त शहर र सडक, हिमालयको फेदी, आतङ्कित,अनिकाल ग्रस्त,रोगग्रस्त मानव बस्ती, युद्धरत भूभाग, भूकम्प, बाढीपहिरो ग्रस्त बस्ती, द्वन्द्वको रापमा पिल्सिएको क्षेत्रलाई परिवेश बनाइनु पर्छ, जुनसुकै भूगोलको पाठकले आफ्नो कथा भनेर पढोस् ।
व्यक्तिपात्रभन्दा प्रतिनिधि पात्रहरू सिर्जना गर्नुपर्छ, दौरा सुरूवाल, साडीचोलो, सर्टफ्रक, हाँडी घैँटो जस्ता आन्चलिक, देशीय र विशिष्ट वस्तुका सट्टामा पोशाक÷पहिरन, पानी भर्ने, खाना बनाउने भाँडोजस्ता संसारले चिन्ने विश्व्यापी नामहरू सहित चित्रण गर्नपर्छ। सकेसम्म दुई देश, दुई धर्म, वर्गका पात्र ल्याउनु राम्रो ।
कथानक बुन्दा क्रमभङ्ग नगरी सृङ्खलावद्ध घटनाक्रमलाई अलि कौतुहलमय बनाउँदै पस्किनु पर्छ । रहस्यमय अन्त्य गर्ने प्रयास गर्नुपर्छ । दुई अलग देशका पात्रलाई तेश्रो देशमा पु¥याएर कथानक बुन्नुपर्छ ।
द्वन्द्वलाई व्यवस्थापन गरेर अवतरण गर्नुपर्छ । आक्रोस, घृणा र निराशाको भावभन्दा आशा, प्रेम र वीरताको भावहरू व्यक्त गर्ने प्रयास गर्नुपर्छ ।
संसार बदल्ने, पुननिर्माण गर्ने, शान्ति र समृद्धि ल्याउने प्रकारका सन्देश छाड्नुपर्छ । एकता, सद्भाव र प्रेम उमार्न कथा सफल बन्नुपर्छ ।
कथा छोटा आकारमा एकबसाइमा पढिसकिने प्रभावोत्पादक र कसिलो हुनु पर्दछ ।
निजामति ,जंगी र प्रहरीप्रति घृणा भाव अन्त्य गरी जनताको साथी प्रहरी,राष्टका लागि सेना र सुशासनका लागि निजामति भन्ने भाव र सन्देश उमार्न सक्ने कथा लेखिनु राम्रो हुनेछ ।
मैझारो
नेपाली कथाले अद्यापि टिष्टा काँगडा भन्दा पर रअनय भाषका बक्तालाई आफ्ना पाठकको रुपमा पाउन सकेको छैन । अन्य देशका भाषामा रूपान्तरित हुने क्षमता राखेका छैनन् । यसको पछाडि हाम्रा कथामा आन्चलिक हुुनु नै हो । कथाको परिवेश चिहान डाँडा र भुते खोलाबाट बाहिर जान सकेन । परिवार र छिमेकभन्दा परका मान्छेलाई पात्र बनाउन सकेन कथाले ।नेपाली चलचित्रभन्दा हिन्दी चलचित्र बढी हेनूको कारण जस्तै एउटा घटना पछि के आउछ भन्ने कुरा अगाडि नै अनुमान गर्न नसक्ने गरी नयाँ घटना कथाको पर्दामा ल्याएर उत्सुकता बडाउने शीप चाहिएको छ आज । नेपालभन्दा बाहिर देश छैन, नेपालीभन्दा अरू मान्छेका समस्या छैनन् भावना छैनन भन्ने हामीलाई लागि रह्यो ।अझ गजवाको कुरा निगुराको फेदका पानी खाएको मान्छे हुर्केर राजधानी छिर्रयो भने राजधानी बाहिर सृष्टि र सिर्जना हून्छ र भनेजस्तो गर्ने प्रबृत्ति मौलायो । हामीले टाउको उठाएर संसारका मान्छे, परिवेश, चाहाना कहिल्यै हेरेनौँ कथा लेख्दा । मदनमणि दीक्षितको ‘ग्यास च्याम्बरको मृत्यू’ जस्तो यहुदी र क्रिश्चियनको प्रेम र घृणा खोइ खाज्यौँ हामीले त्यसपछि ? लियो टोल्सटोयको जस्तो ‘हाउमच ल्याण्ड डज अ म्यान निड’ लेखेनौँ हामीले । संसारका मान्छेमा भएको लोभ उस्तै छ भन्ने सत्य देखाएनौँ । संसारलाई मुक्ति चाहिएको छ भन्ने बुझेनौँ, चेखवको जस्तो ‘लियोपार्ड’ रचेनौँ । ‘एउटा शहरको सडकमा’ शुरूहुन्छ चेखवको कथा, हाम्रो कथा मछेगाउँको भीरकुनामा शुरू हुन्छ । सहर सबैले बुझ्छ, सडक सबैले बुझ्छ, कुकुर, मान्छे, डाक्टर, व्यापारी, पुलिस सबैले बुझ्छ । नामै पो किन चाहियो र राम, श्याम । हामीले हेम्लेटलाई समुद्रपारि पु¥याएनौँ शेक्सपियरले जस्तो । ‘भेनिसको व्यापारी’ पनि भनेनौँ । ड्यानियल डिफोको जस्तो रविन्सन क्रुसो जन्माएर पानीजहाजमा पठाएर निर्जन टापूमा बर्षैँसम्म एक्लै छाड्ने आँट गरेनौँ । यसैले हाम्रा कथा विश्वव्यापी भएनन् । अरू भाषामा रूपान्तरित भएनन् र नोवल पुरस्काररमा दर्ता भएनन् ।राष्ट निर्माणका निम्ति समकालीन नेपाली कथामा समृद्धिउन्मुख गणतान्त्रिक चेत र विश्वमा राष्ट र राष्टियताको पहिचान ,प्रतिष्ठा र प्रगतिको निम्ति अनि नेपाली भाषा साहित्यको सम्मन र उन्नयनका लागि विश्वब्यापीकरण हुनु जरुरी ठान्दै कार्यपत्रलाई मैझारो गर्ने अनुमति चहान्छु ।
धन्यवाद ।